Skip to content
Dinesh majheri

कोरोना भाइरसको संभावित संक्रमण रोक्न सरकारले मुलुकभर लकडाउन गरेको छ । लकडाउन दोस्रो साता
प्रवेश गरिसकेको छ । सडकमा प्रहरीको कडा सुरक्षा/पहरा छ । औषधी लिन गएका युवकलाई सप्तरीको कोदरकटीमा शसस्त्र प्रहरीले पिटेको दृश्य भाइरलै भयो । ग्यास लिन गएका एक उपभोक्तालाई काँधमा सिलिण्डर बोक्न लगाई बसेरै सडकमा हिड्न प्रहरीले बाध्य पारेको दृश्य पनि हामीले हेरेकै छौ । धेरै ठाउँमा प्रहरीले सर्वसाधारणलाई अमानवीय तरीकाले पिटेका पनि छन् । राजधानीमा सोसल डिस्टेन्सिङ कायम गर्दै यान्त्रिक स्टिक लगाई सडकमा हिडेकालाई पक्राउ गरेको दृश्य पनि देखिएकै छ । केही ठाउँमा लकडाउनको उलंघन पछि सेना नै परिचालन गरियो । शनिबारबाट भने मन्त्रिपरिषद्ले लकडाउनलाई थप प्रभावकारी बनाउन एउटा पालिकाबाट अर्कोमा जान नपाइने निर्णय समेत गरेको छ । चारैतिर सुरक्षा बढेकै बेला, एक युवक झोलामा केही कुरा बोकेर बाहिर निस्कन्छन् । सडकमा खट्टिएका सुरक्षाकर्मीको तीन/चार जनाको समूहले ती युवकलाई देखेपछि नजिक आउँछ । केही न सोधिकनै ती युवकमाथि लौरो प्रहार गर्न थाल्छन् । युवक बेस्सरी चिच्चियाउँछ, सुरक्षाकर्मीले सुन्दैन । धित मरुन्जेल पिटेपछि सोध्छन्, ‘ अए, तँलाई ज्यानको माया छैन, आफूलाई दादा थानेको हो ?, लकडाउन भएको तँलाई थाहा छैन । ’ त्यतिकैमा अर्को प्रहरीले फेरी युवकमाथि बेसरी लाठो बजार्छन् । युवक रुदै र आफ्नो पीडा दबाउँदै झोलाबाट पोको निकाल्दै भन्छन्, ‘ यो खानेकुरा लिनुस् , आमाले तपाईहरुका लागि दिनु भएको हो । ’ त्यतिकैमा अर्को सुरक्षाकर्मीले भने, ‘ए, यो हामी सबैको लागि हो ?’ युवक मुन्टो हल्लाउँदै भन्छन्, ‘हो ।’ आमा भन्दै हुनुहुन्थ्यो, ‘ बुबा सुरक्षाकर्मी हुँदा दिनरात खट्नु हुन्थ्यो, कहिलेकाही भोकभोकै बस्नु पथ्र्यो । त्यही भएर तपाईहरुका लागि खानेकुरा पुर्याउन आएको थिएँ ।’ ती युवक सबै सुरक्षाकर्मीलाई खानेकुराको पोको दिएर घर फर्किन्छन् । सुरक्षाकर्मीहरु भने ती युवकलाई सम्बोधन गर्ने शब्द नै पाएनन् , शायद त्यसैले होला ती युवकलाई आफ्नो आँखाबाट ओझेल नपरुन्जेल हेरि मात्र रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *