Skip to content

पुस्तक/कृति समीक्षा

“साने” वैदेशिक रोजगारको आजको सान्दर्भिक ऐतिहासिक काव्य

परिचय–
‘साने’ नारायणप्रसाद मरासिनीले २०५६ सालमा प्रकाशन गरेको खण्डकाव्य हो । वास्तवमा २० वर्ष पहिला लेखिएको यो खण्डकाव्यले दिएको सन्देश यो देशको वर्तमान परिस्थितिमा पनि त्यत्तिकै सान्दर्भिक छ जति त्यस समयमा थियो । यस खण्डकाव्यले राष्ट्रले दिन नसकेको रोजगार र समाजमा हुने गरेका सामिाजिक शोषण, गरिबीले थिचिएका जनताका छोराछोरीहरू विदेशिन बाध्य हुन परेको यथार्थतालाई बोकेको खण्डकाव्य हो । समाजका गतिविधि समाजले भोगेका यथार्थ भोगाइ, काव्यकारले गरेको स्थान विशेषको अनुभूति नै साहित्यमा समाहित भएर आउने हुन् ।

संगीतको आभास

‘‘यो संगीतको आभास कवितासङ्ग्रह स्वच्छन्दता वादी काव्यशिल्पको उपयोग गरिएको अप्रवासी स्वरमा प्रकृतिको चित्रण गरिएको काव्य हो’’–होमनाथ सुवेदी ।

म भन्छु साहित्य मेरो मुटुहो । मुटुको प्रत्येक स्पन्दन मेरा कविता हुन् । यसैको परिपूर्णता नै मेरो साहित्यको तीर्खा मेटाउने माध्यम हो– गंगा लिगल

एक मुठ्ठी बुकी फूल

क्या राम्रो आवरण तस्विरमा लीला रानाको हातमा एक मुठ्ठी बुकी फूलको दृश्यले निकै आकर्षित पार्दछ र कृतिलाई हेरौं हेरौं लाग्छ अनि पढौं पढौं लाग्छ । ‘साहित्यिक यात्रामा लीला’ कृतिबाट कृतिकारको रूपमा चिनिएकी लीला, ‘मेरो फूलबारी’मा सुन्दर फूलका बिरुवा रोप्दै, आजआएर ‘एक मुठ्ठी बुकी फूल’मा रमाएकी छन् ।

गंगाका गजलमा भावस्नान

‘गजलमा अत्यावश्यक पर्ने शिष्ट कोटिको तीक्ष्ण शृङ्गार र तिरोहित व्यङ्ग्य मन मोहक छ’ –शिवप्रसाद सत्याल ‘पीठ’

‘गंगाका गजलमा घरदेशको पीडा र प्रदेशको हाँसोसम्म जन्मभूमिको आह्वान र कर्मभूमिको कर्तव्य जोडिन पुगेको छ । यसैले सगरमाथाको हिउँखोली बगेर समुद्रतलमा पुगेको अनुभूति गंगाले गरेकी छन् ’–गोवर्धन पूजा

गंगा–जेसिका–बहस

“जहाँ सृष्टि छ, त्यहाँ कथा अवश्य छ”–गंगा लिगल

‘जेसिका’ गंगाजीको सत्रौ कृति हो र कथासङ्ग्रह चाहिँ दोस्रो हो । पहिलो कथासङ्ग्रह ऐना हो तर ऐना भने मेरो हातमा पर्न सकेन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज दह्युस्टन च्याप्टर, टेक्सासले प्रकाशन गरेको यो कथासङ्ग्रहमा १४ ओटा कथाहरू समावेश गरिएका छन् । कृतिलाई ‘देशविदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ, दिदी बहिनीहरूमा सादर समर्पण’ गरिएको छ ।

शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन

शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन विषयक समलोचना कृतिको समालोचक राजेन्द्र पहाडी हुनुहुन्छ । यो किताब ७४ +१८=९२ पृष्ठको छ मूल्य संस्थागत २००/– र व्यक्तिगत १००/–भएको यो किताबको प्रकाशन गुप्तेश्वर बहुउदेशीय पुस्तकालयले गरेको छ । प्रस्तुत कृर्तिलाई सर्सर्ती अध्ययन गरेपछि सारसंक्षेप्तमा के भन्न मन लाग्छ भने राजेन्द्र पहाडीले जुन प्रयास गरेका छन् त्यो प्रयासको प्रशंसा नगरी बस्न सकिन्न ।

गंगा लिगल र सखी– वियोग खण्डकाव्य

आमुख–
पाल्पा, श्रीनगरको काखमा बसेको एउटा सुन्दर साथै ऐतिहाँसिक जिल्लामा जन्मेकी गंगा लिगलको साहित्यिक व्यक्तित्वको बारेमा मैले धेरै चर्चा गरिसकेको छु । तिनै कुराहरू मैले यहाँ दोहोर्याउन चाहाँदिन । उनको कविताको फुरन कसरी थालनी भयो ? यस प्रश्नको उत्तर खोज्दा पाल्पाको प्राकृतिक सुन्दरता, उनको बाल्यकाल र सधैं एकै साथ खेल्ने मिल्ने एउटी बालसखाको चित्रण हुनु आवश्यक देखिन्छ ।

इन्द्रकुमार विकल्प मुक्तकमा नौलो प्रयोगमा रमाउँदै

इन्द्रकुमार विकल्प नेपााली साहित्य जगतमा एउट चर्चित नाम हो । सम्झनाका डोवहरू कवितासङ्ग्रह (२०४४) सालमा प्रकाशन गरी कृतिकारको रूपमा देखिएका साहित्यकार इन्द्रकुमार विकल्पले आफ्नो साहित्य साधनालाई तीब्रगतिमा अघि बढाउँदै मनका रङ्गहरू मुक्तकसङ्ग्रह, २०७५सम्म आइपुग्दा उनका १० थान कृतिहरू बजारमा आइसकेका छ्न् । कृति प्रकाशनको हिसावले हेर्दा विकल्पका हात कविता, कथा, उपन्यास, मुक्तक, हाइकु जस्ता विधामा समान रूपमा उत्कृष्ट धारणा सहित चलेको देखिन्छ र उनमा लेखन शक्ति तीब्र भएको मान्न सकिन्छ ।

मानवीय सहानुभूतिका कविता सञ्चयन : ‘चिबोकका केटीहरू’

चालीसको दसकमा नेपाली कविता साहित्यमा दह्रो उपस्थिति जनाउँदै सशक्त कलम चलाएका र हालका दिनमा लेखनयात्राको केन्द्रबाट केही पाश्र्वमा रहेका बताइने कवि हिक्मत थापाद्वारा लिखित ३६ वटा कविताहरूको सञ्चयन ‘चिबोकका केटीहरू’ हालै बजारमा आएको छ ।

विना खल्लाखल्ला सो कृतिको गत असोज २७ गते एक कार्यक्रमका बीच काठमाडौँमा लोकार्पण गरियो । लोकार्पण कार्यक्रममा एन्आर्एन् पूर्व अध्यक्ष तथा नियात्राकार जीवा लामिछाने, कवि शैलेन्द्र साकार र कविका पिता तथा आख्यानकार गगनसिँह थापाले कृतिको संयुक्त रूपमा लोकार्पण गरे ।

‘तीन युग एक कथा’, महाकाव्य : एक संक्षिप्त विवेचना

वि.सं २००३ साल साउन १ गते तदनुसार १५ मार्च सन् १९४७ मा पर्वत जिल्लाको साविक शंकरपोखरी गा.वि.स.को नुवार गाउँमा पिता कलाधर रिजाल र माता नन्दकली रिजालको कोखबाट जन्मिनुभएको हो वरिष्ठ साहित्यकार सदानन्द अभागी। कविता, कथा, उपन्यास, गजल, मुक्तक, नियात्रा आदि विभिन्न विधाका थुप्रै साहित्यिक कृतिहरूका साथै माटोलगायत कृषिसम्बन्धी वैज्ञानिक कृतिहरू प्रकाशित गरिसक्नुभएका सदानन्द सरकारी सेवाबाट निवृत्त भई साहित्य साधनामा निरन्तर लागिरहनुभएको छ।

सेतो सुनखानी कविता सङ्ग्रह नियाल्दा

गंगा लिगलको ‘सागर पारि’ कवितासङ्ग्रहको अध्ययन गर्दागर्दै शम्भु अर्यालको ‘सेतो सुनखानी’ पढ्ने समय जुरेछ। यो ‘सेतो सुनखानी’ कवितासङ्ग्रह मलाई शम्भुजीले यही कार्तिक ७ गते ज्याग्दीखोला साहित्य प्रतिष्ठानले आयोजना गरको बृहत् हरिनाश साहित्य सम्मेलनको अवसरमा हरिनाश कार्यक्रम स्थलमै समीक्षार्थ प्रदान गर्नुभएको थियो। अध्ययनमा कस्तो संयोग मिलेको होला दुवै कवितासङ्ग्रहका कविहरूको मन नेपालकै मायाममता, नेपालकै प्राकृतिक, सांस्कृतिक,आर्थिक सामाजिक,धार्मिक स्मरण र नेपालकै विकासको लागि तड्पिरहेको पाइयो।

गंगा लिगलका सागर–पारि कविता सङ्ग्रहमा डुबुल्की मार्दा

‘खास गरी मलाई साहित्य विधामा कविता असाध्यै मन पर्छ। तसर्थ म भन्ने गर्छु ‘‘ साहित्य मेरो प्राण हो। कविता मेरा हृदय स्पन्दन हुन् ’’। मेरा रोम रोममा कविता स्फुरण भइरहन्छ। कवितालाई म आफ्नो जीवनसंगी पनि भन्ने गर्दछु। यो विनाको मेरो जीवन निरस ठान्दछु। ’ यी उद्गार/ प्रतिबद्धता हुन् गंगा लिगलका। यी प्रतिबद्धताको प्रमाण हुन् उनका प्रकाशित कृतिहरू र फेसबुकमा निरन्तर प्रसारण गरिएका उनका विविध कविताहरू। उहाँले मलाई उहाँका विविध विधाका ११ कृतिहरू समीक्षाको लागि पठाउनु भएको र यी कृतिहरू क्रमस पढ्दैजाने क्रममा ‘सागर–पारि’ कविता सङ्ग्रहमा पुगेको छु।

जीवन सोच र समय

रिद्वीकोट गाउँपालिका –४ पाल्पामा जन्मेका पिता हिक्मतराज ज्ञावली र माता मीना ज्ञावलीका पुत्ररत्न राम ज्ञावलीजीले साहित्यकार कृष्णादेवी शर्मा श्रेष्ठ मार्फत हार्दिकताको साथमा पठाउनु भएको जीवन सोच र समय(निवन्धसङ्ग्रह) हात लाग्यो। समय र स्थानलाई भूले पनि कार्यक्रममा साक्षात्कार भैसकेका एक होनहार युवा जस्ले नेपालीमा एम.ए. एम.एड शैक्षिक योग्यता हाँसिल गरेका छन् र शिक्षण पेशा अङ्गाली भावी देशका कर्णधार उत्पादनमा लाग्दै नेपाली साहित्य सेवामा समर्पित भएका छन् को यस्तो गहनकृति अध्ययन गर्ने मौका पाउँदा खुसी लाग्नु स्वभाविक हो।

अभागीका मुक्तकहरू भाग्यमानीको हातमा

पिता कलाधर रिजाल, माता नन्दकला रिजालको छोरा सदान्द रिजाल १५ मार्च १९४७ पर्वत जिल्ला शंकर पोखरी गा. वि. सं. नुवार भन्ने ठाउँमा जन्म भएको हो। विक्रम सम्वत् २०१२ सालदखि साहित्य सृर्जना कार्यमा लाग्नुभएको आज पर्यन्त धेरै कृतिहरू पस्कन सफल हुनुभयो। तर एउटा कुरा भन्न कर लाग्यो नामको पछि टाइटल अभागी किन लेख्नुभयो लेखकलाई प्रश्न ? उहाँको कृतिहरू स्तरीय उच्च स्थानमा हेर्न सकिन्छ सफल साहित्यकारको टाइटल आभागी कसरी भयो। उहाँ त भाग्यमानी हुनुहुन्छ हामी दुलियाजानमा भेट भएको समयमा कृति साटासाट गरेका थियौं।

मेरो मनभित्र घोत्लिँदा

साहित्यिक क्षेत्रमा सरोज उजाडले चिनिने व्यक्तिको वास्तविक नाम टंकप्रसाद काफ्ले हो । माता धर्मदेवी काफ्ले र पिता टीकाराम काफ्लेका सुपुत्र सरोजको जन्म साविक पिठौली गा.वि.स वार्ड नं २मा भएको थियो । पेशागत रूपमा उहाँ एक अध्यापक हुनुहुन्छ अध्यापनमा मात्र सीमिति नभएर उहाँ एक बहुमुखी प्रतिभाका धनी हुनुहुन्छ ।स्नातकोत्तर (नेपाली) शिक्षा हाँसिल गरेका सरोज उजाड एउटा होनहार युवा साहित्यकार पनि हुनुहुन्छ । काँचुली हवाई पत्रिका पाल्पामा विसं २०५४मा मुक्तक लिएर उदाएका सरोजको कविता, गजल, कथा, उपन्यास, हाइकु, मुक्तक र गीतमा पनि आफूलाई चिनाउन सफल देखिन्छन् ।

गंगा लिगल र गंगाजल

अतराष्ट्रिय नेपाली साहित्य समाज ह्युस्टन च्याप्टरकी संस्थापक अध्यक्ष गंगा लिगल नेपालको ऐतिहासिक थलो पाल्पा तानसेनमा जन्मिएर सिद्धार्थनगर, भैरहवालाई स्थायी बसोबास बनाई हाल ह्युष्टन,टेक्सास,अमेरिकामा बसी नेपाली साहित्यमा आफूलाई पूर्णरूपमा समर्पण गर्नुभएको छ । विविध विधामा करिब दुई दर्जनजति कृतिहरू पस्किसक्नुभएको छ । तीन जर्दनको हाराहारिमा पुरस्कार र सम्मानले विभूषित भै सक्नुभएको छ ।

20180818_PrakashDipsaliRai-01

युद्धले भुलेको बाँकी युद्ध’ लड्ने साहसी कवि सुजन सेलिङ् 

लगभग २०६९ सालदेखि पाँचथरका श्रष्टाहरूसँग निक्कै हिमचीम बढाइयो । जो अहिले पनि निरन्तर छँदै छ, यसको मतलब सबै जनासँग भने हैन । किनकि त्यहाँका धेरैलाई त व्यस्तता वा आफ्नै कारणले भेट्न र हिमचिम बढाउन पाएको छैन । मैले जानेको त्यहाँ नेपाली साहित्यको प्रयोगको अथाहा भण्डार हो । उत्रवर्ती सोच, रंगवाद नै भनौं अनि त्यहाँका श्रष्टाहरू साह्रै क्रियाशील छन् । उनीहरू जहाँ जहाँ हुन्छन् आफ्नो सक्रियता देखाई हाल्ने । पछिल्लो पल्टका आयामहरूमा पनि प्राय उनीहरूकै संग्लग्नता रहेको छ । तेश्रो आयामदेखिकै कुरा गर्ने हो भने पनि बैरागी काईला, शृजनशील अराजकतावादी धार हाङयुग अज्ञात, उपेन्द्र सुब्बा तथा सर्जकहरूले आफू जहाँ रहे पनि पाँचथरको माटोलाई मलिलो बनाउने काम सदा गरी नै रहेका छन् । सँगै त्यहाँबाट प्रकाशन भएका कृतिहरूले बजार तताउने गर्दछन्, जसरी पछिल्लो पल्ट राज माङलाकको लिम्बुनी गाउँ कविता कृति मदन पुरस्कारको उत्कृष्ट ८मा पर्दै यो बेला चर्चाको शिखरमा छ । लाग्छ, सायद यो बेला समाजिक सञ्जाल सञ्चार माध्यम भरी यसकै चर्चाले भरिएको छ ।

रेखाभित्रका रेखाहरू

सुरेश कार्की ढोली चक्करघट्टी बजार, सुनसरीमा २०२९साल ११ महिना ५ गते बुबा स्व. जहाानसिंह कार्कीढोली र माता स्व.पवित्रा कार्कीढोलीका पुत्र रत्नको रूपमा जन्म लिएका थिए । सुनसरीका अक्षरहरू(गजलसङ्ग्रह, २०७३) र रेखाभित्रका रेखाहरू (गजलसङ्ग्रह, २०७४) बजार।मा ल्याइसकेका सुरेश कार्कीढोलीले गजलमात्र नभएर गीत, कविता, मुक्तक र कथा लेखनमा पनि रुचि राख्दछन् । उनको लेखनप्रतिको प्रतिबद्धतालाई देखेर पल्लव साहित्य प्रतिष्ठानले आजीवन मानार्थ सदस्यबाट विभुषित गरेको छ ।

टीका ढुङ्गेलको यात्रा संस्मरण सर्सर्ती पढ्दा

दुलियाजान कला–साहित्य मञ्च, असम, भारतद्वारा ३१ मार्च र १ अप्रेल २०१८मा आयोजित अन्तर्राष्ट्रिय नेपाली साहित्य समारोहमा टीकाढुङ्गेलसँग यात्रा स्मरण कृति सहित साक्षात्कार हुने सौभाग्य मिल्यो । यसै अवसरमा टीकाजीले यात्रा स्मरण उपहारस्वरूप प्रदान गर्नुभयो । साहित्यिक क्षेत्रका टीका ढुङ्गेलको प्रचलित नाम टीकाराम शर्मा ढुङ्गेल हो । उनका माता–पिताको नाम स्व.नरमाया ढुङ्गेल/स्व. महानन्द ढुङ्गेल हो । उनको जन्म ११ अगस्त १९६८मा साङ छलमाथाङ पूर्व सिक्किममा भएको थियो । हाल उहाँ नेपाली साहित्य परिषद् सिक्किममा कार्यरत हुनुहुन्छ । उहाँ प्रदीपिका, पूर्वधार र तीन थूम्का नेपाली साहित्यिक पत्रिकाहरूको संस्थापक हुनुहुन्छ ।

‘जीवन एक : सङ्घर्ष अनेक मोड’ फरक क्षमताको जोश

अमेरिकामा एकताका १६ पेजको कमन सेन्स किताबले देशै हल्लाएको थियो । त्यही किताबका कारण अमेरिकीहरू बेलायतीहरूको उपनिवेशबाट सदासदाका लागि मुक्त भएका थिए । मानवको सर्वप्रिय खोजी नै मुक्ति हो । मुक्तिका लागि संसारका सबै मानिसहरू अहोरात्र लागेका छन् ।

सन्दर्भ यतिखेरको पुस्तक छ –‘जीवन एक सङ्घर्ष अनेक मोड’ । यो पुस्तक एकजना फरक क्षमताका भाइले लेख्नुभएको हो । वहाँलाई स्पानल कड इन्जुरी भएको छ । रोग मानिसको चाहना कवै होइन । रोग बाध्यता वा दुर्घटनाका कारण हुन्छन् ।