Skip to content


म आँफैबाट बेचिएको छु
बेचिएको उही जिन्दगीलाई
उधारोमा जिउन विवश छु म
थाहा छैन मलाई,
म किन्न सक्छु कि सक्दिन ?
त्यो जिन्दगीलाई
तर मैले आँफैलाई किन्नु छ
-जीवन फुल्ने सपनाका गुलाबहरू
-मन फुल्ने रहरका सुनगाभाहरू
-हाँसो फुल्ने मुस्कानका पारिजातहरू
सबैलाई किन्नु छ … ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *