Skip to content

neupaneru

क्रस फायर: वेब फिक्सन्

मानिस कहिले काँहि पछुताउँछ । आफ्नो कर्तव्यबाट च्युत हुन्छ । जानेर वा नजानेर । त्यसले कसैलाई नराम्रो गरोस् भन्ने मनसाय नभए पनि गल्ती हुन्छ । सफलताको नजिकै पुगेकाहरूलाई सोच्न समय हुन्न । मनमा उठेको पहिलो कामलाई नै पहिलो कर्तव्य सोच्छ । त्यही भयो गएको गृष्ममा ।

हातमा क्यानन्को सि-१०० क्यामेरा बोकेको छु । दाँयाकुममा कुनै फाल्तु कविको जस्तो फाटिनसकेको कपडाको झोला झुण्डाएको छु । त्यसभित्र केही थान नोट बुक, कलम, कण्डमका प्याकेट, ३ ४ चुरोट बाँकी भएको मार्लबोरोको प्याकेट, २ ओटा क्यासेट, र सोध्नु पर्ने प्रश्नको लामो धरो ।

यन्त्रमानव (लघु कथा)

कसरी दुई वटा भेडाहरू हिजो हिँउमा पुरिए । पोहर पनि एउटा चौंरी मरेकै हो । तर तुलनामा यस बर्ष खासै नोक्सान भएको थिएन भन्ने सुनेको थिएँ । त्यति बेला म ९ या १० बर्षको थिएँ क्यार । नाफा नोक्सानको मलाई त्यति हेक्का थिएन । तर बाको धमिलो अनुहार भाको बेला पक्कै फेरि भेडाहरू पुरिए भन्ने लाग्थ्यो ।

मलाई त्यति बेलै यन्त्र मानवको चाहना भएको हो । मलाई ती हामीलाई आवश्यक छन् भन्ने लाग्थ्यो । मलाई तिनले हिउँमा पुरिएका भेडाहरू निकाल्न बालाई मद्दत गर्लान भन्ने लाग्थ्यो ।

प्रत्यासी प्रेमी

प्रिय सुनगाभा
तिमीलाई कतै सुनेको थिएँ
तिमीले बताससँग पठाएको संदेशहरू
सुबासले प्रपन्च मिलाएर
मेरो हृदयमा बसाँई सरेको थियो ।
तिमीलाई याद नहोला
मेरो बाटो काटेर कति पटक
तिमीले आफैसँग छल गरेकी थियौ ।

सुन्यताले पठाएको खत !

डिएर, रुमन

कतिपय कुराहरू तिमीले बुझाउँदा पनि म बुझ्दिन होला र कतिपय मेरो भगीरथ चाहानाहरू छन् जुन तिमीले बुझोस् भन्ने लाग्छ त्यो मैले वाक फुटाउँदा पनि तिमीले बुझ्दिनौ होला । समय अन्तरालमा तिम्रा भोगाईहरूमा केही बिबिधता देखिए भने त्यति बेला फेरि गौरबको सास अबश्य फेर्ने छु । ईश्वरसँग नमागी केही पाउनु मानव जीवनको सार्थक उगलब्धता सायद हुन्छ । ईश्वर संरचनाले खटाएको सानो भागमा दुखेसो, पीडा, अभावको अभिव्यक्ति र सकंटको गन्तब्य छ भन्ने मनोभाव देखिन थालेको छ ।

धर्तीको अबसान

उनलाई सुन्न म झुक्किएर–
उनको गल्ली पुग्छु ।
बेला बजाउने त्यो युवतीलाई
कठघरामा उभ्याएको देख्छु ।
आज माहोल भिन्न छ/हिजोको भन्दा
उनले गाउने परम्पराको गीत
बेलाको लयमा– म साक्षी थिएँ ।

कथा लेख्ने १२ उपाय

स्टेफेन एम्ब्रोजले भने जस्तो सफल लेखक हुने मन्त्र भनेको मेजर अंग्रेजी लिएर पढेकी केटीसित बिहे गर्नु मात्र होईन यो त बरु लरेन्स कस्दानले भने जस्तो लेखक बन्नु भनेको जीवनकाल भर हरेक रात कडा होमर्वक गरिरहनु हो ।

ऊ यसरी आई

पहेँली नयाँ रचेर
धुकधुकी नयाँ बनेर
शितल बताससँगै दौडिँदै
के खबर ल्यायौ प्रिय ?
बसन्त पर्खैर ।

अलग धुनको कोसेली
सुनाउँदै नयाँ सुसेली
गृष्मको अन्तिम हुरीसँग बहँदै
के भरेर ल्यायौ आँचल ?
ऋतुहरू पर्खेर ।

२५(क) के पायँ ?आखीर गुमाए

तिमीलाई छुन खोजे, तिमीलाई रोक्न खोजे
तर म चेतना सुन्य भए
पर्दा उचालेर हेरे घाम चियाईरहेछ, मुस्कुराईरहेछ
तर राफको म मा असर परेन, म स्तब्ध भए ।

तिम्रो झुकेको नजर लाई उठाएर मैले के गरे ?
म बिलीन भए, केबल उद्दार गरे, सानो प्रयास
समाए, कसेर समाए झन् बलिष्ठ संग
फुत्कीएला भन्ने डर भएन, न त्रास, न संत्रास ।

तारा हेरे, जुनले जिस्कायो, निदाए
सपना, सपना, सपना झस्केर ब्युझीए, अनि उदास
खोजे बिहान हुदा नहुदै, सबेरै, सुनसानमा
तर के पाँय ? आखीर गुमाए न माया, न छाँया

आदर गरे, भाबना पोखे, संझाए जस्तो गरे
तर बिश्वास झनै कसीएछ, हलुका बिश्वास
यो सुस्त गतिमा के गन्तब्य छुँला ?

म घुमाउछु त्यो घण्टाघर को सुई

कोलाहाल त्यो एक्कासी ठप्प भईदीयो ।
कालो बादल निरशताको छप्प छाईदीयो ।
आत्तीयर कति त्यहाँ ककर्श रागमा गाउदैछन् ।
मंगल धुनले ढाकीदीन बडो जोर लाउदैछन ।

फाटेको जमिन भित्रै कति पसे रे ।
अस्ताएन सुर्य त्यहा कति डडे रे
प्रलयले उराठ लाग्दो शहर दखीयो ।
मौलाउन तयार सृष्टी सबै मेटीयो ।

ब्वासोहरुको रमिता बिस्तारै बड्ने छ ।
सन्तापको मलम छैन शरीर गल्ने छ ।
सोचे मैले समय त रोकीए जस्तो छ ।
तैपनी दुधे बालक सपनाको रस चुस्दो छ ।

(समबेदनाको भिड बाट अलग्गीयर मैले सोधे)

घाम अस्ताउने, उदाउने यो रित कसरि मेटियो ?
बेगबान पृथ्बीको परिक्रमै कसरी छोटीयो ?
मौलाउन तयार सृष्टी सबै रोकीयो ।

४६(क) खान छोड्नु भा’ को ?

महाशय यता फर्किनुस त ।
तपाईँ त दुब्लाउनु भएछ ।
खोई त त्यो ठुलो भुँडी ?
पक्कै पनि तपाईँले खान छोड्नु भएछ ।

मन्त्रीदेखि सुब्बासम्म
पिउनले नि गन्न छोड्यो रे हजुर
सबैको खल्ती भर्ने तपाईँ
तपाईँ त दुब्लाउनु भएछ ।
साच्चै हो तपाईँले खान छोड्नु भएछ ।

तपाईँको भुँडी त मान्नै पर्थ्यो
खुबसँग कवाफले भर्नुपर्थ्यो ।
लौन हजुर भन्नुस त
साच्चै तपाईँले खान छोड्नु भा’को ?

सुहाएकै थियो हजुर दौराको भेष
बिचरा!
सुकेछ अनुहार अनी पाकेछ केश ।
होईन हजुर खानु पर्छ ।
बोसोले हाड छोडे, करङ्ग रहन्छ शेष ।

क्वाँटीको झोल

शाश्वत सत्य,
देख्दैन अनुहार ऐनामा मानिस ।
कपटी छ, निर्दयी छ, निस्वार्थ त छँदै छैन ।
टाउको काट्दैछन् मानिस मानिसको
तौलिएर हातहरूमा दया नाप्न खोज्छ ।
देख्दैनन् अनुहार,
ऐनामा मानिस त्यसै रुमल्लिन्छ ।

३४(क) मढारिएको उच्छृंखलता ।

मैले अझै बुझन सकिन
मेरा जीवनका रसहरू,
जुन जताततै पोखिएर
छताछुल्ल भएका छन् ।
हार्दिकताले उनका ओठहरूले
मेरो ओठ चुम्न खोज्दा,
लालची मेरा हातहले
सर्बत्र अँठ्याउन भ्याएका छन् ।

म आत्तिएको छैन १७(क)

म आत्तिएको होईन चुम्न तिम्रा ओठहरू
झुठो नि त साँचो ठाने देखाईन खोटहरू
अन्जान डरले किन आज खेदिँदैछ मन
आखिर खै किन आज तेजिँदैछ धड्कन ।।

भनुँ किन नभनुँ किन, लाग्दैन तिम्रो मन दुखाऊँ
नजित्ने यो खेलमा, म दाउ कति लागाऊँ ?
लाग्छ किन फेरि छोडु जोडिएको बाटो
फुकाउनु परे यदि फुकाउनु तिमी गाठोँ

नबोदय !

It is the stubborn beginning; everyday had brought one hideous night. It is the time to determine, every dawn comes from one black night. It is the certainty of nature so we can revolutionize. Do hands on hands!

आदि,
अकडो अन्त्यको ।
बुझौ,
अकन्टक शशिलाई ।
आज एउटा अन्त्य
भोली अर्को सुर्योदयलाई ।
अकपट त्यो निशा
आदि हो नब लालीको ।
सोच,
अकर्मण्य बिबेकको
यथार्थमा अन्त्य हो ।
भोली अर्को नबोदयलाई
अभिराम बाटो हो ।

अकथ्य अन्धकारमा
भुमीगत बाँच्नेहरु
अखबारमा राष्ट्र कुंद्वैछन् ।
न हार,
अकर्मण्य बिबेकको
यथार्थमा अन्त्य हो ।
भोली अर्को नबोदयलाई
अभिराम बाटो हो ।

भर्खर हाईस्कुल सके पछीको बास्तबिकता…

यो कसैको बास्तकीक जिबनसगं मेल खाएमा संयोग मात्र हुनेछ ।

मानीसले एउटा न एउटा रहस्य लुकाउछ, सायद त्यही रहस्य भित्र उसले आफ्नो सन्तुष्टी र चाहानालाई भेट्टाउँछ चाहे त्यो कसैबाट कोटाईयोस् वा कसैले त्यसलाई तुच्छ देखोस् । रहस्य झन रहस्य भित्र दब्दै जान्छ । म संग त्यस्तो कुनै रहस्य नहुदोहो सायद त्यसैले म भदौरे मकै झै कसैको अँगेना वा कसैको मकलमा पिल्सीदैछु ।

साँढे

सायद मोबाईल सिरानी मै थियो क्यार, कानै थर्किने गरी भाईब्रेट भयो । के चाहियो र जोन लिनन बिहानै मेरो शिरानीमै आईपुगे झै लाग्यो । गाउँदै थिए सुरिलो लय हालेर “सोच यहाँ स्वर्ग छैन, यो सजिलो छ यदि कोशिस गर्छौ भने । नर्क छैन यहाँ भन्दा तल, मात्र हामी माथि आकाश, सोच सबै मानिस आजको लागि बाच्दै छन्’’ । मैले हात लम्काएर भयो गाउनु पर्दैन भने झै अर्लाम बन्द गरिदिएँ । आँखा अझै खुलेको थिएन । दाहिनेतिर च्याम चुरुम तन्ना बजेको सुने, भाई अझै मस्त निन्द्रामा रहेछ । ओल्टे कोल्टे फर्किँदै । आफ्नो परक्षिा थियो । बिहानै विश्वविद्यालय पुग्नु पर्ने । पुषको सुरुवाती जाडो, फेरि आज अलिक चिसो थियो क्यार । सिरक फालेर बाहिर

म स्वास्निमान्छे भए के गर्थे ?

माथि को यो शिर्शक पढे पछी सबै ले मलाई गाली गर्नु भयो होला । यो त देवकोटा को निबन्ध को शिर्शक हो, यो फठाहा भएछ । लेखाईमा पनि यस्तो चोरि चकारी अनी फट्याँई गर्नु हुन्छ । यो त सरासर बेईमानी हो । म पुरुष हुँ । मैले चाहेको गर्न सक्छु किनकी मलाई समाजले तेती सहजता दिएको छ । मैले चाहे भने अघी को कुनै यूग अनी पछी आउने कुनै यूग लाई हाँक्न सक्छु । म यो निम्बन्ध भरी स्वास्निमान्छे हुन चाहन्छु । म तपाईं को आँखा ले मलाई हेर्ने दृष्‍टिकोण परिवर्तन गर्न चाहन्छु र यो पढि सकेपछी भन्नु होला क्याबात !

यो तिमीले के गर्यौ ?

१.
तिमीले बिलाप गरिरहँदा
निस्तेज उभिएर सुनिरहेँ ।
अहोरात्र तिम्रो प्रशंसामा
परिश्रम ब्यर्थ खर्चिरहे ।
अधिकतम चाहना बोकेर
तिमीले बाटो काटिदियौ ।