Skip to content

पुराना गीत

बिच नदीको यो भूमरीमा

बिच नदीको यो भूमरीमा
जीवन लौ पर्न गयो
न त वारी भएँ न त पारी गएँ
अब के हुने अलमल भयो

होनाहार भयो अनुहार गयो
मन बज्र परिकन चिर्ण भयो
मुटुका चिरा अनगिन्ती भए
छरिएर सबै बितिर्ण भयो
न त वारी भएँ न त पारी गएँ
अब के हुने अलमल भयो