Skip to content

मेरो देश रोगी भएको सपना देखें

BharatTimalsina


बिस्तारै बिस्तारै मेरो देश रोगी भएको सपना देखें ।
ठुला ठुला होटल धाउँछन नेताहरु भोगी भएको सपना देखें ।

आफैं भित्र द्धन्द्व ल्याई देशको सम्पति रित्याई रित्याई
सुने संविधान बनाउदै छौंरे जनता जोगी भएको सपना देखें ।

वर्षौ देखि शान्ति र संविधान अनि संघीयताको कुरा गथ्यौं
मन रोयो अनयासै जब आमा योगी भएको सपना देखें ।

नयाँ नेपालको आश गरी विच्छेत पारेका थियौं राजतन्त्र
शहिदका त्याग बलिदान सोझैं ठगी भएको सपना देखें ।

बुद्धको शान्ति भूमि नेपाल विरताको अनगिन्ती गाथा
स्वच्छन्द सुन्दर स्वर्गभूमि देश अभागी भएको सपना देखें ।

दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *