यहाँ,
एक्काइसौ शताब्दीको विहानीसँगै
विश्व विध्वंशको दौडमा,
मेरो शान्तिको दुत
कहीँ हराइरहेछ,
मेरो वुद्ध सायद यहीँ कतै
अणुबमले खाएका भग्नावशेषहरूमा पुरिइरहेछ ।

सुनिन्छ,
ज्वालामुखीको लाभा र म्याग्मासँगै
उसको अस्तित्व खरानी भइरहेछ,
मिसाइलको रातो ज्वालासँगै
आगो बनेर दन्किरहेछ,
मेरो वुद्ध सायद
यहि कतै
अन्तरिक्ष प्रक्षेपणको लागि सुरिइरहेछ ।
मेरो वुद्ध,
मध्यपूर्वमा तालिवान बनी
मानव मानवकै तातो रातो रगतले
एउटा क्रुर इतिहास लेखिरहेछ,
अमेरिकामा लडाकु विमानसँगै
पौँठेजोरी खेल्दै,
इरानमा आएर गर्जिरहेछ,
यसैले सायद
मेरो वुद्ध सयुक्तराष्ट्रसंघमा
युद्धघोषका हजारौँ अस्त्रहरूलिई कुरिरहेछ ।

यसैले,
मेरो वुद्धलाई फेरि
ब्युँझाउनु परेको छ
मायादेविको कोख फेरि कहीँ
खोज्नु परेको छ,
यस्तै हजारौँ लुम्बिनीहरू
इरान, अमेरिका
अनि मेरो देशमा खोज्नु परेको छ,
त्यसैले
अब हामीले,
फेरि पनि वुइरान, अमेरिका
अनि मेरो देशमा खोज्नु परेको छ,
त्यसैले
अब हामीले,
फेरि पनि वुद्धलाई
आँखै अगाडि यहि कतै
देख्नु परेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *