भावनात्मक निबन्ध
सत्य र भ्रम
हामी कति सत्य बाँच्छौँ र कति भ्रम बाँच्छौँ जीवनमा ? अथवा हामीलाई बाँच्न कति सत्य र कति भ्रम चाहिन्छ ? म यिनै प्रश्नहरूको वरपिरि घुमिरहेको छु कति दिनदेखि । यसै प्रश्नको अल्झोमा अल्झन पुगेको छु र यो प्रश्न झन्झन् गहिरँिदै गएको देखेर झन्झन् अलमलिन थालेको छु । कहिलेकाहीँ त लाग्छ, म व्यर्थै यस्ता गहिरा र नचाहिँदा विषयहरूमा फसिरहेको छु । तर के गर्नु, यो फस्नु र निस्कनु आफूले चाहेर मात्र हुने विषय नभएपछि ।
जीजिविषा
आइमाई मान्छेहरूले उमेर घटाउँछन् रे भन्ने सानैदेखि सुनेको हो । त्यसैले होला, कुनै पनि स्वास्नीमान्छेलाई उसको उमेर नसोध्नू भन्ने विश्वव्यापी मान्यता छ । हुन पनि एक-दुई अपवादलाई छोड्ने हो भने उनीहरू सकेसम्म आफ्नो वास्तविक उमेर बताउन चाहँदैनन् । उनीहरूलाई सबैभन्दा गाह्रो नै कुनै सरकारी कामकाजका बेलामा नागरकिता वा राहदानी देखाउनुपरेका बेला हुन्छ । डाक्टरको क्लिनिकमा नाम लेखाउँदा पनि उमेर भन्ने बेला चारैतिर पल्याकपुलुक हेरेर सक्नेजति सानो स्वरमा जवाफ दिन्छन् उनीहरू ।
उमेर बिर्साउने साथीहरू
सारै मिल्ने साथी हो भने वर्षौंपछि भेट भए पनि ‘ग्याप’ अनुभव हुँदो रहेनछ । मेरा केही यस्ता साथीहरू छन्, जससित जहिले भेट भए पनि तिनले कि चन्द्रावती हाइस्कुलको प्रांगण, कि महाराजगन्ज क्याम्पसको परसिर वा पाटन संयुक्त क्याम्पसको कम्पाउन्ड अथवा विश्वविद्यालय कीर्तिपुरको सेरोफेरो टुप्लुक्क आँखा र मनमस्तिष्कमा ल्याई पुर्याउँछन् ।
विगतका गल्ली गल्छेंडा हुँदै
सानैदेखि प्रतिकूल स्थितिमा हुर्कनुपर्ने विवशताले मलाई विकल्प सोच्नतिर डोर्यायो । यो विद्रोह थिएन । यो प्रतिकार पनि थिएन । विनाविरोध, विनाप्रतिकार अर्को बाटोको खोजीले रिक्ततापूर्ति मौन जिज्ञासालाई उत्प्रेरित गर्दोरहेछ ।
यहाँ यही शब्द ठीक र उपयुक्त लागेकोले प्रयोग गर्दैछु । किनभने वाध्यताको विरोध गर्नुभनेको आफ्नो अवस्थाप्रति अज्ञानता दर्शाउनु हो । त्यस्तो म थिइन । घरको परिस्थितिबाट अनभिज्ञ नहुनाले निदानको लागि यो विकल्प रोजेको थिएँ । साहित्यमा मेरो संलग्नताले यसको सङ्केत गर्छ ।
जीवनको विनिर्माण
जीवन विनिर्मित अवस्थामा सधैँ अस्थिर नै चल्दोरहेछ । यसका आयतनहरू र यसभित्रका सम्भावनाहरूले समय अनि परिस्थितिअनुसार क्रमशः परिवर्तित हुने नियतिको कारण लयको कुनै विशिष्ट रूपको निर्धारण गर्दै अगाडि बढ्दा रहेछन् । हिजो म जे थिएँ, त्यो आज पक्कै पनि हुन्न । आज म जे छु, अवश्य पनि भोलि त्यही रूपमा रहिरहन्न । नदीमा पानी कति बग्यो कति ! के त्यसको लेखाजोखा आजसम्म कसैले गर्न सकेको छ ?
थाहा छैन मलाई
केही दिन अघि एकजना मित्र मेरा बासस्थानमा आई आफूलाई ‘लेखक कवि’ बनाइदिने अनुरोध गरेपछि मन मस्तिष्क दुवै हल्लिन थाले मेरा । हृदयको भित्री भूइंचालो छँदैछ फेरि चर्को अर्काे एकछिन जिल्लिएँ वा आत्तिए, सीधा उत्तरको अभावमा के भनौं र गरौं भो एक्कासी मलाई । यस्तो पनि हुँदोरैछ अनुरोध भन्ने कुराले मेरा सामु साहित्य सस्तो र महँगो दुवै एकैसाथ हुनपुग्यो । ‘लेखन’ को भित्री प्रशिक्षण कुनै शिक्षक वा क्याम्पसले कतै दिए पनि मेरा दृष्टिमा त्यो बाहिरी हो ।
जीवन
मन निर्धन भए जीवन हुँदैन । जीवनमा अवश्य मन हुन्छ तर त्यो मन सुमन हुनुपर्छ । मन दुर्मन भए जीवन झन् बिग्रन्छ । त्यसैले जीवन सुमन हो । यो जीवन गणितको जोडघटाउ जस्तो निक्लने परिणाम होइन । अनि आँकडाले देखाउने प्रतिशत पनि होइन । न यो आदर्शवादी चिन्तनको जड हो, न यो विश्लेषण-संश्लेषणको विस्तृत र सङ्क्षिप्त हो । जीवन मानेमा सब थोक हो, नमानेमा केही होइन ।
हे मानव सत्य खोज
जीवन र जगतको उत्तम उपहार यो मानव जीवन हो । परिर्वतनशील यो जीवन हरेकसँग छ । सबै जन्मन्छन्, हुर्कन्छन् र एक दिन मर्दछन् । मानव, रुखपात, हात्ती र कमिला सबैसँग यस्तै जीवन छ । सबैमा उस्तै र एकै यो प्राण रुपी स्वास रहेको छ । यस जगतका सृष्टिकर्ता परमप्रभुले कसैमाथि अन्याय गर्नुभएको छैन । हेर त! न्यायगत समानतामा सबैलाई उही र उस्तै अदृष्य प्राणरुपी स्वास सानोदेखि ठुलोसम्म बराबर अंशमा प्रदान गर्नुभएको छ ।
मखुन्डो पहिरेको मान्छे
चाकडी, चुक्ली र चाप्लुसी यो सहरको वातावरणको अनौठो विशेषता हो । यी विशेषतालाई बुझेको र यसलाई व्यवहारमा उतारेको हुँदा उसले निकै उन्नति र प्रगति गरेको छ । वातावरणअनुसार चाकडी, चुक्ली र चाप्लुसी गर्न जानेको हुादा उसले सुख र चैनले बाँच्नकालागि नभइ नहुने तीनवटै चीन प्रशस्तै पाएको छ, जस्तै पद, पावर र पैसा । त्यसपछि यी तीनवटा चीजले पाउन सकिने कुराको त गन्ती नै छैन । थरीथरी गाडी र बङ्गला अनि थरीथरी सुरा र सुनदरी त उसका लागि सामान्य भइसकेका छन् ।
