कथा

विद्रोहको रात

आज धर्ती दुख्यो । माटो दुख्यो । बैरी हावाको कुत्सित मनसायले आफ्नो अधिकार ! अधिकार ! भनी भजाएर साम्प्रदायिकता हुल्याइरहेछन् । स्वाभिमान भनी मनको टुटुल्को उठ्ने गरी गिजोलिरहेछन् । सबैलाई एकजुट हुन दिन उनीहरु कहिल्यै चाहँदैनन् । चेतनाको प्रवाहलाई विजोग बनाउनु नै शासकहरुको रणनीति भइरहेको छ । कहिल्यै भाषिक अधिकार भनेर जनाताहरु विभाजित हुन्छन् अनि त उनीहरु दङ्ग हुन्छन् । त्यस्तै कहिल्यै प्रादेशिक अधिकार भन्दा पनि उनीहरु झन् दङ्ग हुन्छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
DhamalaBhattarai

दाइजो

त्यतिबेला हामी सानै थियौँ । हाम्रो गाउँमा एक जना अधवैंसे मान्छे साइकलमा टीका–धागो बेच्न आउँथे । उनी आफ्नो पुख्र्यौली घर सप्तरी जिल्ला बताउँथे । झापातिर व्यापार गर्न आएको भन्थे । उनलाई हामी सम्मानले ‘भैया’ भनेर बोलाउँथ्यौँ । तर, बुबाले उनी तिमीहरूभन्दा ठुलो मान्छे भएकाले काका भनेर बोलाउनुपर्छ भन्नुहुन्थ्यो । हामीले काका भनेर बोलाउँदा उनी एकदमै बुढो भएको अनुभव गर्थे । हाम्रो भाषामा दाजुलाई ‘भैया’ भनेर बोलाइन्छ, त्यसैले तिमीहरूले मलाई भैया नै भनेर बोलाउनु भन्थे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
PrabhatSubedi

रहस्यमय जीव (विज्ञान कथा)

ब्रह्माण्ड धेरै ठुलो छ । ब्रह्माण्डभित्र धेरै रहस्यमय कुराहरू लुकेका छन् । ब्रह्माण्ड आफैं एक रहस्य हो ।.यसको अन्त छैन । यो अनन्त छ । ब्रह्माण्डभित्र अनन्त आकाशगंगा अनन्त ग्रहहरू र असीमित ताराहरू छन् तर हामी केवल एउटा ग्रहको बारेमा जान्छौं, जसमा जीवन छ । हो यो पृथ्वी हो । तर अन्य ग्रहहरू पनि छन् जुनमा जीवन हुनसक्छ ।

यो ३०औँं शताब्दी हो । यहाँको प्रविधि एकदम उन्नत छ । यस युगमा व्यक्तिले हातले काम गर्नुपर्दैन । सबै कामहरू तिनीहरूका सहायक रोबोटहरूद्वारा गरिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रारा र चन्दन

२०४६ सालको बहुदल घोषणापछि राजनीतिक पार्टीहरूको राजकाज सुरु भयो । प्रायः राजनीतिज्ञहरू आफ्नो सङ्घर्षको बदलामा राजसी सुखभोगमा लिप्त भए । सायद भागबन्डा नमिलेको हुनसक्छ, तर केही राजनीतिज्ञहरूले आफ्नो लक्ष्य देश बनाउनु र जनताको जीवन स्तर उकास्नु हो भनेर बाउँटिए । तिनले दुर्गममा पसेर माओवादको नाममा सशस्त्र सङ्घर्ष सुरु गरे । यो आन्दोलन सरकार र माओवादीबीच पूरै दश वर्ष चल्यो । यस आन्दोलनमा सबैभन्दा बढी सर्वसाधारण पेलानमा परे । धेरैको ज्यान गयो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गौँथलीको गुँड

विश्व मानव जगत् कोरोनाको आगोमा पिल्सिइरहेको थियो । बुद्धको देशमा पनि युद्धको ऐलान दिँदै कोरोना भाइरस कोभीड १९ले उग्र रूप लिँदै थियो । सारा प्रकृति उही र उस्तै गतिमा चलिरहेको थियो । मात्र मान्छे घररूपी सुन्दर जेलमा बन्द थियो । सडकमा चहलपहल मन्द थियो । लकडाउनको शून्यता चारैतिर नाचिरहेकै थियो । ठिक त्यही समयमा कुसुमपुरीको भीमसेन टोलमा एउटा घरको अर्ध खुला सटरभित्र एक जोडी गौँथली भित्रिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

फरक

ठुलाहरू भन्दै थिए -“सिंहदरबार गाउँ गाउँमा पुर्‍याउछौँ ।”

नभन्दै मौका मिल्नासाथ ठुलाले द्रुतगतिमा गाउँ गाउँमा सिंहदरबार लगे ।

कुनै पनि काम समयमा पूरा नभइरहेकोमा यो काम चाहिं समय अगावै सम्पन्न भएकोमा ठुलाले प्रशंसा ब्यौछार गराए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पुनर्मिलन

गर्मीमास । दिनभर जंगलमा आरा काटेर साँझपख लखतरान भएर घर आइपुग्दा आफ्नी स्वास्नीलाई घरमा नदेखेपछि हर्कमान रिसले भाउन्न हुन्छ । घरको चप्पा चप्पा छान मार्दा पनि केही खानेकुरो हात नलागेपछि स्वास्नीले बजार लगेर बेच्न ठिक्क पारेका खोयाबिर्के रक्सीका बोतलहरुमध्येका तीन बोतल रक्सी थकाई र भोकप्यासले रन्थनिएको हर्कमानले एकै सासमा तुर्याउँछ । फलस्वरुप नशाले उसलाई अनियन्त्रित बनाउँछ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बिहेको त्यो त्रास !

“अँ म त भगुसँगै बिहे गर्ने हो साह्रै मन” पर्‍यो भन्दै झन् गफ गर्न मच्चिइन् उनी (मेरो नाम भगवान भए पनि मामाघरमा सबैले भगु भन्नुहुन्थ्यो)। मलाई भने यत्री ठूली केटीले म जस्तो सानो केटासँग किन बिहे गर्छु भनेकी होली भनेर मनमनै चिन्ता पर्न थालेको थियो। उसको उमेर त्यस्तै सोह्र सत्र थियो होला म भने ११/१२ को त्यै पनि अलिक होचै थिएँ। उसले माया गरेर दिएका पाकेका बेलौती पनि मलाई फकाउन दिएजस्तो लाग्न थाल्यो। मलाई त साँचै उसले मसँग नै बिहे नगरी नछाड्ने भइ भने कसरी उसलाई दुलही बनाउने होला,दुलही भएपछि के गर्नु पर्ने हो भन्ने पनि थाहा नभएको त्यो उमेरमा एक्कासी आइलागेको यो टेन्सनले म भित्रभित्रै उकु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सोभ्नियोन

सोभ्नियोन विद्यालय तथा विश्वविद्यालयमा मेधावी थियो । ऊसँग सङ्गत गर्न मात्र पाउँदा पनि केटीहरु आफुलाई अहोभाग्य सम्झिन्थे । शिक्षकले सोधेका कठिनभन्दा कठिन प्रश्नहरु उसले सहजै उत्तर दिन्थ्यो । यसले गर्दा उसको विलक्षण प्रतिभा देखी शिक्षणसँस्थाले उसप्रति गर्व गथ्र्यो ।

यही कुरा विद्यालय तथा विश्वविद्यालयका दोस्रो भएकाहरु तथा अन्य विद्यार्थीहरुलाई जलन हुन्थ्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

व्यापारिक प्रतिस्पर्धा

सारै दुःख भो पतिको निधनपछि हरिमायालाई । भएकी एक भर्खर आठ पुगरे नौमा हिँड्दै छे । छोरी सानै भएकोले हुर्काउन पढाउन अझ समस्या । तै सानोसानो घर भने थियो । यसैले डेराभाडा परेन । सानो नाङ्ले व्यापार थालिन् र एक दुई रुपियाँ कमाइ गरेर खाइनखाई जीवन धान्न थालिन् ।

हरिमायाले चिनेको मान्छे भएकोले एक दूध डेरीका मान्छेले घरबाटै दूध बेच्ने बन्दोबस्त गरिदिए । अलिक केही राम्रो हुन ता खोज्यो तर प्रतिश्पर्धा हुन सकेन सिधै पारिपट्टि अर्की साहूनीले उही व्यापार थालिन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दन्ते किरा महापुराण

खुईया SSSs आइया आमै … तीन भुवन चौध लोक सबै देखिसके …..रातको आधा प्रहर देखि पिटिक्कै आखामा निन्द्रा छैन । तर यो दुखाइ नया र नौलो भन्ने चै पटक्कै हैन । मेरा जिजुहरु ले नि भोग्नु भयो अरे हजुरबुबा ले बुवाले अनि मैले पनि भोग्दै छु सायद आफ्नो दुख अरुको दुख भन्दा हजारौ गुणा ठूलो लाग्दो हो र त म एउटा खुट्टा काटिएको केशरकान्त कट्वालको अगाडि आफ्नो दात दुखाइलाइ बढावा दिदै छु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मुस्कान

मन्दिरमा भक्तालुजनको घुइँचो !
पूजापाठ, स्वस्तिशान्ति, भाकल, भोजभतेर र तीर्थव्रतमा धन खर्च !!
प्रश्न – यो सब केका लागि गर्दै हुनुहुन्छ ?
उत्तर- पुण्यप्राप्ति, मन शान्ति !!!
उनीहरूको भित्री चाह थाहा पाएको मूर्तिको मुस्कुराहट ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जुत्ता लगाउने बचपनको त्यो रहर !!

आठ दश बर्षको उमेर सम्म पनि चप्पल मात्रै लगाउन्थ्यौ जुत्ता थिएन । त्यहि चप्पल पनि कतै जाँदा बिर्सेर आइन्थ्यो र फेरी पछि खोज्न जाँदा पाइन्नथ्यो। कत्ति चोटी रुख बाट ओर्लेर चप्पल लगाउन भुलेरै हराएको हुन्थ्य्यो र यता घरमा बुबाको गालि र पिटाइ त छँदै थियो त्यसमाथि जत्ति राति भएपनि त्यो खोज्न जानु पर्थ्यो जब कि रात परेपछि एक्लै गोठ या मन्दिर सम्म जान पनि डराउथ्यौँ । एक चोटी शायद यस्तै सात आठ वर्षको उमेर थियो कि कुन्नि अङ्कल को घर छेउ एउटा घोए आँप को ठुलो रुख थियो र लटरम्म पाकेको समय भएकोले हामी जगनाथ दाइ र मैले झटारोले हान्दै झारेर राम्रा राम्रा आँप जम्मा पार्दै थियौं । त्यत्तिकै मा अण्टि पनि आउनुभो र

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रश्नको मुद्दा

उनी न्यायाधीश हुन् । उनलाई गाडीको सुविधा छ । क्वार्टर सुविधा छ काम गर्ने एक कामदार पनि छ । न्यायाधीशज्यूकी पत्नीलाई आराम छ ।

छोरो बीस वर्षको छ उसलाई मोटर साइकल किनिदिएका छन् बार पास गरेपछि । उसकी बहिनी भर्खर १० वर्षकी मात्र हुँदैछे । बडो जिज्ञासु छे । घरमा नानु भनेर सबैले बोलाउँछन् । घरै उज्यालो पारेकी छे । यिनै न्यायाधीशका क्वार्टरमा विश्वकर्मा बाबाको पूजाका दिनको कुरा हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तेह्र दिनेको व्यथा

ऊ र ममा कुमार र नारायणको फरक थियो । ऊ कृषि पेशामा थियो । म भने प्रहरी सेवामा थिएँ । ऊ सप्तरीको दक्षिणको यादव थियो । म उत्तरी भागको यादव थिएँ । नाम पनि उस्तै थियो । एक समय हाम्रो मन पनि उस्तै थियो । भूगोल फरक पर्दा र पेशा अलग हुँदा विचारमा अलिक फरक पर्दै जाँदै थियो । यद्यपि म भने पनि शिवनारायण यादव हुरुक्क हुन्थ्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

श्वेत न्याय

जमिनदार मखनलाल चौधरी गाउँमा मनग्ये हरुवाचरुवा, हलीगोठाला आदि राखेर तराईको आफ्नै अलिशान हवेलीमा बस्छन् । उनीले धेरै परिवारलाई आश्रय दिनुका साथै उनीहरुको रोजीरोटीको समस्या पनि टारिदिएका छन् । भलाद्मी, दयालु र न्यायका कठोर पक्षपाती समाजसेवी चौधरी गाउँका सबैका प्रिय मुखिया मानिन्छन् । शान शौकत र सम्पतीको छेलोखेलो भएर पनि बुढेसकालमा बिदुर भएका चौधरी आफ्ना सन्तान दुईजना जवान छोराहरुसँग बसेर जिन्दगीको गाडी गुडाउँदै छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वात्सल्य प्रेम

साँझको समय थियो । चैते रामनवमी पर्व नजिकिँदै थियो । यस बखत मध्ये तराईको एक सदरमुकाम समेत धार्मिक भएको थियो । चारैतिरबाट आएको भजन–कीर्तन र प्रवचनको ठूल्ठूलो आवाजले कानै खाइरहेको थियो । नजिकै उभिएर बातचित गर्ने मान्छेको आवाज पनि अधुरै सुनिन्थ्यो । माइकको ठुलो आवाजले मानव कोलाहललाई खर्लप्पै निलेको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
LaxmiKantaChaudhari

गणेशा

चैत्र–बैशाख महिनाको टंटलापुर घाममा पसिना चुहाउँदै पटुवा गोडिरहँदा कसैले मलाई बोलाएको आवाज सुनेर झसँग भएँ ।

‘सुकुनी गे, एने सुन । हमर दिसन ताक त !’

दाहिने हातले पस्नी उठाउँदै पुलुक्क हेर्दा चन्देश्वर पटवारी छाता टेकेर दश हात परै उभिएको थियो । मैले हत्त न पत्त टाउको निहुर्याएँ । ऊ जब्बर भएर उभिरह्यो । मेरा हातले पटुवाबारी गोडेजस्तो गरे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अहमताको पराकाष्ठा

आज अध्ययन गर्दै जाँदा मेरो अघिल्तिर श्रीमद्भागवत र शिव पूराणका दुई पूराणहरू नजरमा परे । हुन त यी पहिलो पटक मेरो नजरमा परेका होइनन् । मैले कहिलेकाहीं अध्ययन गरेर त्यहाँबाट केही कथाहरू पनि पस्किसकेको छु । श्रीमद्भागवत रामप्रसाद जोशीबाट नेपाली भाषामा अनुवाद गरिएकोलाई पल्टाउन मन लाग्यो र पल्टाएँ । मेरा नजर सिधै उषा र अनिरुद्धको कथामा पर्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
SitaramNepal

गतिलो झापड

“के अचम्म देख्नुपर्छ भने ऽ सम्झदा पनि हाँसो उठेर आम्च भन्या !”

“के देखिस् र त्यस्तो आश्चर्यको कुरा क्यारे ?”

“अर्काको घर फोर्न राजधानी देखि अनुचरहरू पठाउनेले आफ्नै भर्खर बनेको घर जोगाउन क्या कठिन भइरा देखिनस् हुस्सु ?”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •