anups

तिम्रो नाम लिने हो कि .. तिमिलाई भुली दिने हो

  • by

जब हिड्दा हड्दै तिमि ले पछ्याए झैँ लाग्छ
तब भन म के गरु
जब एक्लै बस्दा तिमि ले बोलाए झैँ लाग्छ
तब भन म के गरु
कहाँ जाउ के गरु म … अन्योल मा नै परिरहन्छु
तिम्रो नाम लिने हो कि .. तिमिलाई भुली दिने हो

आखा चिम्ले भने आउछौ सामु … फेरी तिमि बिलाईदिन्छौ
तिम्रो स्पर्श ले छोए झैँ लाग्छ मलाई … फेरी कता हराईदिन्छौ
जब मैले गीत हरु तिमीलाई सुनाए झैँ लाग्छ ..
तब भन म के गरु
जब तिमीले पनि संग संगै गाए झैँ लाग्छ
तब भन म के गरु
आई देउ फेरी यहाँ .. तिमि बिना अधुरै भए छु
तिम्रो साथ दिने हो कि .. दुनिया छोडी दिने हो
तिम्रो नाम लिने हो कि .. तिमीलाई भुली दिने हो ……

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ए … अब उनी पनि थाकिन रे

  • by

ए ….. अब उनी पनि थाकिन रे
मेरा बेफिजुल कुराहरू सुनेर
अब म भर गर्न लायक भइन रे

चिनी गुलियो हुन्छ
गुलियो भित्र भित्रै तितो महसुस गर्न थालिन रे
मेरा हर्कतहरू देखेर
अब उनी पनि थाकिन रे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जँडिया

सुनसान रात, सुनसान सडक
कहिले यो भित्ता कहिले त्यो भित्ता
जस्तै त्यो भित्ताले पनि उसका अतितहरू खोल्दै छ,
हेर, आज फेरि एउटा जँडिया बोल्दै छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेरो माया

  • by

दिनभरको उज्यालोपछि डुब्न लागेको घाम हैन मेरो माया
कुनै किराना पसलमा पैसा तिरेर किन्न पाइने सामान हैन मेरो माया
अन्तिम अवस्थामा सास गन्दै गरेको नाम हैन मेरो माया
कुनै जोहरीको दोकानमा मोल गर्दै लगाइने दाम हैन मेरो माया

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अब तिमीलाई नै निस्ठुरी भन्न थाले भने के भन्छन दुनियाले

तिमीलाई पाउन सकिन भने के भन्छन दुनियाले
यसरी नै बौलाउँदै हिँडे भने के भन्छन दुनियाले

तिमीलाई नै जिन्दगी भनेर सजाए, सारा संसारलाई चिनाएँ
तिमी नै सुख, तिमी नै प्राप्ति, तिमी नै लक्ष्य बनाएँ

अब तिमीलाई नै निस्ठुरी भन्न थाले भने के भन्छन दुनियाले
यसरी भौतारिदै हिड्न थालेँ भने के भन्छन दुनियाले

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तिमीलाई पाउन सकिन भने के भन्छन दुनियाँले

  • by

तिमीलाई पाउन सकिन भने के भन्छन दुनियाँले
यसरी नै बौलाउँदै हिडे भने के भन्छन दुनियाँले

तिमीलाई नै जिन्दगी भनेर सजाए, सारा संसारलाई चिनाए
तिमी नै सुख, तिमी नै प्राप्ति, तिमी नै लक्ष्य बनाए

अब तिमीलाई नै निस्ठुरी भन्न थाले भने के भन्छन दुनियाँले
यसरी भौतारिँदै हिड्न थाले भने के भन्छन दुनियाँले

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेरी बुढी लाई पनि तीज लागेछ

  • by

रातो साडी हरियो पोते अनि रातो रातो चुरा
कत्ति राम्री देखिएकी मेरी बुढी …. मेरै लागि हो र ?
दिन भर नाचछेउ तिमि … छम्म छम्म छम्म
केहि नखाई बर्त बस्ने मेरै लागि हो र ?

