Skip to content

छन्द कविता

राष्ट्रकवि माधवप्रसाद घिमिरेप्रति

धरतीशिर हिमालबाट सभ्यता फैलेको
वीरका छोरा नेपाली आज खै किन वैलेको?

राष्ट्रका कवि माधव तारा मुटुमा धड्केर
काँगडा टिष्टा सँकेत गर्थे हेरौन फर्केर

MediniPrasadSharma

गर मङ्गल रक्षण

अधिक मासका साथ, प्रमादी नाम संवत
नाम सार्थक पार्दैछ, देखाई शक्ति वर्कत ।।
कोरुना रूप दावाग्नि, लागेको छ भवाटवी
पुटपाक भएको छ, उत्साही भावना दवी ।।१।।

दैवी प्रकोप भू-कम्प, बाढी पैह्रो र कोरुना
गन्तव्यस्थलमा पुग्न, चलेका यात्रु वाहन ।।
भई दुर्घटना कोही, भएका छन् हताहत
कोही गम्भीर घाईते, भए कोही दिवंगत ।।२।।

जस्को कतै घरै छैन

जस्को कतै घरै छैन, धमिरा कहाँ बस्छ र ?
प्रेमी जस्को छँदै छैन, वियोग कहाँ हुन्छ र ?

ज्यान ज्ञान झिनो नै छ, कसरी बज्छ बाँसुरी ?
जस्को त ब्याग नै छैन, सुको नै पस्छ के गरी ?

ध्यानमा मग्न नैआत्मा, अशान्त हुन्छ के गरी ?
गन्दगी नै जहाँ छैन, झिँगा बस्छ त के गरी ?

कृषकको अनमोल उपहार

हरियो भरिलो बारी, सागपात अपार छ !
स्वास्थ्य बर्धक हो खाद्य, अत्यन्त अनमोल छ !

करेलो कुरिलो फर्सी, बोडी सेंबी टमाटर ,
अदृश्य बस्तु को कृपा , प्रभू अर्को कुनै छर ?

घ्यूफल कागती पाके, झुंण्डिई लटरम्म छन्,
झुमेका वायुका साथ, मकैका पात रम्दछन् !

पत्नी

भुल्ने साझ र रातमा क्षितिजका तारा नियाली किन ?
पोल्ने यो मन,को पकाउछ ?भनी तर्कन्छु रातों दिन ।
बाढी आउछ यो अतीत दिलमा पौडन्छु गंगा सरी ।
हाँस्ने दिक्क हुदा सँधै घरिघरी सम्झेर ती निर्झरी ।।१।।

विद्वान अब लौ भन ?

कोरोना भन्छ टाढा जा, हुन्न छुन कसै कन,
छोइएमा नुहाएर, बस शुद्ध बनी कन !

छुवाछूत निषेधै हो, हुन्छ छुन सबै जन,
भन्छ कानून केगर्ने, विद्वान अब लौ भन ?

पिता

म पाँच वर्षको हुँदा बुबा भनेर चिन्दथें
समुद्र भित्र प्रेमको डुवेर स्नान गर्दथें
म ढुक्कले जहाँ तहाँ घुमेर खेल्न सक्दथेँ
जहाँ विपत्ति आउदा पिता भनी पुकार्दथेँ।१।।

हजूरबासँगै म वस्तुहेर्न खूब धाउँथे।
सिकेँ अनेक ग्रन्थ पङ्क्ति छन्दमा म गाँउथे
सुने कथा अगाडिका विपत्तिका र हर्षका
अनेक यत्न पुत्रका, चरित्रका सुमार्गका।।२।।

BSNirab

कोभीड युद्ध

जप्दै अहिंसा अब बुद्ध मान्छे
लड्दैछ तेस्रो नव युद्ध मान्छे
न शस्त्र अस्त्रै न त बारुतै छ
विषाणु लड्ने पथ मारुतै छ ।।१।।

मारेर हाँसो डरको कजाइँ
पारेर पाशो यमको रजाइँ
विषाणु त्यो को भीड नाच हेर
नाच्दैछ सिङ्गो जग–मा–र–मेर ।।२।।

सम्झनामा उदायौ

प्यारी मेरी हृदय सरसा प्रेमको ताज लायौ
खैची शोभा प्रकृतिभरको मोहनीमा भुलायौ
छाती भित्रै कुटिल नखरा चक्रचाली जलायौ
उर्जा भर्दै शुरभि चपला सम्झनामा उदायौ। ।

हे पिता (२)

सम्झून् सन्ततिले नित्य पिताको मुखमाधुरी
आफ्ना सन्ततिका लागि मुटु बाँड्छन् बरोबरी ।।

कसैको तुलना हुन्न आमाका ममतासँग
आमामा ममता हुन्छ स्नेह हुन्छ पितासँग ।।

आत्माज्ञान

राम्रो कुरा मात्र सिकेरआऊ
खराबका सङ्गतमा नजाऊ
माझेर आत्मा अझ शुद्धपार
पाइन्न यो जीवन बारबार ।।१।।

शोचेर मात्रै नित कामगर्नू
खरावको सङ्गत नै नगर्नू
गल्ती कतै हुन्छ भने समाऊ
मीठो नमीठो सब खाद्य खाऊ ।।२।।

देशको भावना (पञ्चचामर छन्द)

बनेर भाव देशको तरक्क आँशु भेलझै
विहानी फुल्छ कोपिला सजाइ राख्नु दीलमै

चिरेर खान्छ देश ऊ थिचेर जाल प्राणकै
चुसेर रम्छ शीरमा अनेक दाउ सम्झदै

शुखी रहुन् सवै जन

शुखी रहुन् सवै जन
@@@@@@@@

रवि शशि हेर्दै पद्म, चौरासी वर्ष लाग्दछ ।
पाउ अष्ट चिरन्जिवी, दण्डवत् पनि गर्दछ ।।

वेद मन्त्र गरी पाठ, योगादि ध्यान गर्दछ ।
शुख शान्ति विश्वको, कामना आज गर्दछ ।।

पवन जल आकाश, संयुक्त थल तेज छ ।
निर्मित तन हाम्रो यो, पक्कै त्यस्तैज हुन्छ त ।।

रवि शशि दिउन् राम्रो, उच्च प्रकाश सर्वदा ।
सरस्वती दिउन् ज्ञान, हरुन् सवै अज्ञानता ।।

गणेश लेखनी राम्रो, दिउन् अक्षर लेख्न नै ।
याज्ञबल्क्य आदेश, कसै हुदैन बिर्सनै ।।

अष्ट चीरीन्जिवीसित, आशिष मागीकन ।
छ आशीर्वाद बान्धव, सम्पूर्ण बन्धुमा मन ।।

विश्व मानवको शान्ति , कामना दीर्घजीवन ।

गुरु पूर्णिमा

दमौलीको नदी मादी, पारि जान परासर,
डुँगामा चढ्न लागेका, जान्छु भनी सरासर !

डुँगा थियो चलाएकी, माझी पुत्री त यौवना,
थियो आईरहेको नी, सुगन्ध मत्स्य बासना ।

मेरो देश

हिमालको सुशोभना, छ अन्त खै कहिँ कतै
पहाडको तारुण्यता छ विश्वमा कहिं कतै
अर्पूव छ स्वदेश यो जहाँ तहाँ जता ततै
तिमी मभित्र नै यतै लुकेकोछौ जहाँ जतैं ।। १।।

जन परिश्रमी सदा छ उर्वरा मधेशको
र मोहनी, छटा, मनै हुरुक्क विश्वकाे
सबै पवित्र सन्तति यो देशका सबै मणिऽ
उठौं जुरुक्क भै सबै विकासको छ यो घडिऽ ।।२।।

प्रवास र अनुभव

लहडको बालपन त्यहीँ बित्यो माटोसँगै रमाई
प्रकृतिसँगै खेल्दै लुकामारी किशोरवय बिताई
सप्त सिन्धु कयौं योजन पारी कर्मले डोर्‍यायो
गन्ध मिठो थ्यो आफ्नै भूमिको भाग्यले छुटायो

सुखमा भुले नि सबै त्यागे पनि झनझनै पर पर
प्रवासमा जिउनेलाई सोध है देश माटाको प्यार
दुख्दछ कति कति पीडा हुन्छ झनै प्रवासीलाई
थाकेको बेला खोज्दा काहाँ पाउँछ प्रियसीलाई

कसरी याद नआउला है प्यार आफ्नी आमाको ?
कसरी याद नआउला आफ्नो यो जन्मभूमिको ?
गन्ध त्यो सुगन्ध माटाको नै को बिर्सन सक्छ र ?
दुःखमा कस्ले दिन्छ प्रवासमा माया आमा सरह

२०७७/०३/३ गते

सानेको सानो व्यापार छ है

गाह्रो साह्रो उधारो चलेको चलन छ है रीति
पालो पैँचो मिलेमतो छ गज्जबको संस्कृति
भावनामा साने दिवास्वप्नमा रमेको छ अति
सानेको सानो व्यापार छ है त्यसैमा समृद्धि

जो जसलाई जे जे चाहियो उधारोमा लग्यो
मस्तको व्यापार छ साने समृद्धि अब जाग्यो
टन्नै खान पुग्दछ भन्छ गर्न मनोरञ्जन पनि
सानेको सानो व्यापार छ है उ खुसीसुखी नि

जम्मै पार्दछ थरी थरीका सामान नौला नौलो
देख्छ साने भविष्यमा उस्को व्यापार सुनौलो
ढाक्रे लगाउँदछ बोक्न सामान खोजी खोजी
सानेको सानो व्यापार छ है मस्तको जिन्दगी

२०७७/०३/३ गते

आफ्नै लाग्दैछ प्यारो

कोही छैनन् मर्म बुझ्ने कतै कतै आफ्नै भन्ने त कतै
कोही छैनन् कर्म बुझ्ने कतै आज खान भन्ने त यतै
मेरो देशको सद्भाव करुणा सामिप्यता जो थियो
आफ्नै लाग्दैछ प्यारो हिम चुचुरा नभन्नु है बिर्सियो

फक्रदै फुल्छ हराभरा मनमा लालित्यको जिन्दगी
निस्की हिम पहाडबाट सिंचित गर्छिन् सरिता बगी
आएरै यतैछु प्रदेशमा कर्म थलो यहीँ नै बन्यो मेरो
आफ्नै लाग्दैछ प्यारो फाँट हरिया नभन्नु है बिर्सियो

समथल छ मधेश फाँट हरिया पहाडका वनजङ्गल
हिम चुचुरा छन् उत्तरैबाट बग्दछिन् सरिता कलकल
रसिलो त्यो जल सम्झे सम्झन्छु बालपन जो बित्यो
आफ्नै लाग्दैछ प्यारो साह्रै समाज नभन्नु है बिर्सियो

नेपाल नौलो भयो

भाषा भेषभुषा समस्त जगमा संस्कार भिन्नै सुने
खोजे अन्त कतै मिलेन समता हाम्रा यि जस्तै हुने
मान्छेको मनमा छरेर ममता सम्बन्ध गाँस्दै लयो
जाती वर्ण अनेक धर्म रहने नेपाल नौलो भयो

पूराना मठ मूर्ति अद्भुत बने पाइन्न अर्को नयाँ
गुम्बा मन्दिरले पुरै छ भरिलो यो सिद्ध संसारमा
मेरो देश विशाल भूचित्र भित्रै आकार सानो छयो
शिल्पी हात कुँदेर विश्व चिनियो नेपाल नौलो भयो

हावामा मिसिँदा खुला प्रकृतिको वास्ना र उन्मादता
चुम्ने डाह गरी उडेर भमरा चाहार्छ कान्ला गरा
फिर्दा मास रुपै बदल्छ ऋतुले साया लुकाई गयो
सारा सृष्टि समष्टि संगम थलो नेपाल नौलो भयो

रोप्दा धान किसान खेत तलको भाका झिकी गाउँदै