Skip to content


नतर्साऊ जति तर्साउनुथ्यो तर्साई सक्यौ
भो अब कष्ट नगर
तिम्रा ती प्रयासहरु अधुरा अपुरा रहन्छन
अस्ताएको घाम झै
ओईलिएको फूल झैँ
पानी सुकेको खोला झै
अनि फूकी रहन्छौ ढुङ्ग्रा
आगोको ज्वाला हैन धुँवा उडने छ धुँवा
कसैले सिकाएको मन्त्र जपी जप्न नलगाऊ
भो अब नफकाऊ
बिकृतिको बिउ छरी उमारेको बिरुवा
हुर्काउने चाहना छैन मेरो
न कुनै रहर
नौनी झैँ पग्ल या पानी झैँ बग
या आगो माथी घिउ थप मतलव हैन
न त फकाउँदा फकिन्छु
न त सम्झाई बुझाईले लोभिन्छु
तिमीले फुक्र्याएर सगरमाथा भन
या ठुलो लामकाने बुद्ध
केही सीप नलागे झोक्किएर
रछ्यानको किरा भन या शैतान
चाहे जे उपनाम देऊ
कुनै असर हुदैन
त्यो बोलिले लठ्ठिन्न म
भावनामा बहकिन्न, कल्पनामा डुबुल्की मार्दिन
भो अब नतर्साऊ
त्याग्न सक्दिन मुन्धुन
कसको मन मान्ला अस्तित्व हिन हुन
धरालत बिर्सी आकाश छुन
भो चाहिंदैन बिना परिश्रमको मोल
ब्यर्थ हुनेछ प्रयास
व्यर्थ जानेछ समय
व्यर्थ पाउनेछौ अपाच्य शब्दका झटारा
छोडी देऊ जिद्दी
अरुलाई तर्साउँदा तर्साउँदै आफैं तर्सनेछौ
जीर्ण बन्दै जानेछौ
चिन्ने छैनन कसैले
धिकार्ने छन सबैले
त्यहि बस जहाँ थियौ
जुन तिम्रो पहिचान थियो
गरे संरक्षण सम्बद्र्धन विकृति छिर्ने छैन
त्यही मुन्धुम जप जुन हाम्रो हो
हामी सबैको हो ।

1 thought on “भो अब नतर्साऊ”

  1. बधाई छ भावना भित्रका भावनाहरुलाई
    बधाई छ भावना भित्रका भावनाहरुलाई
    आज चलिरहेको समयसमेतलाई अंगिकार गरेको हुनाले कविता सुन्र लाग्यो ट्टयसैले बधाई छ भावना भित्रका भावनाहरुलाई ।

Leave a Reply to gorkhesailo Cancel reply

Your email address will not be published. Required fields are marked *