Skip to content


“पुनमले विवाह गरिछिन्, हैन आन्टी ?” मैले यति मात्र सोधेकी थिएँ, आन्टीको अनुहारको रङ्ग एकाएक फेरियो ।

‘हो नै भन्नुपर्‍यो, हेर न, कति राम्रा राम्रा र उच्च पदका केटाहरू हेर्न आएका थिए, त्यसले बुद्धि बिगारी ।’ उनी उदास थिइन् ।

‘अनि आˆनै कास्ट ?’ मलाई थाहा थियो पुनमले कोसँग विवाह गरी र पनि मैले खोतलेँ, खोतल्नु पर्ने कारण थियो ।

‘इन्टरकास्ट हो ।’ उनले यत्ति मात्र भनिन् । छोरीले विवाह गरेको केटाको जात उनले खोलिनन् ।

नेपालीमा एउटा उखान छ, अरूलाई पर्दा सस्तो, आफूलाई पर्दा कस्तो ?’ अधिकांश मानिसमा आˆनो आङको भैँसी नदेख्ने, अरूको आङको जुम्रा केलाउने प्रवृत्ति छ । केही महिनाअघि मात्र यिनै आन्टीले मेरी एउटी साथीले प्रेम विवाह गरेकोमा भनेकी थिइन्, ” तिम्री साथी त पोइल गइछिन् होइन ?” यो उनको भाषा थियो । विशुद्ध नेपाली झर्रो भाषा । जसमा कुनै शिष्टता थिएन । एउटा उपेक्षा थियो, एउटा व्यङ्ग्य । मानौँ उसले प्रेम विवाह गरेर ठूलो अपराध गरी ।

“हो, गरिछे आन्टी” मैले सत्यको पुष्टि गरेको थिएँ । यथार्थमा भएको साँचो कुरो ढाँट्न सकिएला तर प्रमाणित गर्न सकिँदैन ।

“हेर, बाहुनकी छोरी भएर क्षेत्रीसँग पो गएर मरिछिन्”, उनले फेरि थपिन् । भाषा उही । घरमा लाइस्योस्, खाइस्योस् भनेर मात्र मान्छे कहाँ सभ्य हुन्छ र ?

“हो, उसलाई त्यही केटा मन पर्‍यो, गरी । तपाईं हामीलाई केको टाउको दुखाइ ? उसलाई हामीले पाल्ने होइन क्यारे । उसकै लोग्नेले पाल्ने हो ।” म सहज हुन फिसिक्क हाँसेँ । मेरो पारिवारिक पृष्ठभूमि उनलाई थाहै थिएन ।

“हेर, सबै बाहुन केटा मरेछन् ? बाबुआमालाई टेन्सन । यस्ता सन्तान हुनु भन्दा त बरू गर्भमा नै तुहुनु बेस ।” उनले फेरि थपिन् । उनको चासो अझ बढ्यो ।

“जोसँग मन मिल्छ, त्यहीसँग विवाह गर्ने हो आन्टी, उसको क्षेत्री केटासँग नै मन मिल्यो विवाह गरी । उनीहरूको दाम्पत्य जीवन सुखद होस्, सकिहाल्यो नि”, मैलै कुराको बिट मार्न खोजेको थिएँ ।

“भन्छ्यौ नि, जात भनेको जात हो । तिम्रो पनि त्यस्तै परेको छ कि क्या हो ?” अनाहक च्याँठ्ठिएकी थिइन् उनी ।

“हुन पनि सक्छ । तपाईंकी पनि तीन छोरी छिन्, भविष्यको के ग्यारेन्टी र ? उनीहरूले पनि त्यसरी नै ‘इन्टरकास्ट’ बिहे गरे भने नि, के आत्महत्या गर्नुहुन्छ ?” म पनि अलिक खरी भएकी थिएँ ।

“हाम्री छोरीहरू अरू जस्तो बाइफाले होइनन् । त्यसरी चरा उडे जस्तो भुर्र उड्दैनन् । कुल घरानाको इज्जत राख्छन् । हामी त्यसै पनि ब्राहृमण परिवारका उच्च जातका ।” उनी भित्रको अहम् बढेको हेरी नसक्नु थियो ।

“‘त्यो भयो भने त ठीकै हो आन्टी तर पनि आजकलको जमानामा जातीय कट्टरता राम्रो होइन ।” उनीसँग तर्क वितर्क गर्नु बेकार लागे पनि यति भनिदिएर म उनीसँग छुट्टएिकी थिएँ ।

आज लगभग एक वर्ष भएको होला, उनीसँग मेरो तर्क बितर्क भएको । आज उनकै छोरीले प्रेम विवाह गरिछ मेरो साथीले जस्तै । बाहुनकी छोरी । उसले त क्षेत्रीसँग गरेकी थिई तर आन्टीकी छोरीले ? अझ तल्लो जातसँग । हुन त यो जात एउटा भ्रम हो । जसलाई एउटा जागिरे पद जस्तै स्तर तोकिएको छ । हाकिम, कारिन्दा, ठूलो, सानो । तर जसरी काम ठूलो र सानो हुँदैन, क्षमता अनुसार गर्ने हो, यो जात पनि त्यस्तै हो । यसलाई संस्कार अनुसार निर्धारण गर्नु पर्छ । संस्कारविहीन उच्च जात वास्तवमा उच्च जात होइन ।

जुन घरका प्रायशः अधिकांश सदस्य बाह्रैमास सोमरसको पोखरीमा पौडी खेल्छन् । राँगा, कुखुरा, बङ्गुर उनीहरूको सितन हुन्छ, जसभित्र दया, माया, नैतिकता, इमान केही हँुदैन । कहिलै तिनीहरू उच्च जात हुन सक्दैनन् । उच्चता एउटा संस्कार हो । उच्च संस्कार बोकेका तथाकथित तल्लो जातका मानिएकाहरू त्यस्ता व्यक्तिभन्दा धेरै माथि हुन्छन् । सक्नेले त्यस्ताको मूल्याङ्कन गर्नु पर्छ । उँचनीच जात भन्नु एउटा भ्रम हो, मान्छेले सृष्टि गरेको भ्रमजाल ! यस्तो सोच्दासोच्दै म कुनबेला कार्यालयबाट घर आइपुगेछु, थाहै भएन । मेरो परिवार यसै पनि सबै जातको फुलबारी हो । यस्तो भन्न पाउँदा मलाई मानवताले साथ दिए जस्तो लाग्छ ।

फागुन २१, २०६७
शनिबार, गोरखापत्र

3 thoughts on “जातीय कट्टरता एउटा दम्भ”

  1. Pir parnu vaen ni,sabda 6not
    Pir parnu vaen ni,sabda 6not kami vo sathai ……………….

    u ko kathako angs……
    जुन घरका प्रायशः अधिकांश सदस्य बाह्रैमास सोमरसको पोखरीमा पौडी खेल्छन् । राँगा, कुखुरा, बङ्गुर उनीहरूको सितन हुन्छ, जसभित्र दया, माया, नैतिकता, इमान केही हँुदैन । कहिलै तिनीहरू उच्च जात हुन सक्दैनन् ।
    sabai jatakale piu6n, khan6n sitan sadhu ra pranami 6adi.jo uchcha jati hu khadin van6 usailai pugdin k garu RITA ji.

  2. Vanna khojeko k ho
    Vanna khojeko k ho ?

    pakhandi,aadambariharulai pugdain………………………………..
    जुन घरका प्रायशः अधिकांश सदस्य बाह्रैमास सोमरसको पोखरीमा पौडी खेल्छन् । राँगा, कुखुरा, बङ्गुर उनीहरूको सितन हुन्छ, जसभित्र दया, माया, नैतिकता, इमान केही हँुदैन । कहिलै तिनीहरू उच्च जात हुन सक्दैनन्

  3. Lekhan bidha aafaima ramro ho
    Lekhan bidha aafaima ramro ho tar arulai asar parnu vaena ni RITA ji
    nakhane jat,khane jat hunna sabai jatika manisle khan6n kasailai naruchnu,jyanale nasahanu napachnu beglai kura ani arko kura paudi khele gari piuna,khan kasko rupiya khora…………………………………?

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *