Skip to content

एक्लै जिएर हेरेको छु ,

तिम्रो आगमन नहुदा
एक्लै जिएर हेरेको छु ,
तिम्रो यादले निचोरिदा
त्यो भुल्न……..
नसा पिएर हेरेको छु !
तिम्रो साथ् नपाई यो मन फाड़दा
एक्लै बसी सिएर हेरेको छु ,
अर्कै बाटो तिमीले रोज्दा
एक्लै म जिएर हेरेको छु.
तिम्रो यादले निचोरिदा
त्यो भुल्न……..
नसा पिएर हेरेको छु !
……….!!
राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *