दुख्दा मन झर्यो आँशु झेलमा पारिस भन्यौ
मुटु चुँडी दिएँ मैले तेलमा खारिस भन्यौ
घाइते थियौ डोर्याउँदै लगें चुचुरोमा
पहिरो आई भीर खस्दा भेलमा झारिस भन्यौ
रित्याएर आफैंलाई समर्पित गरें
विश्वास लत्याएर प्रीति खेलमा चारिस भन्यौ
मनको सुन्दर बगैंचामा पिरतीले घेर्दै
राख्दा शान्ति विथोलेर जेलमा सारिस भन्यौ
वितृष्णाको घारी भयो माया बिऊ छर्दा
लत्रिएँ म, दोष दिंदै नेलमा मारिस भन्यौ
उषा न्यौपाने
