मेरो सिर्जना
देशलाई राख्छु मनभित्र
नेपालकै कोर्छु म त चित्र
चित्र कोर्ने मेरो तिर्सना
कस्तो लाग्छ साथी मेरो सिर्जना
देशलाई राख्छु मनभित्र
नेपालकै कोर्छु म त चित्र
चित्र कोर्ने मेरो तिर्सना
कस्तो लाग्छ साथी मेरो सिर्जना
हे आमा, अर्को जुनी पनि मलाई नेपालमै जन्माइदेऊ
नेपाललाई माया गर्नेसँग नेपालमै अन्माइदेऊ
नेता र मेता भए भुक्त्त भोगी
सन्यासी देशको जनता छ जोगि
धने धनविर हुँदै जो ब्यास बढछ
मै खाउ मै लाउ को तब प्यास चढ्छ
नेताहरुमा हुनुपर्छ देश जोगाउने मिसन,
सबै नेपालीमा हुनुपर्छ,देश जोगाउने भिजन।
हिजो मेरो दुई हात जग्गा मिचिडा,म चुप रहे
चित्त बुझाएर कि,मर्दा पर्दा चाहिने त उ नै हो नि,
आखिर छिमेकी त पर्यो।
अनि फेरि मेरो चार हात जग्गा मिचिडा नि ,म चुप नै रहे,
चित्त बुझाएर कि,ऐचो पैचो गर्दा चाहिने त उ नै हो नि,
आखिर छिमेकी न पर्यो।
तर आज मेरो जन्मभूमिको जमिन मिचिडा नि ,म चुप नै रहे,
मेरो आवाज कसैले नसुन्ने मनासायले,
तर अब त अत्ति भयो,मेरो सहनसिलताले सिमा नाग्यो, अब म चुप लाग्ने वाला छैन,
कदापी चुप लाग्ने वाला छैन।
मेरो सुन्दररुपि जन्मभुमिलाई हड्पने ती दुष्ट छिमेकीलाई म छोड्दिन,
म एउटा साधारण नेपाली,जो नेता बन्न चाहन्छु,
अनि देशको सेवा गर्न चाहन्छु!
देशका निमुखा र गरिबलाइ गाँस,बाँस,र कपासको ब्यवस्था गर्न चाहन्छु,
र भ्रष्टाचारिलाई फाँसी दिन चाहन्छु।
तर म त परे पढेलेखेको मान्छे,
नैतिकता र राष्ट्रियता भएको मान्छे,
अनि देशको लागि लड्ने वीर पुर्खाको रगत भएको मान्छे,
अनि जननी र जन्मभुमिको सम्मान गर्ने मान्छे।
मलाइ त यो देशले नेता बन्न दिदैन रे,
बुबा त भन्नू हुन्छ नेता बन्न ,Comedy champion हुनु पर्छ अरे।
अनि आमा भन्नुहुन्छ, हावा गफ नगरे त नेता नै भइदैन अरे,
फेरि दिदी भन्छिन्,बलत्कारिलाइ आश्रय पनि दिनुपर्छ रे!!
आऊ कलाकार छिनो समाऊ
आई घरैमा पसिना चुहाऊ
विश्वासमा कत्ति नधर्मराऊ
सम्मानको स्वेद यतै चुहाऊ ।।
छन् बाबु आमा घरमा रुएका
छानाहरु छन् घरमा चुहेका
भोभो उताको अब लोभ छोड
धेरै भएको छ यहाँ बिछोड ।।
तिम्रा चुनौती कति छन् अगाडि
बाटो र त्यो लक्ष कतै नछाडी
हे शिल्पका साधक माथि जाऊ
गन्तव्यमा पुग्न नडग्मगाऊ ।।
तिम्रो छिनोले जब कर्म गर्छ
त्यो कर्मको मूल्य उचो ठहर्छ
हेरेर मात्रै अघि पाउ चाल
सद्कर्म गर्नैतिर हात हाल ।।
नेपालमा धेर जमेर मैलो
भो सभ्यताको अझ बन्द दैलो
आएर दैलो अहिल्यै उघार
यो देशको क्लेष सबै निखार ।।
महाकाली दुखेको छ मेची दुखेको छ
किनकिन मेरो गलो आज सुकेको छ
राजै आज सुकेको छ ।।
लिपु मात्रै कहाँ हो र सुस्ता महेशपुरमा
मेरो देशको मुटु लुछ्न वैरी लुकेको छ
राजै वैरी लुकेको छ ।।
मित्र सम्झी मनको बह फोएँ मैले किन्तु
दिउसोमासै अर्ना राँगो हान्न फुकेको छ
राजै हान्न फुकेको छ ।।
स्वाभिमान र सार्वभौम गुमाएको देखी
मानौं मेरो सगरमाथा आज झुकेको छ
राजै आज झुकेको छ ।।
महाकाली दुखेको छ मेची दुखेको छ…….
सिंहको हुङ्कारले
सुँगुरको डकारले
भरौटेहरुको जयजयकारले
अनि भेडाहरुको चित्कारले
आक्रान्त अनि भयभित मेरो देश
दुखिरहेछ, आर्तनाद गरिरहेछ
फराकिलो र चौडा,मुरीका मुरी घाम सुकाउन पुग्ने,
मेरो आँगनमा प्रेत्यक दिन…
चराहरू आएर घाम ताप्छन्,भंगेराहरू आएर
नाच्छन् र रमाउँदै उडछन् ।
बार्दलीहरुबाट चराहरुले चिर्बिराएको मेरो आँगनको धून मन पर्छ
मेरो ईलामको संगीत मन पर्छ, र मेरो देशको अविछिन्न गीत मन पर्छ ।
मलाई आँगनमा ढकमक्क फूलहरू फूलेको मनपर्छ,
तुलसी झुलेको मन पर्छ ।
राष्ट्रिय गीत
होम सुवेदी
भद्रपुर, झापा, नेपाल
हा…..पसिना झारी के पाउने होला अर्काको बारीमा
ढाकेको होला झारले आफ्नो खेत र बारीमा…………
चुहुने आफ्नो घरलाई बिर्सी अर्काको छाउँदै छौं
तिमीलाई शिरमा राखौंला आमा फर्केर आउँदै छौं ।।
नरोऊ आमा छोराको तसबिर छातीमा टाँसेर
दुःखमा पनि सुखमा पनि बसौंला हाँसेर
ब्यर्थैमा पैसा कमाउन लाई विदेश धाउँदै छौं
तिमीलाई शिरमा राखौंला आमा फर्केर आउँदै छौं ।।
स्वतन्त्र खोजी चरी झैं उड्ने सपना बोकेर
के पाउने यहाँ गर्मीका ठाउमा यो थाप्लो ठोकेर
पुर्खाको थलो छोडेर आज यो दुःख पाउँदै छांै
तिमीलाई शिरमा राखौंला आमा फर्केर आउँदै छौं ।।
मेरो प्यारो देश नेपाल
मेचीकली फैलिएको छ …
हिमाल, पहाड, तराई मिली
छरिएको लेक बेशी
आफ्नै रीति तिथि
संस्कृतिमा सजिएको
मेरो प्यारो देश नेपाल
कला, साहित्य, पुरातत्व
आफ्नै
किसिम-किसिमका थरी-थरी
संस्कार छन यहाँ
मिलाएर सेता दन्त लहर
पूर्वदेखि पश्चिमसम्म
उत्तरमा हिमाल हाँस्दै छन
छहरा र पहरासँग लडिबुडी गर्दै
डाफे मुनाल रमाइरहेछन
हरेक बस्ती बस्तीमा
मानव यहाँ
रमाइरहेछन …
आफ्नै आफ्नै संस्कारमा
आहा कति राम्रो
सौन्द्र्यले झकी झकाउ
मेरो सुन्दर नगरी
नेपाल
हो सच्चै मेरो प्यारो भूमि नेपाल
सुन्दर आहा कति रमाइलो
मनै हरर
मेरो प्यारो देश नेपाल
मुटुभन्दा नि प्यारो छ