अनायसै एकान्तमा एक्लै रुनु पर्यो
तिम्रो आँसु पुछ्या रुमाल मैले धुनु पर्यो
संप्राप्तिको फूल टिप्न यात्रा सुरु गर्दा
घाम हैन जुन हैन तारा छुनु पर्यो
तिम्रो मुटु खोतलेर हेर्दा पाएँ चाल
मेरो माया राख्ने ठाउँ कोल्टे कुनु पर्यो
ध्येय पनि यस्तो छ कि मेरो घाँटी कस्ने
डोरी, तिम्रै चौबन्दीको छड्के तुनु पर्यो
फूल हैन उपहार दियौ पातै पात
त्यै पातमा झुक्किएर यौटा मुनु पर्यो
नचाहँदा-नचाहँदै बाध्यताले गर्दा
भित्री इच्छा मरेपछि तिम्रै हुनु पर्यो
एकान्तमा आज किन एक्लै रुन पर्यो
तिम्रो आँसु पुछ्या रुमाल मैले धुनु पर्यो ।
हाल ः नेपाल बैंक लिमिटेड
सिटी अफिस, विरानटगर