चुरा पोते को रंग … अनि तिमिमा यो उमंग
यी सबै मेरै लागि हो र ?
म त तिमिलाई धेरै माया गर्छु
तिमि यत्ति राम्री भएकी पनि
मेरै लागि हो र ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हे भगवान तिम्रो रिसले पनि मेरो ज्यान लाने भो

हे भगवान
तिम्रो रिसले पनि मेरो ज्यान लाने भो

किन रिसाएको हुन्छौ तिमी … थाहा पनि हुन्न
अनि आफै भन्छौ … केही चहान्न सुन्न
मलाई सधै दिक्क बनाइ रहन्छौ
अझ केही बोल्न नि हुन्न

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हे भगवान…… तिम्रो रिस ले पनि मेरो ज्यान लाने भो

हे भगवान
तिम्रो रिस ले पनि मेरो ज्यान लाने भो
बिना कारण रिसाउने तिम्रो बानी कहिले जाने हो ?

किन रिसाउछेउ थाहा पनि हुन्न
अनि आफै भन्छौ केहि चाहन्न सुन्न

कच् कच् कच् कच् कराई रहन्छौ
मलाई दिक्क बनाइ रहन्छौ
तैपनि म सहेर नै बसेको छु
कहिले यो भन्छौ कहिले त्यो भन्छौ
मेरो सत्तो घरि घरि खाइ रहन्छौ
तै पनि मा सहेर बसेकै छु

केहि भनु ….. छोडेर जान्छु भन्छौ
गाली गरु ……….रोई हल्छौ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेरी प्यारी PRINTER तिमी कहाँ गयौ ?

मेरी प्यारी PRINTER तिमी कहाँ गयौ ?
म फ्याट्ट ENTER PRESS गर्छु
तिमी मेरा मनका भावनाहरू सरर पोख्छौ ।

तिमी कहाँ गयौ ?
तिमी रिसाउँछौ अनि PRINT दिन्नौ
म आएर तिमीलाई प्याट्ट हिर्काउँछु,
अनि बल्ल मान्छ्यौ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

के तिमीलाई पनि यस्तै हुन्छ र ?

के तिमीलाई पनि यस्तै हुन्छ र ?
कहिलेकाहीं एकान्तमा आँखा रसाए झैँ
कसैले दुख दिएर पनि सपनीमा आई हँसाए झैँ
के तिमीलाई पनि यस्तै हुन्छ र ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

म चाहन्न तिमीलाई अझै दुख दिन

म चाहन्न तिमीलाई अझै दुख दिन
तेसैले अफ्नो छातीमा छुरा रोपी
तिम्रो खुशी लेख्दै छु

म चाहन्न तिम्रो बाटोमा अझै बाधा बन्न
तेसैले आफ्नो चिता आफैँले जलाई
त्यसको खरानी आफैले टेक्दै छु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

स्तब्ध

सम्झना खोज्दा सम्झन सकिन्न
बिर्सन खोज्दा बिर्सन सकिन्न
स्वार्थी हुने रैछ संसार सारा प्रिय
मारेर पनि देखाउन सकिन्न

कोही के भन्छन … कोही के भन्छन
कसको सुन्ने… कसको उडाउने…

भेट्टाउन खोजे भेट्टाउन सकिन्न
हराउन खोजे हराउन सकिन्न
माया गर्छु तिमीलाई … सबै लाई थाहा छ प्रिय
तर दोबाटोमा बसेर कराउन पनि त सकिन्न

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेरो कमजोरी तिम्रो खुबी

मेरो कमजोरी … तिमी बिना बाँच्न सक्दिन
तिम्रो खुबी … सब हावामा उडाउँछौ
मेरो कमजोरी … तिमीलाई खुशी पार्न सकिन
तिम्रो खुबी … हाँसेर पीडा दिन्छौ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कहिले त सोध !

कहिले सोधेको छौ ?
कस्तो हुन्छ तिमी बिना
कसरी दिनहरू बित्छ मेरो
कहिले सोधेको छौ ?
के गरेर बसेको छौ भनेर
जब एक्लै भएको हुन्छु
जब कोही हुदैनन्
कहिले सोधेको छौ ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उसैको लागि

मैले हाँसे पनि रोए पनि
उसलाई पाए पनि नपाए पनि
मेरा सारा जिन्दगी उसैको लागि

मर्न परोस चाहे उसले
या जलिरहुँ सधैंभरि
जे गर्नु परे पनि उसैको लागि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •