प्रविधिमा दशैं
दशैं लगभग नेपालीका घर आँगनमा आइसक्या अवस्था छ । समस्त हिन्दू नेपालीहरूले मान्ने यो शारदीय पर्वोत्सवले घरदेश र परदेशका सबै नेपालीलाई एकै र एउटै हिसाबले छुन्छ ।
नेपालीमा एउटा कर्मचारी लक्षित आहान छ –‘कखुरो काट्यो दशैं, झोला बोक्यो बसैँ ।’ अब जमाना बद्लियो । नेपालीहरूका दिनचर्या र जीवनका शैली फेरिए । के गाउँ के सहर सबैतिर उपभोक्तवादी संस्कृतिले छपक्कै ढाकेको छ । मानिसहरू उत्पादन गरेर खानेभन्दा पनि किनेर खानेमै गर्व गर्छन् । जो किनेर खान सक्दैन उसले आफूलाई निम्छरो ठान्ने देखिन्छ । यसो किन भयो त ? यसका पछि निकै लामो फेहरिस्त प्रस्तुत हुन सक्छन् –तर्कका ।

नर्मधेस्वर शब्दलाई नेपाली बृहत् शब्दकोषले नर्मदा नदीमा पाइने शिवलिङ्गलाई नर्मधेस्वर भनी परिभाषित गरेको छ । यसरी नै कालीगण्डकीमहाकाव्यको शुभाशंस शीर्षक (पृष्ठ घ)मा डा. स्वामी रामानन्द गिरी लेख्नुहुन्छ –‘संसार भारमा दुईवटा मात्र त्यस्ता नदीहरू छन्, एउटी भगवान शिवलाई नर्मधेस्वर शिलाको रूपमा धारणा गर्ने नर्मदा र अर्की भगवान विष्णुलाई शालग्राम शिलाको रूपमा धारणा गर्ने गण्डकी ।
काठमाडौँको उत्तर–पश्चिम भेगमा अवस्थित टोखामा हरेक वर्ष नयाँ वर्षको वैशाख १ गते सपनतीर्थ मेला लाग्छ । सपनतीर्थ शिवपुरी राष्ट्रिय निकुञ्जको काखमा अवस्थित छ । जात्राको सुरुआत कहिले र कसरी सुरु भयो भन्ने खोजकै विषय हुन सक्छ । चैत मसान्तको दिन बागद्वार पुगेर वैशाख १ गते सपनतीर्थमा स्नान गरी टोखाको बिस्केट जात्रा अवलोकन गर्दै भक्तपुरको बिस्केट जात्रामा सहभागी हुने भन्ने लोककथन छ ।
जोनाथन स्वीटको भनाई यहा उल्लेख गर्न सान्दर्भिक छ – “परस्पर घृणा गर्ने धर्म हाम्रा कयौ छन् तर परस्पर प्रेम गर्ने धर्म थोरै छन् ।”
आआफ्नो धर्म संस्कृति र जाति अनुसार आफ्ना कुलका देवतालाई खुसी पार्नको लागि आआफ्नै तरिकाले कुलको पूजा गर्ने प्रचलन परम्परादेखि चल्दै आएको छ । आआफ्नो प्रचलन अनुसार कतै कुल पूजा, कतै कुलायनको पूजा, कुल देवताको पूजा र कतै देवाली पूजा भन्ने गरिन्छ । अन्य धर्म संस्कृतिमा आफ्नो कुल र वंशलाई सम्झने परम्परा भए पनि मूलत: हिन्दू र बौद्ध धर्मका अनुयायीहरूले कुलायनको पूजालाई विशेष महत्त्वका साथ गर्ने गर्दछन् । कुलायनको पूजा गरेमा आफ्नो कुलमा अगति परेका पितृहरूको मोक्ष हुन्छ भन्ने परम्परागत मान्यताको आधारमा कुलको पूजा गर्ने प्रचलन चल्दै आएको हो ।
वैदिक सनातनी समाजमा पतिको मृत्यु पछि महिलाहरूले बांकी जीवन आ-आफ्नो परम्परागत सामाजिक मान्यता अनुसार सामान्य जीवनभन्दा बेग्लै कष्टकर जीवन यापन गर्नु पर्ने परम्परागत संस्कार रहेको छ । विधवा जीवन वैदिक सनातनी याने हिन्दू महिलाहरूका लागि एउटा कष्टकर चुनौती हो । तर हिन्दू नै भएतापनि नेवार समुदायका महिलाहरू कल्यै विधवा हुन्नन् । आफ्नो पतिको देहान्तपश्चात पनि सदैव सौभाग्यवती नै रहिरहने नेवार रीतिथिति र शास्त्रीय मान्यता एवं सामाजिक मान्यता कायम रही आएका छन् । नेवार समाजमा बालविवाह र सति प्रथा जस्तो अमानवीय कूप्रथा भित्रन नदिन एउटा प्रगतिशील र क्रान्तिकारी रीतिथिति बिधिव्यवहारको संस्कार चलनमा ल्याई थालिएको “इही” संस्कार नै यसको मूल आधार हो ।
संसारमा अलिक बढी नै चर्चा हुने विषय वस्तुहरूको खोजी गरियो भने पक्कै पनि माया प्रेम नै शिर्ष स्थानमा हुन्छ । यहाँ माया प्रेम अनि विछोडका विषयमा जति गीत र कविता लेखिएका छन् शायद अरु कमै विषयमा लेखिएका होलान् । प्रेम किन हुन्छ ? अथवा प्रेमको परिभाषा के हो भनेर खोजी गर्नेहरूको पनि कमी छैन यहाँ । तर प्रत्येक पटक फरक–फरक नजिता आइरहन्छ किनकि यहाँ सधैं मिलन खुशीका पलहरूलाई प्रेम भन्नेहरू, अरुको खुशीमा प्रेम देख्नेहरूको पनि कमी छैन । तर, अँझै पनि कसैले प्रेम यो हो र यसकारण हुन्छ भन्दै विभिन्न तर्क अघि सारेता पनि ती सबै सर्वमान्य छैनन् । फेरि पनि, प्रेम एउटा अदभुत् अनुभव हो ।
अहो दशैं आएछ ! हो हजुर, दशैं आयो रे ! देशमा दशैं, विदेशमा दशैं, यता दशैं, उता दशैं, जता हेर्यौं दशैं नै दशैं । तपाई सोच्नुहुन्छ होला सबैतिर बहार छ । तर कस्तालाई दशैं ? जसको आँखाँको आँशु आजसम्म रुकेको छैन । नाङ्गो शरीरको लाज ढाकिएको छैन । निदाउँन आँखामा निद्रा छैन । कतै नाङ्गो शरीर कठ्यारिएर कतै वर्षामा भिजेको छिद्रा परेका शरीरका कपडा ओभाएको छैन तर दशैं आउने क्रम रुकेन । उसको समय आएरै छाड्यो दशैं ।
वर्तमानमा हाम्रो समाजमा बाबुआमाहरू अपहेलित हुने, कतिपय स्थानहरूमा शिक्षित भनिएका छोराछोरी–बुहारीहरूबाट पनि तिरस्कार हुने जस्ता विकृतिमूलक क्रियाकलापहरू हुनेगरेको सुन्न, देख्न पाइने गरेको छ । जेनेरेशन ग्याभिङ्गको दरार उत्पन्न गरेर ‘यो/यस्ता कुरा तपाईँले बुझ्नुहुन्न, तपाईँलाई किन चाहियो, नकराइकन बस्नुस आदि भनेर’ कतिपय अवस्थामा अभिभावकहरूलाई सही सूचनाबाट बन्चित गराउनेसम्मको व्यवहार हुने गेरको पाइन्छ । मातृपितृसेवा गर्न झर्कोमान्ने मानसिकता नयाँ पुस्तामा बढ्दो छ ।