“साने” वैदेशिक रोजगारको आजको सान्दर्भिक ऐतिहासिक काव्य
परिचय–
‘साने’ नारायणप्रसाद मरासिनीले २०५६ सालमा प्रकाशन गरेको खण्डकाव्य हो । वास्तवमा २० वर्ष पहिला लेखिएको यो खण्डकाव्यले दिएको सन्देश यो देशको वर्तमान परिस्थितिमा पनि त्यत्तिकै सान्दर्भिक छ जति त्यस समयमा थियो । यस खण्डकाव्यले राष्ट्रले दिन नसकेको रोजगार र समाजमा हुने गरेका सामिाजिक शोषण, गरिबीले थिचिएका जनताका छोराछोरीहरू विदेशिन बाध्य हुन परेको यथार्थतालाई बोकेको खण्डकाव्य हो । समाजका गतिविधि समाजले भोगेका यथार्थ भोगाइ, काव्यकारले गरेको स्थान विशेषको अनुभूति नै साहित्यमा समाहित भएर आउने हुन् ।

चालीसको दसकमा नेपाली कविता साहित्यमा दह्रो उपस्थिति जनाउँदै सशक्त कलम चलाएका र हालका दिनमा लेखनयात्राको केन्द्रबाट केही पाश्र्वमा रहेका बताइने कवि हिक्मत थापाद्वारा लिखित ३६ वटा कविताहरूको सञ्चयन ‘चिबोकका केटीहरू’ हालै बजारमा आएको छ ।
वि.सं २००३ साल साउन १ गते तदनुसार १५ मार्च सन् १९४७ मा पर्वत जिल्लाको साविक शंकरपोखरी गा.वि.स.को नुवार गाउँमा पिता कलाधर रिजाल र माता नन्दकली रिजालको कोखबाट जन्मिनुभएको हो वरिष्ठ साहित्यकार सदानन्द अभागी। कविता, कथा, उपन्यास, गजल, मुक्तक, नियात्रा आदि विभिन्न विधाका थुप्रै साहित्यिक कृतिहरूका साथै माटोलगायत कृषिसम्बन्धी वैज्ञानिक कृतिहरू प्रकाशित गरिसक्नुभएका सदानन्द सरकारी सेवाबाट निवृत्त भई साहित्य साधनामा निरन्तर लागिरहनुभएको छ।