जति हाँस्न मन लाग्छ हाँसौला नि साँझपछि !
दुवै ज्यानलाई पालैई पालो गाँसौला नि साँझपछि !
पर्ख-पर्ख साँझ आउँछ दिन ढले पछि
तिमी मुढो म बन्चरो ताँछौला नि साँझपछि !
अलि-अलि पिउन बरु दिनुपर्छ मलाई
पिएपछि अङ्गालोमा बाँधौला नि साँझपछि !
नशा पिई सकेपछि, ज्यानै दिई सकेपछि
मन खोलेर ओठम-ओठ टाँसौला नि साँझपछि !
रात बढ्दै गएपछि, मात चढ्दै गएपछि
मध्य रातमा टुकी बाली नाचौला नि साँझपछि !