पेशल आचार्य

पाँच मुक्तक (लघानुपर्छ)

१. लघानुपर्छ
अब भ्रष्टहरूलाई पो पानी बार्नु पर्छ
चुला–चौका र अन्न दिन छाड्नुपर्छ
मौका दिँदा पनि नसप्रिने भएपछि –
डङ्कुटी लगाएर देशबाटै लघार्नुपर्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पाँच मुक्तक (योग्यता)

१. योग्यता
स्कुल बिस्कुनझैँ छरिएको छ
क्याम्पस ‘टायम पास’ भएको छ
रोजगार बन्न चाउचाउ नै किन्नु परेपछि
योग्यता र दक्षता सबै धराशायी बनेको छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गोरेटोले डोर्याएथ्यो

गोरेटोले डोर्याएथ्यो तगाराले छेकिदियो
पयरको धूलोमाटो कस्ले फेरि फेँकिदियो ?

तिर्खाएर भौँतारिएँ डुल्दै मरुभूमि माझ
दर्शन देऊ एकै झल्को तिम्रो साथ आज ।
कर्म मेरो खोटो छ कि पर्खी मात्रै राख्ने
माला जपेसरि तिम्रै नाम मात्रै भाक्ने ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

खिसी गर्छ्यौ होली तिम्ले

खिसी गर्छ्यौ होली तिम्ले गीत मेरो सुनेपछि
उधारेर फाल्छ्यौ होली मेरो मुटु भेटेपछि ।

दिनुलाई केही छैन तिमीलाई ममा आज
आँखाबाटै भित्र पस भित्र हृदयमा गर राज ।
कठैबरा भनिदेऊ लाखलाख हुन्छ, यहाँ
मलिन भा’को मनलाई त्यसैले नै धुन्छ, यहाँ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ओठहरू फर्फराए जबबाट

ओठहरू फर्फराए जबबाट तैले
ख्याल गरी हेरी रा’थे तबबाट मैले ।

पूरै म विश्वस्थ थेँ तिमी भन्न सक्तिनौ
आँखाबाट निवेदनको भाव पोख्न सक्तिनौ ।
जीव्रो चल्न थाल्या छैन बुझेँ मैले भाव तिम्रो
कतिकति माना मुरी चाहना छ खात तिम्रो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चियाबारीमा गुन्गुनाएँ मैले

चियाबारीमा गुन्गुनाएँ मैले तिम्रो नाम फेरि
एकान्तले तर्साएर चिल्न लाग्यो घरीघरी ।

सिमसिम पानी जपेँ मैले तिम्रो नाम फेरि
विछोडले हप्काएर दागा धर्यो घरीघरी ।
बगैँचामा पसेपछि तिम्रो याद घरीघरी
फूललाई सोधेपछि तिम्रो साथ वरिपरि ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
PeshalAcharya

नागबेली चुल्ठो तिम्रो

नागबेली चुल्ठो तिम्रो निशाजस्तो केशराशी
मृगका झैँ आँखा तिम्रा दारिमजस्ता दन्त लहर ।

तिमी मेरो काव्य हौ म तिम्रो प्यारो कवि
अविरल लेखेँ मैले, तिम्रो–मेरो प्रेम गाथा ।
बारुले त्यो कम्मर तिम्रो सबल लामा हातहरू
गीतबाट, प्रीतबाट, संगीतबाट आउँछ बरु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आँखाबाट भाका बुझी

आँखाबाट भाका बुझी मुटुसम्म गएँ हजुर
परेलीमा बास खोज्दा एक्लो यात्री भएँ हजुर

भोटे ताल्चा मारेकी’थ्यौ सुकोमल दुई ओठमा
निरुद्देश्य भौंतारिएँ व्यथित भई आफ्नै चोटमा
पराइले फूल टिप्यो आज मेरै घरमा आई
मलिन भई हेरिराखेँ म पीडितपीडित भई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

स्रष्टा संवार्ता स्रष्टा खगेन्द्र गिरी कोपिलासँग

आजका बालबालिकाहरूको सपनाको संसार फराकिलो छ । विपनाको धरातल पनि रंगीन छ । उतिखेरको हाम्रो बाल्यकाल आध्यात्मिक र प्राकृतिक परिवेशले ओतप्रोत थियो, प्रेमिल थियो, सामाजिक थियो । आजका बालबालिकाहरू प्रतिष्पर्धाको भुङ्रोमा जल्दै जीवनको गोरेटो पहिल्याउन अभिशप्त छन् । आजका बालबालिकाहरूलाई भौतिकवादी परिवेशले थिचेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नामसारी

वार्ता वार्ता भन्दै
वार्ता गरिरहेछन्
वार्ताका लागि पनि वार्तै गरिरहेछन्
उफ ! आफ्ना लागि बोलीहरू
अर्काका लागि गोलीहरू
संक्रमण चियाएर
उदात्त नबन तिमी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

स्रष्टा वार्ता – जयबहादुर घिमिरे

१) अहिलेका आफ्ना छोराछोरीको बाल्यकाल र आफ्नो बाल्यकालमा केही समानता वा असमानता छन् कि बताइदिनुहोस् न ?
समानताको हकमा बालमनोविज्ञान पक्षका धेरै कुराहरूमा समानता छन् । चेतनाको हकमा वर्तमान युगका बालकहरू सुचना प्रविधिको विकासको कारण बढी चेतनशिल छन् । तर नैतिक शिक्षाको हकमा आफूभन्दा मान्यजन प्रतिको आस्था, देश प्रतिको नैतिक जिम्मेवारीको हकमा वर्तमान पिढिको अवस्था अत्यन्त दयनीय देख्छु म त ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •