सामन्ती र चुसाहालाई सबैतिर छुट हुने
सुरक्षा के हेरी बस्छ दिन-दहाडै लुट हुने
“मैले गर्दा” भन्ने सबै ,आफ्नै शक्ति प्रदर्शनी
बिना अर्थै निहु खोज्ने अनि कुटाकुट हुने
मान्छेका नि दुई जिब्रा छन् अलग् अलग् बोली बोल्ने
पहिला कुरा फुत्काइहाल्ने, पछि त्यही झुट हुने
कोही भन्दैन यो बेलामा सँगै देश बनाअौं भनी
एक अर्काकै बिरोध गर्ने अलग अलग गुट हुने
पहाड्को हाँसो छुट्दा पहाड मुर्मुरिन्छ रिसले
कुन दिन आउँछ होला त्यस्तो सबै एकजुट हुने