एउटा गाउँ अथवा शहर अझ भनौँ देशको कुनै भुभागमा चार जना बलवान पुरुषहरू बस्थे । पहिलोसित बुद्धि थियो । दोश्रोसित बल थियो । तेस्रोसित बल र बुद्धिलाई सदुपयोग गर्ने क्षमता थियो ।

चौथोसित यी तीन जना लगायत आफू स्वयमलाई एकतामा बाध्ने सुत्र थियो ।

यसरी बलवान पुरुषहरूले आ आफ्न बिशेष गुणले गर्दा हरेक कुरामा सफलअता हाँसिल गर्दै थिए ।

एक पल्ट देशको भुभागमा एउटा प्रतिष्ठित सुनको मुकुट प्रतियोगिता हुने हल्ला फिजियो । सुनद्वारा जडित बहुमुल्य मुकुट अभिलाषा बोकेर देशका ठाउँ ठाउबाट पहलवानहरू त्यहाँ ओइरिन थाले । यो खबर थाहा पाएर ती चार भाई पहल्वानहरू पनि त्यहाँ पुगे । फलत्:आफ्नो बुद्धि, बलको सही सदुपयोग र एकता कायम गर्दै सुनको मुकुट हासिल गरे ।

चार पहलवानहरूले मुकुट त जिते । तर तिनीहरूमा मुकुट कसले राख्ने भन्ने कुरामा बिबाद सिर्जना भयो । पहिलो भन्थ्यो-मेरो बुद्धिले गर्दा मुकुट हासिल भएको हो । दोस्रो भन्थ्यो-मेरो बल नभए कहाँ मुकुट जित्न सफल हुन्थ्यो र? तेस्रो भन्थ्यो- मैले तिमीहरूको बल र बुद्धिलाई सही सदुपयोग नगरेको भए मुकुट हाम्रो पहुच बाहिर जन्थ्यो । चौथो भन्थ्यो-तिमीहरू लड्थ्यौ मात्र मैले सबैलाई नसम्झाएको भए, एकतामा नबाधेको भए । अत मुकुट मैले राख्न पाउनु पर्छ । यसरी चारै पहमानहरू आफ्नै मात्र कामको तारिफ गर्दै आफू मात्र मुकुट राख्न योग्य भएको ठोकुवा गर्न थाले । यतिसम्मकी हात हाला हालको स्थितिमा तिनीहरू मुकुटको बिषयले गर्दा पुगिसकेका थिए ।

तिनीहरू जहाँ बिबाद गर्दै थिए । त्यहाबाट अलि पर जङ्गल थियो । जङ्गलमा कुटी पनि थियो । ती मध्ये एउटाले कुटी देखेपछि उस्ले भन्यो-त्यहाँ कुटी रहेछ, त्यहाँ पक्का कुनै सन्त बाबा पनि हुनु पर्छ। उनैलाई सोधौ र मुकुट कसले राख्ने भन्ने कुराको छिनोफानो गरौ!राय ठिकै हो भन्दै सबै जना अघिसम्मको तातो रिस दबाउदै त्यहाँ पुगे । सन्त बाबा पहिलेको ॠषि, मुनि या साधु, सन्त, माहात्मा जस्तो दृढ निश्चयी र त्यागी थिएन । ऊ आधुनिक थियो र बर्तमान मान्छेका छल कपट, तिकड्डम्, लोभ, लालच्, दाउपेच जस्ता गुणले ऊ भरिपूर्ण थियो । अथवा छोटो शब्दमा यसो भनौँ त्यो सन्त्त बाबा धूर्त थियो। उस्ले सुनको मुकुट र ती मुर्ख पहलवानहरूलाई ससर्ती हेर्यो। उसलाई एकपल्ट सुनको मुकुट सुम्सुम्याएर खेलाउने खेलाउने तल तल जागेर आयो । फेरि चार जना पहलमानप्रति दया पनि एकसाथ लागेर आयो । सन्त बाबाले यस्तो केही हर्कत गरेन जस्ले गर्दा पहलमानहरू उस्लाई विश्वाश गर्नुको सट्टा पछि हटुन् । बरु प्रत्तिउत्तरमा बडो भलादमी मान्छेले झै भूमिका बाध्दै उस्ले भन्यो-शान्त बालहरू ! चुप रहु बालकहरू! तिमीहरू समयमा नै भ गवानको पूजारिकोमा आएका छौ । तिमीहरूको झगडाको समाध न छ मसित । तर तिमीहरूले कुनै झिजो नमानी मैले भनेको ताउर तरिका मान्नु पर्छ । बालके! सबैभन्दा पहिले पद्मसान आसनमा आउ । अनि आँखा चिम्लिएर सोच -मुकुट कहाँ थियो? कसरी प्राप्त्त भयो? हामी को हौ? कहाबाट आयौ? हामीले कहाँ गल्ती गरेछौ? हामी किन लड्यौ? सिर्फ आधा घण्टा यही सोच्दै दोहोर्याउ! तमाम प्रश्नको जबाफ आफ से आफ मिल्नेछ!र अन्त्यमा आँखा खोल । म समाधान पनि बताउनेछु ।

चारै जना पहलमानले आँखा खोले । सुनको मुकुट त्यहाँ थिएन् । चारै जना पहलमान चिच्याएर कराए -सन्त बाबा! उनीहरूको आवाज मात्र वर पर कुटी र जङ्गलसम्म प्रतिध्वनित भएर फर्कियो । सन्त बाबा त्यहाँ थिएन् । सन्त बाबा उनीहरूको सुनको मुकुट लिएर धेरै पहिले भागिसकेको थियो ।

अस्तु:

वास्तविक नाम : भानुभक्त दुलाल
साहित्यिक नाम: बिबेक दुलाल छेत्री “दमक”
दमक, झापा, नेपाल
हाल: अबुधाबी, यु ए ई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *