अविस्मरणीय पश्चिम यात्रा

फरक परिवेशमा मनमा अनेक कुतूहलता लिएर यात्रा गर्दाको मज्जा बेग्लै हुन्छ । जीवन सोचे झै छैन र त सोचे जस्तै बनाउन प्रयासरत रहन्छ मान्छे ।
Read More »अविस्मरणीय पश्चिम यात्राफरक परिवेशमा मनमा अनेक कुतूहलता लिएर यात्रा गर्दाको मज्जा बेग्लै हुन्छ । जीवन सोचे झै छैन र त सोचे जस्तै बनाउन प्रयासरत रहन्छ मान्छे ।
Read More »अविस्मरणीय पश्चिम यात्राबोझिलो, निरसिलो, विरक्तिएको समयमा पीडाको पहाड बोकेर जीवनगति हाँक्दै गर्दा यात्राका क्रममा यिनै अक्षरहरूलाई साथी बनाएर मनका भावनाहरू शब्दको माध्यमबाट पोख्ने गर्थें । सुनिदिने कोही थिएनन् तर पनि दुखद होस् वा सुखद मेरा आफ्ना प्रिय यिनै थिए, यिनैसँग खेल्थेँ, रमाउने गर्थें । आँसु झर्दा फेरि त्यही कलम समाउने गर्थें । यसरी दिनहरू बितेका थिए ।
नेपालीहरुको विदेश भ्रमणमा सबैभन्दा बढी रोजाइमा पर्ने देश हो बैङ्कक । झन “थाई लियोन एयर”ले सिधा बैङ्कक उडान भर्न थालेपछि बैङ्कक जानेको सङ्ख्या अँझ बढ्न गएको छ । कारण हवाई भाडा अरुको तुलनामा सस्तो छ “थाई लियोन” को । मुक्तिनाथको दर्शन गर्न जाँदा लाग्ने खर्च र बैङ्कक जाँदाको खर्च लगभग उस्तै पर्न जान्छ ।
आँखामा बास बसेको खुसीको उज्यालो छहलिने बेला हामीले छोड्दैथियौँ नागी कम्युनिटी लजको आँगन ।
हाम्रो खुट्टामा लेकाली शित छोइँदा नागीगाउँ वरपरका पहाडी थुम्कामा लेसारिएको थियो पातलो कुहिरो । रातको झरीमा भिजेको रुखपात र घाँसमा बाँकी नै थियो लेकाली चिसो । हिजोको कुस्त हिडाइले शरीरमा थियो थकाइ र दुखाइ । गाउँघर सम्झेर धाउँदैआएकोले मनमा भने दगुर्दैथियो असीम खुसी, उत्सुकता र जिज्ञासाको बिजुली ।
बिहानको ४:३० बजे सिंगापुर ओर्लेका थियौ । भाइ बृहद पहाडी र म । कालो रातले अँझै सिंगापुरलाई ढाकी राखेको थियो । जुनको महिना हप्प गर्मी थियो त्यति बिहान पनि । हामीसँग बजेट कम र घुम्नुपर्ने दुई देश (सिंगापुर र इन्डोनेसिया) । त्यसमा महङ्गो देशमा पर्थ्यो सिंगापुर । हुन त लगभग कहाँ कहाँ जाने, कुन माध्यमबाट र कम बजेटमा धेरै ठाउँ घुमेर रमाइलो गर्ने भन्ने पहिला नै एउटा आइटेनेरी तयार पारेको थिए ।
स्टोनहेंज स्तम्भ
ंंंंं पद्मराज काफ्ले
स्टोनहेंज Stonehenge) इंग्लैंडको विल्टशायर काउन्टीमा एउटा प्रागैतिहासिक अकल्पनीय विशाल कलाकृति लन्दन ब्रिजबाट उत्तरतिर सतासी माइलको दूरीमा अवस्थित रहेछ । अगस्त १७, २०१९ का दिन इँजीनियर श्री हरि नेपाल, प्रोफेसर जया नेपाल, प्रोफेसर डाक्टर रमेश मरासिनी र बिन्दु मरासिनीसमेत सपरिवार इस्ले (Eastleigh) निवासबाट करीब सवाघण्टाको ड्राइभमा पुगियो ।
त्यस दिन प्रकृतिले पनि हामीलाई साथदियो । अघिपछि सदै झमझम बर्षा हुने र चिसो वायुले थुर्थुर कँपाउने ठाउँमा टलक्क टल्कँदै झलत्क झल्कँदै सूर्य देवले पनि स्वागत गरे हामीलाई !
“एकछिन डुलेर आउनुहुन्छ त ?” मनको इच्छा बुझेरै बोल्नुभएथ्यो सहसचिव काशीराज दाहाल । दाहाल सरको पाहुना भएर पोखरास्थित उहाँको निवासमा बसेका थियौँ हामी ।
“स्वच्छ हावा खाउँन त एकछिन !” सञ्जय अधिकारीको पनि नयाँ अपेक्षा थिएन पोखरासँग ।
“हो, बिहानीको सिरसिरे हावाको उत्सवमा सहभागी बनौँ न त ।” मैले पनि जनाएथेँ सहमति ।
एक्लै यात्रा गर्न रुचाउने भएता पनि यस पटकको यात्रामा प्रिय मित्र सुदर्शन ढकाल पनि जाने इच्छा देखाउदा म झन रोमान्चित भएको थिए । हुन त यात्राको विषयमा कुरा चलिरहदा थप दुई साथी पनि इच्छुक देखाएको हुँदा हामी चार जना जाने निश्चित भएर विभिन्न ट्राभल एजेन्सी धाउन थाल्यौ । जाने ठाउँ र दिनको निश्चित गरेर चारै जनाको पासपोर्ट जम्मा गरी टिकेटको पक्का गर्ने दिन दुई जना साथीहरुको आआफ्नै कारणले गर्दा जान नमिल्ने कुरा त्यो पनि ट्राभल एजेन्सी को बाहिर ठोकामा पुगेपछि व्यक्त गरे ।
रातको बाह्र बजेको बसको टिकट लिएको थिएँ । भियतनाको होचिमिङ्गबाट क्यामबोडियाको राजधानी “फेनोम फेन”सम्मको लागि । हतार हतारमा भएको थियो यो यात्रा मेरो कारण भियतनाममा भिसाको समस्याले गर्दा । “स्लिपर बस” अर्थात बसभित्र बस्ने सिटको सट्टा सुत्ने सिट भएको बस । साधारण बसको तुलनामा भाडा पनि बढी तिरेर नै यसै बसलाई छानेको थिए । यो एउटा बेग्लै तथा नयाँ अनुभव हुन गइरहेको थियो मेरो लागि ।
विजया दशमी–२०७५ को अवसरमा स्कुल बिदा थियो । २०७५ असोज २५ गतेदेखि दिल्ली–हरिद्वारको यात्रा तय भयो । यात्रा उमङ्गको नभई वाध्यताको थियो । यात्रा बिरामी–यात्रा थियो । कार्तिक १० गते पक्षाघातको सिकार भएको वर्ष दिन पुग्थ्यो । त्यसकै उपचारार्थ हरिद्वारस्थित पतञ्जली आयुर्वेद चिकित्सालय पुग्ने ध्याउन्न थियो ।
साथमा पुराना मित्र शिवकुमार यादव थिए । एका विहानै गोलबजारबाट सिरहा, माडर जाने म्याजिकमा चढ्यौँ । चोहर्वातिर बसबालाहरूले म्याजिकलाई सिरहासम्म मात्रै जान दिँदा रहेछन् ।
कहिलेकाहीं आफूले नसोचेको कुरा भइदिन्छ । हो, यस पटकको बैंकक यात्रामा त्यस्ता धेरै घटनाहरू भए । जसमध्ये “लाओस” देशको यात्रा पनि एक थियो । इन्टरनेटमा रहेका विभिन्न साइडहरुमा मैले आफ्नो इमेल दिएको थिए । जसले गर्दा नयाँ “ब्याक प्याकरस” हरुलाई धेरै सजिलो पर्ने गर्दछ । त्यसै क्रममा “ला साबे” नाम गरेकी इटालियन महिलाले मलाई इमेल गरेर मलाई यो बताइन कि बैंककबाट नजिक र जानै पर्ने देश “लाओस” हो भनेर । गत महिना मात्र चार महिनाको दक्षिण एसियाको भ्रमण सक्काएर फर्केकी रहेछिन् ।
एक्लै हिँड्नुमा पनि बडो आनन्द रहेछ । र त, प्रकृतिसँग सम्वाद गर्दै हिँडिरहन चाहन्छु म युगौँयुग ।
सम्बत् २०७५ साल भदौ दोस्रोसाता नवलपुरको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयबाट निस्केर छिपेनी टोलतिर सोझिँदा आफैसँग बोलेथेँ म ।
प्रकृतिको आँगनमा निस्कँदा खेतको हरियो उज्यालोले चङ्गिएथेँ । धानको पातमा छोइएको आकास देखेर मुग्ध भएथेँ । कुलोको पानीको मधुरो कलकल, तेजिलो बहाव र सङ्लो लहरसँग सङ्लिएथेँ । त्यही सङ्लो पानीमा पखालिन आइपुगेथे चकचके चरीहरू पनि ।
कहिलेकाहींको यात्रा बडो रोचक हुँदो रहेछ । र, आकस्मिक पनि हुँदो रहेछ । बिमार मुक्तिमार्गतर्फ लम्कन खोज्दा धेरै थरीका यात्रा गरिए । कुनै सुझबुझका यात्रा भए भने कुनै अज्ञानमै यात्रा थालिए र टुङ्गिए । विगत एक वर्षदेखि मैले गरेका यी सबै यात्रा बाध्यताका थिए । बाध्यतामा रहर घोल्न खोज्दा घुल्नै मानेन । र, आखिर बाध्यता अलग्यै बस्यो । रहर केवल रहरमै सीमित भयो ।
ʽयस्तै तालले पुगिन्छ त गन्तब्यमा ।ʼ गुँडतिर फर्किरहेका चराहरू गोधुलिको धमिलो क्षितिजमा हराउँदैथिए, तब मेरो मनको चरो बोलेथ्यो निसास्सिँदै ।
उज्यालोमै प्युठान खलङ्गा छोडेर बाग्दुला झरे पनि साँझको अत्यासलाग्दो सन्नाटाले छोइसकेथ्यो हामीलाई । नाइटबस चढेर सुन्दर बिहानीमा गन्तब्य टेक्ने हाम्रो अभिलाषा पनि खुम्चिँदै र खिइँदै गइरहेथ्यो पलपल ।
सम्बत् २०७२ साल माघीको दिन घोराहीस्थित बाह्रकुनेदहको मेला हेरेर खलङ्गा पुगेथ्यौँ टोलराज र म । खलङ्गालाई आधार शिविर बनाएर स्वर्गद्वारीसमेत टेकेथ्यौँ हामी ।
‘सिंगापुर अर्थात् लायन सिटीमा यहाँहरूलाई हार्दिक स्वागत छ ।’ आली सोलोन हाते माइकको गुञ्जनसँगै मुस्कुराइन् ।
विश्वका सत्ताइस मुलुकका मान्छेहरू बोकेको बस चाइना टाउनको छेउछाउबाट गुज्रिरहँदा उनले सबैलाई लठ्याएन्– मरिना वे, गार्डेन वे र सिंगापुर रिभर जाँदैछौँ हामी ।
सन् उन्नाईस सय उन्साठीसम्म ब्रिटिस साम्राज्य भोगेको सिंगापुरले त्रिसठ्ठीबाट गरेकोरहेछ स्वशासन । पैँसठ्ठीमा स्वाधिनता भित्र्याएको सिंगापुरका पहिलो प्रधानमन्त्री रहेछन् लि क्वान यू ।
एघार बजिसकेछ लुङ्दीखोलाको किनार समातेर उकालो लाग्दा ।
लुङ्दीको सुसेली गुञ्जिएको छ पहरो थर्काउँदै, चारदिशा घन्काउँदै । मेरो अनुहारमा बगेको पसिनाको धाराजस्तो लुङ्दीको सुकिलो जलधारामा नजर भिजाउँछु, मन धुन्छु र पयर उचाल्छु ।
रोपो सरिसकेको खेततिर बगेको कुलोमा भरिभराउ छ मध्यबर्खाको रसिलो पानी । रोपाइँ भइरहेको खेतको मोहक दृश्य दौडिरहेछ आँखाको डिलवरिपरि । हली, बाउसे, रोपाहार र हलगोरुको हलचल चलमलाइरहेछ मनको मझेरीभरि ।
हो, यसरी नै हरेकक्षेत्र मिसिनुपर्छ मुलुकको विकासको गतिमा । तादी खोलो र त्रिशुली नदी मिसिएको देवीघाटमा उभिएर सोचेथेँ मैले ।
देवीघाटको जलमा अनुहार पखालेर स्मरण गरेथेँ नेपाल एकीकरणको इतिहास । आधुनिक नेपाल राज्य विस्तारको थालनी भएको नुवाकोट काठमाडौँको नजिकै भएर पनि दूर्गम जस्तै थियो मेरा लागि । स्थानीय तह निर्वाचनको अनुगमनमा खटिँदा सम्बत् दुईहजार चौहत्तर सालको वैशाखको अन्तिमसाता नुवाकोटे भूमि टेकेथेँ मैले । स्थानीय तहको निर्वाचनलाई नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था कार्यान्वयनको पहिलो पाइलो ठानेर आफू पनि मुलुकको एकीकरण अभियानमै सामेल भएको सम्झी चौडा छाती बनाएथेँ मैले ।