Skip to content


मैले
देख्न छाडेँ
कहाँ छ साँचो प्रेम ?
स्वार्थी तिम्रो संसार
म ह त्व कां क्षी

तिमी केलाई रात भन्छौ ?
जून उदाएको त्यो क्षण ?
ताराको प्रस्थान ?
घाम डुब्दा ?
भ्रा


सत्य ।

फूल
फुल्यो ,
ओइलायो ,
झर्यो ।
म यसमा के देखुँ ?
ओइलाई झर्ने जीवन ?
फुल्ने जीवन ?
…..? ? ?

चल्ती समय :
भूत
वर्तमान
भविष्य ।
अभ्यस्त चोटका खाटाहरू
तिमी रमाऊ भट्टीमा
म आसुँ पिउँछु
रसिलो अँश्रु ।

जोखिम जीव यात्रा
तिमी यात्री ,
म यात्री ।
तिम्ले फूलको बाटो रोज्यौ
मैले काँडाको बाटो पाएँ ।
तिमी दौडन्छौ
म सुस्ताउँछु ।
तिमी एक दिशा पछ्याउँछौ
म यत्रतत्र भौतारिन्छु ।
तिम्रो यात्रा तय छ ।
म –

घो
षि

यात्री ।

तिमी उज्यालो – म अँध्यारो
तिमी गुलाब – म उन्यूँ
तिमी पोटिलो – म फुस्रो
तिमी सुल्टो – म उल्टो
तिमी ठोस – म तरल
भिन्न हामी ।

म कल्पनामा सगर चुम्छु
तिमी सगर छेड्न खोज्छौ ।
म आशाको खेती गर्छु
तिमी पैसा फल्ने वृक्ष रोज्छौ ।

जीवन –
मरण
प्राकृतिक ।
तिमी पियुष खोज्छौ ।
कहाँ

अमृत
?
मन्दिरको मुर्तीसँग ?
चटकेको जादुमा ?
….? ? ?

मैले
धिक्कार्न लागेँ
कहाँ छ हाम्रो सफलता ?
स्वार्थी तिम्रो संसार
म ह त्व कां क्षी
म ।

1 thought on “निस्सारता”

  1. ठिस बुढा

    राम्रो छ!
    भावनाको बाँध टुटेको छ!

    राम्रो छ!

    शुभकामना
    बाई

Leave a Reply to ठिस बुढा Cancel reply

Your email address will not be published. Required fields are marked *