मेरो बारेमा नसोची एक पल्ट फेरि सोची हेर न
मनमा भएका प्रश्न एक पल्ट फेरि खोजी हेर न
म त छदै छु तिम्रो छेउ
तिम्रो सपनाको राजकुमारमा बाहेक
अरु कोही पनि रोजी हेर न
उमेर नै छ चंचल चंचल तिम्रो
मनमा उभरिएको हुरीमा
एक पल्ट फेरि उडी हेर न
सपना सजाउ एक पल्ट फेरि
सपना कै सावनमा
एक पल्ट फेरि रुझी हेर न
मेरो स्वार्थ हेरूँ या तिम्रो खुशी
या एक पल्ट मलाई पनि बुझी हेर न
