Skip to content


नयाँ वर्ष यसपाली
मुकुन्द प्रसाद भट्टराई

खुशी लिई आउनु है नयाँ वर्ष यसपाली
राम्रो गीत गाउनु है नयाँ वर्ष यसपाली

झैँ झगडा नेपालीलाइ चाईदैन अब कत्ति
जनप्रीत लाउनु है नयाँ वर्ष यसपाली

कति दिन कुरी बस्ने नयाँसंबिधान भन्दै
संबिधान पाउनु है नयाँ वर्ष यसपाली

आशान्ति यो देख्दाखेरि रोयहोलान बुद्ध
साढेहरु दाउनु है नयाँ वर्ष यसपाली

रोग, भोक, शोक अझै कति खप्ने नेपालीले
सबै शीर उठाउनु नयाँ वर्ष यसपाली

1 thought on “नयाँ वर्ष यसपाली”

  1. mukunda prasad bhattarai

    Happy new year to all majheri usears.
    sabai le ekpatak padhidinu hola hai.
    Happy New year 2069 to all majheri usears.

Leave a Reply

Your email address will not be published. Required fields are marked *