राजु स्याङतान
नमेटिएको घाउ
मसँगै पढ्ने साथीहरू मध्ये सम्झना र गम्बे असाध्यै मिलनसार साथीहरू थिए । सम्झना डाँडाटोलको पुजारी ब्राम्मणको छोरी, मभन्दा दुई महिनामात्र दिदी थिई । उसको वुवा पञ्चेकालमा वडा अध्यक्ष थिए रे । जिल्लाको अड्डासम्म राम्रै पहुँच भएका नेता । समय अनुसार रंग बदल्न सिपालु सदावहार नेताको रुपमा गाउँलेहरूले बुझ्थे । गाउँघरमा दुःख, अनिकाल आईपर्दा गुहार्ने तिनै सम्झनाको घर थियो ।
अपरिचित मान्छे
उपत्यका बाहिरबाट काठमाण्डौंमा केही गर्छु भनेर आउनेहरूको लागि बाह्रमासे डिउटी हो कोठा खोज्नु । गाउघरमा लठेप्रोले जीवनसंगी सजिलै पाउला तर यहाँ कोठा पाउँन मुस्किल छ । बल्ल बल्ल पाए पनि विविध अड्चन झेल्नु पर्छ । करिव तीन हप्ता खोजेपछि बानेश्वर बुद्धनगरमा एउटा मध्ययम स्तरको कोठा पाएँ । घरबेटीले रंगरोघन गरे पनि बसौं लाग्ने भने थिएन । भान्साका टाटाहरू, कार्पेटको टुक्राटुक्री, नपल्टिएको भित्तपात्रो, चुरोटका ठुटाठुटी, फ्याँकिएको कपीहरू । यी नै थिए कोठाको शौन्दर्य ।
नमुना
म एमाओवादीको महाअधिवेशनमा भात पकाउन एउटा टेन्टबाट खटिएको थिएँ । मेरो काम भाँडा माझ्ने थियो । भाडा माझ्ने ठाँउबाट माओवादीको भाषण बेला बेलामा कानैमा गुन्जिन आउँथ्यो । दोस्रो दिन एउटा नारी आवाज वरपर गुन्जियो । कतै सुने सुने जस्तो, उक्त आवाज पछ्याउँदै गएँ । जति जति नजिक पुग्यो, त्यति त्यति परिचित लाग्न थाल्यो । भान्सेको परिचय पत्र देखाएर टेन्टको प्वालबाट स्टेजमा चिहाएँ ।
नदेखिएको घाउ
कपाल आधाउदी फुलिसकेको । झट्ट हेर्दा साठ्ठी वटा हिउँद त काटे बुढाले जस्तो लाग्ने । पूर्वको झापाली बुढा । सानैमा आमा बुवा बितेपछि ईन्डियामा ट्रकको खलासी बसेछन् । नेपालमा जनयुद्ध सुरु भएपछि बाँकी उमेर नेपाल र नेपालीको लागि अर्पण गर्ने भन्दै बुढा होमिए जनयुद्धमा । जनयुद्धमा साहिँला दाइको उपनाम पाए । घरको कुन चाहिँ भाइ हो उनै जानुन् । तर सबैले उनलाई साहिँला दाइ भनेर बोलाउँन थाले । यहाँसम्मकी उनीभन्दा दश बर्ष जेठो उमेरका साथीहरूले पनि उनलाई साहिँला दाइ भनेर बोलाउन थाले । जनमुक्ति सेनाको ब्यवस्थापकिय जिम्मेवारी समाल्थे बुढा ।
मेरी बैनी
“भाइ यो पत्र उसले लेखेको । सधै तिमीलाई देखाउछु भन्थी ।” एक जना अपरिचित दिदीले मेरो हातमा पत्र थमाईदिनु भयो ।
मेरो आँखामा उकुसमुकुस भएर कसैको बालापनको तस्विर नाचिरहेको थियो । वरिपरि नजिकका आफन्त साथीभाइहरू मेरो निमित्त सान्त्वनाका अमुल्य शब्दहरू खर्चिदै थिए । अक्सर मान्छेको जीवनमा घट्ने घटनाभन्दा पृथक घटना थियो त्यो । अपरिचित दिदीले थमाएको पत्रमा यस्तो लेखिएको थियो ।
धोका
“आधा घण्टा अगाडि ढोका ढक ढक गर्या थियो । अब फेरि गर्ने बेला भयो । सायद अब चाहिँ ढोका नै फोर्छ कि ? त्यो जुँगे नै आउन बेर छैन । कहाँ फँसियो यार । मेरो साथीहरू निदाएको बहाना गर्दैछन् । उ-उ- फेरि कोही आए जस्तो छ । हे प्रभु अब चाहिँ पक्कै आयो । भगवान प्लिज मद्दत गर । ए होईन रहेछ । अगाडि के के हुन्छ । थाहा छैन यति चाहिँ लेखिराख्छु । पछिलाई सम्झना हुन्छ ।”
