Skip to content

जिन्दगीमा उस्ले ठुलो भूल गरी गयो


जिन्दगीमा उस्ले ठुलो भूल गरी गयो
नफक्रिदै पिरतीको फूल झरी गयो

देखेर नि अन्धो छु म, अचेल ऊ बिना
समयले आँखा भरी धुल छरी गयो

कैले देखी बादलको जून छेक्ने रहर
मौसम नै आज अनुकुल परी गयो

बास सर्यो धेरै टाढा र ऊ सँगसँगै
प्यास मेट्ने तमोरको मुल सरी गयो

यति दौडेँ बोलाँउदै उस्को पछाडि म
हेर्दा-हेर्दै ऊ मेचीको पुल तरी गयो

3 thoughts on “जिन्दगीमा उस्ले ठुलो भूल गरी गयो”

  1. ठिस बुढा

    सूर्य चेम्जोङको ठुलो भूल…
    नमस्कार !

    वाह !!!
    राम्रो छ ।
    शुभकामना ।

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *