Skip to content

साहसको आसुँ झार्न सिकायौ अनुराधा तिमीले


साहसको आसुँ झार्न सिकायौ अनुराधा तिमीले
राहतको पुल तार्न सिकायौ अनुराधा तिमीले ।

ममत्वको भिक्षा बाँड्न लगाई मनबाटै यसरी
कलेजीको माया सार्न सिकायौ अनुराधा तिमीले ।

हिंडेकीथ्यौ कछुवाको चालमा गन्तब्यमा पुग्न नै
कहिल्यै नि हुन्न हार्न सिकायौ अनुराधा तिमीले ।

नारीहरू बन्दछन् नि अति नै कोमल र कम्जोर
मनलाई हुन्न मार्न सिकायौ अनुराधा तिमीले ।

सहनशिल भई नारी जातको बन्नु पर्छ प्रतिक
सहृदयी मन पार्न सिकायौ अनुराधा तिमीले ।

रचना -११ /२२ /२०१०

( अनुराधा कोइरालाप्रति समर्पित गजल )

2 thoughts on “साहसको आसुँ झार्न सिकायौ अनुराधा तिमीले”

  1. ठिस बुढा

    राम्रो छ ।
    KBS sir अनुराधा

    राम्रो छ ।
    KBS sir अनुराधा को हो ?
    धन्येबाद ।

Leave a Reply to ठिस बुढा Cancel reply

Your email address will not be published. Required fields are marked *