Skip to content

दुनियाँको नजरमा सरम् भयो भन्या’


दुनियाँको नजरमा, सरम् भयो भन्या’ ।
नटासिऊ न हपहपी, गरम् भयो भन्या’ ।

रित्तिएथ्यो सिसी सबै, भरी देखेपछि
अलिकति गिलासमा, भरम् भयो भन्या’ ।

ढुङ्गो सधैं कहाँ ढुङ्गो, हुँदोरहेछ र भनूँ ?
गुलाबको समीपमा, नरम् भयो भन्या’ ।

एक्लै खोला तर्न पनि, जिन्दगीको गाह्रो
साथ दिने भए खोला, तरम् भयो भन्या’ ।

पिएपछि मात्र मात, लाग्छ थाहा थियो
नपिईनै सूर्यलाई, रमरम् भयो भन्या’ ।

हाल- दुबई

11 thoughts on “दुनियाँको नजरमा सरम् भयो भन्या’”

  1. ठिस बुढा

    सार्है राम्रो
    मेरो दश औंला जोडेर नमस्कार ।

    गुरु मानेँ !
    🙂

  2. la malai ta sarai nai chitta
    la malai ta sarai nai chitta bhujhyo hai Mr.Surya? ma pheri pani tapaiko gajal yo majherima herna chahanchhu….

  3. ठिस बुढा

    p.s. दुनियाँको नजरमा सरम् भयो भन्या’
    दुनियाँको नजरमा सरम् भयो भन्या’ राम्रो छ।

  4. ठिस बुढा

    prajjwal सर
    हजुरको शब्दबाण मुटुमै लाग्यो।

    म सिकारुले हजुर हरुको कुरो बुझिन। के मा औंल्याउनु भो त्यो पनि बुझिन। सायद मैले क्लासिकल गजल नबुझझेर पो हो कि?

    मलाई दुनियाँको नजरमा सरम् भयो भन्या’ मन पर्यो। म कनफुज भएँ यो गजल हो कि होईन भन्नेमा…

    म,
    लय या भावना – त्यो पनि बुझ्दिन। कस्को लागि लेख्ने – त्यो पनि बुझ्दिन। गजल के हो, त्यो झनै बुझ्दिन।

    रिसानि माफ होस… हजुरको खुट्टा ढोग्छु… जान्नेले सिका्इ-बुझाईदिनुस पिलिज।

    धन्यबाद
    हजुरको समय सुभ होस

    बाई

  5. ल ल हजुर मलाई पनि सरम लग्यो
    ल ल हजुर मलाई पनि सरम लग्यो है तपाइको गज़लले अत्ति राम्रो…..सुभकामना.

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *