Skip to content

यमराजले, सपनीमा, घरी-घरी, छल्न थाल्यो


तिम्रो बिहेको, मण्डपमा, जब अग्नि, बल्न थाल्यो,
तिमी बसेकै, मुटु मेरो, अनायासै, जल्न थाल्यो

मन्त्र गुन्जियो, पन्चै बाजा, नाच्न थाले, जन्तीहरू,
रसायो आँखा, अनि हुरी, मुटुभित्र, चल्न थाल्यो

फूल अक्षेता , खस्दै थियो, तिम्रो घर, बस्दै थियो,
महल मेरो, सपनाको, यताउता, ढल्न थाल्यो

घुम्टो ओढ्यौ, जगिया घुम्यौ, डोलीमाथि, बस्छौ अब,
कम्पित भयो, भूमि सारा, लौन जिऊ, गल्न थाल्यो

अन्धकार भो’, दुनिया नै, जब तिम्रो, डोली उठ्यो,
तिर्मिराए, आँखा मेरा, तोरी फूल, फुल्न थाल्यो

तिम्रै नाममा, मर्छु होला, बाँच्दिन कि, अब धेरै?
यमराजले, सपनीमा, घरी-घरी, छल्न थाल्यो

तिमी बसेकै, मुटु मेरो, अनायासै, जल्न थाल्यो
महल मेरो, सपनाको, यताउता, ढल्न थाल्यो

२५/१०/२०६८ “सुमन काले”

5 thoughts on “यमराजले, सपनीमा, घरी-घरी, छल्न थाल्यो”

  1. तिम्रो बिहेको, मण्डपमा,
    Sarai Ramro Kabita rahecha Suman Ji, mann paryo. Keep it up.

    aashish @ Nepali FM

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *