लक्ष्मीचोकदेखि भानुचोकसम्मको यात्रा
२०६२ सालको पौष २५ गतेको दिन थियो । कार्यालय काम विशेषले सुनसरीको इटहरीस्थित सैनिक क्याम्पमा पुगेको थिए । काठमाडौंकै जस्तै हातखुट्टानै कमाउनेखालको जाडो नभएपनि हुस्सु चाहिं लागिसकेको थियो । इटहरीसम्म पुगिसकेपछि धरान जस्तो धार्मिक तथा पर्यटकीय महत्वको नगरीसम्म नपुगी फर्कनु यात्रा अधुरै हुने जस्तो लाग्यो । त्यसैले व्यस्तताडको वावजुद पनि धरान पुग्ने निधो गरें । इटहरीबाट धरानस्थित फुस्रे क्याम्पसम्म जाने गाडी भेट्छु । बिहान नौ बजिसकेको हुन्छ ।



पर्वत म जन्मेको र हुर्केको जिल्ला भएकोले पर्वत जानु आउनु मेरो लागि कुनै नौलो थिएन र होइन पनि । यसपटक पनि मलाई पर्वत जानुपर्यो । एकातिर कोरोनाको महामारीले गर्दा घर छाडेर हिड्नु त्यति सहज थिएन तापनि हाम्रा चाडपर्व, धर्मकर्म आदिको कारणले गर्दा बाध्यतानै परेपछि कार्तिकको २५ गते यात्रा तय गरियो ।
बोझिलो, निरसिलो, विरक्तिएको समयमा पीडाको पहाड बोकेर जीवनगति हाँक्दै गर्दा यात्राका क्रममा यिनै अक्षरहरूलाई साथी बनाएर मनका भावनाहरू शब्दको माध्यमबाट पोख्ने गर्थें । सुनिदिने कोही थिएनन् तर पनि दुखद होस् वा सुखद मेरा आफ्ना प्रिय यिनै थिए, यिनैसँग खेल्थेँ, रमाउने गर्थें । आँसु झर्दा फेरि त्यही कलम समाउने गर्थें । यसरी दिनहरू बितेका थिए ।
नेपालीहरुको विदेश भ्रमणमा सबैभन्दा बढी रोजाइमा पर्ने देश हो बैङ्कक । झन “थाई लियोन एयर”ले सिधा बैङ्कक उडान भर्न थालेपछि बैङ्कक जानेको सङ्ख्या अँझ बढ्न गएको छ । कारण हवाई भाडा अरुको तुलनामा सस्तो छ “थाई लियोन” को । मुक्तिनाथको दर्शन गर्न जाँदा लाग्ने खर्च र बैङ्कक जाँदाको खर्च लगभग उस्तै पर्न जान्छ ।
आँखामा बास बसेको खुसीको उज्यालो छहलिने बेला हामीले छोड्दैथियौँ नागी कम्युनिटी लजको आँगन ।
विजया दशमी–२०७५ को अवसरमा स्कुल बिदा थियो । २०७५ असोज २५ गतेदेखि दिल्ली–हरिद्वारको यात्रा तय भयो । यात्रा उमङ्गको नभई वाध्यताको थियो । यात्रा बिरामी–यात्रा थियो । कार्तिक १० गते पक्षाघातको सिकार भएको वर्ष दिन पुग्थ्यो । त्यसकै उपचारार्थ हरिद्वारस्थित पतञ्जली आयुर्वेद चिकित्सालय पुग्ने ध्याउन्न थियो ।
दशैं सकिएकै थिएन । फेसबुकका भित्ताहरू राता टीकाले रंगिरहेका थिए । कात्तिक ४ गते आइतबार द्वादशीको दिन बिहानै स्टाटस लेखें, “हिउँ नखेलेको होइन । हिमाल नछोएको पनि होइन । तैपनि कस्तो होला त विश्वको शीर सगरमाथा ? हिँडियो कुतूहल मेटाउने पदयात्रामा ।”
कहिलेकाहींको यात्रा बडो रोचक हुँदो रहेछ । र, आकस्मिक पनि हुँदो रहेछ । बिमार मुक्तिमार्गतर्फ लम्कन खोज्दा धेरै थरीका यात्रा गरिए । कुनै सुझबुझका यात्रा भए भने कुनै अज्ञानमै यात्रा थालिए र टुङ्गिए । विगत एक वर्षदेखि मैले गरेका यी सबै यात्रा बाध्यताका थिए । बाध्यतामा रहर घोल्न खोज्दा घुल्नै मानेन । र, आखिर बाध्यता अलग्यै बस्यो । रहर केवल रहरमै सीमित भयो ।