Skip to content

श्रीकान्त लुईँटेल 'सँगमश्री'

उनको मेरो…

तर भेट भा’कै थिएन साँझ उनको मेरो
हल्ला चल्यो गाउँभरि आज उनको मेरो

अस्ति भर्खर आँखा जुधी, अलिअलि बोल्दा हिजो
कसले छिट्टै थाहा पायो राज उनको मेरो

तिमी मेलम्ची म काठमाण्डौ

तिर्खाएको काठमाण्डौ म, मेलम्चिको पानी तिमी
आउछु भनी सधैं ढाट्ने, साच्चै बेईमानी तिमी

आतुर छु म भेट्नलाई अनी प्यास मेट्नलाई
मेरो घरमा नआएर, बगी अन्तै जानी तिमी

गयो कोही…!

मलाई वल्लो किनार छोडी, पारी गयो कोही
पराई ठानी मलाई माया, मारी गयो कोही

मेरो मनको बगैचामा असिना झैं बर्सिएर
फूल सबै कोपिलामै झारी गयो कोही

गजल

नौमतिको मिठो धुनमा लगनगाठो जोड्दाखेरी
भन रुन्छ्यौ रुदिनौ? माईतघर छोडदाखेरी

सँगै बस्दा जगियामा माईती सँग लजाएर
चन्द्रमुखी मुहारमा रातो घुम्टो ओढ्दाखेरी

तिम्रा लागि…!

तिम्रा लागि मर्ने अनी मार्नेको भिड देखेँ
कुरैकुराले मात्र तारा झार्नेको भिड देखेँ

तिमीसङ्गै पौडिनलाई, जवानीको सागरमा
समाएर तिम्रो हात, तार्नेको भिड देखेँ

गजल

सम्झिएर बितेका छन सयौ सयौ राती मेरो
शुन्य भयो आज तिमी निदाउने छाती मेरो

जिन्दगीको गोरेटोमा सधैं मेरो छाया बन्ने
छोडिगयौ धेरै टाढा किन आज साथी मेरो