Skip to content

ऐतिहासिक समीक्षा

खड्गी जातिः ऐतिहासिक परिचय

नेपाल विभिन्न जातजाति र विविध संस्कृतिले भरिएको देश हो । नेपालमा परापूर्वक कालदेखि नै विभिन्न भाषाभाषी वा संस्कृतिको संगमस्थलको रूपमा रहिआएको पाइन्छ । हाम्रो देशभित्र बसोवास गर्ने प्रत्येक समुदायको आ—आफ्नै भाषा एवं साँस्कृतिक, चालचलनहरू र रीतिरिवाजहरू रहेका छन् । यी सबै जातिहरूको भाषा र रीतिरिवाज मिलेर नै समग्रमा नेपाली सँस्कृतिको निर्माण भएको छ । यी जनजाती समुदाय अन्तर्गत खड्गी समुदायको आफ्नो मौलिक संस्कृति एवं संस्कारहरू तथा जीवनशैलीको अस्तित्वले छुट्टै पहिचन राखेको छ ।

नेपाली मुस्लिमको इतिहास खोतल्दा

नेपाल एशिया महादेशको माझमा रहेको हिमालको काँखमा उत्तर चीन र दक्षिण भारतको बीचमा परापूर्व कालदेखि अस्तित्वमा रहेको छ । अन्तरिम संविधान, २०६३ को धारा ४ अनुसार “नेपाल एक स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्म निरपेक्ष, समावेशी र पूर्ण लोकतान्त्रिक राज्य हो” । धारा ३ अनुसार “यस राज्यमा रहेका वहुजातिय, वहुभाषिक, वहुधार्मिक, वहुसांस्कृतिक, विशेषतायुक्त समान आकाङ्क्षा राख्ने नेपालको राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टि रुपमा राष्ट्र हो ।” संविधानसभाले प्रस्ताव पारित गरी सङ्घीयता र गणतन्त्रलाई राज्यको परिचयमा गाँसेको छ । यहाँ हिन्दु,बौद्ध,इस्लाम, लिम्बू, सिख, किरात, प्राकृत आदि धर्मावलम्बीहरु पाइन्छन् । साथै कुनै पनि धर्म नमान्ने र सबै धर्मप्रति तटस्थ रहने धर्म निरपेक्षवादीहरु पनि नेपालमा रहेका छन् । लगभग साढे ३ करोड जनसङ्ख्या भएको देश नेपालमा पाइने विभिन्न समुदायहरुमध्ये मुस्लिम समुदाय पनि एक हो । यो मूलतः धार्मिक समुदाय हो ।

अमान्य संज्ञा ‘आदिवासी’

जातीय ‘इन्जिनियरिङ’ गरेर एउटै देशभित्र कसैलाई पहिलो दर्जाको र कसैलाई दोस्रो दर्जाको नागरिक बनाउने माओवादी धृष्टता पहिला गल्नैपर्छ।

नेपालको ३५ जिल्ला कहिले ७५ जिल्ला बने ?

हामीले विद्यालय पढ्दादेखिनै नेपाल १४ अञ्चल ७५ जिल्ला भनेर पढ्दै आइरहेका हौं । तर वि.सं. २०१७ साल अघि सम्म पनि नेपालमा ७५ जिल्ला नभै ३५ जिल्लामा मात्र सिमित थियो ।

राजा महेन्द्रले वि.सं. २०१७ पुस २० गते राजनीतिक दलहरू माथि प्रतिबन्ध लगाएर देशमा पञ्चायती व्यवस्था लागु गरेको २ महिना पछि अर्थात् वि.सं. २०१८ वैशाख १ गतेका दिन प्रशासनिक दृष्टिले नेपाललाई ७५ जिल्लामा विभाजन गरिएको थियो । यसभन्दा अगाडि ३५ जिल्ला थियो, तिनै ३५ जिल्लाको नाम र त्यसबाट बनेका ७५ जिल्लाको नामाकरण यसप्रकार छः–

मध्यमाञ्चल विकास क्षेत्रभित्र पर्ने जिल्लाहरूको नाम कसरी रहन गयो ?

नेपाललाई समानुपातिक विकास गराउने उद्देश्यले वि. सं. २०२९ सालमा ४ विकास क्षेत्रमा र पछि वि. सं. २०३७ सालमा सेती र महाकालीलाई सुदूरपश्चिमाञ्चल बनाई ५ विकास क्षेत्रमा विभाजन गरिएको हो । त्यसभन्दा अगाडि वि.सं. २०१८ वैशाख १ गते नेपालमा १४ अञ्चल ७५ जिल्लामा विभाजन गरिएको हो ।
आज यस लेख मार्फत् मध्यमाञ्चल विकास क्षेत्रभित्र समाहित १९ जिल्लाहरूको नामाकरण के कसरी भयो भन्ने बारेमा जानकारी गराउँदैछु ।

१. धनुषा : रामचन्द्रले भाँचेको शिवधनुको एक भाग खसेको ठाउँ हुनाले धनुषा
नाम रहन गएको भनाई रहेको छ ।

पूर्वाञ्चल विकास क्षेत्रभित्र पर्ने जिल्लाहरूको नाम कसरी रहन गयो ?

वि.सं. २०१८ वैशाख १ गते नेपालमा १४ अञ्चल ७५ जिल्लामा विभाजन गरिएको हो । नेपाललाई समानुपातिक विकास गराउने उद्देश्यले २०२९ सालमा ४ विकास क्षेत्रमा र पछि २०३७ सालमा सेती र महाकालीलाई सुदूरपश्चिमाञ्चल बनाई ५ विकास क्षेत्रमा विभाजन गरिएको हो । आज यस लेख मार्फत् पूर्वाञ्चल विकास क्षेत्रभित्र समाहित १५ जिल्लाहरूको नामाकरण के कसरी भयो भन्ने बारेमा जानकारी गराउँदैछु ।

१. झापा : स्थानिय राजवंशी भाषामा ‘झाप’ को अर्थ ‘ढकनी’ वा ‘विर्को’ हुन्छ । शताब्दियौदेखि बनजंगलले ढाकिएको ठाउँ हुनाले ‘झापा’ नाम रहन गएको बुझिन्छ ।

१४ अञ्चलको नामाकरण कसरी भयो ?

हाम्रो देश नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरिएको छ, यी अञ्चलहरुको नामाकरण कसरी भयो भन्ने बारेमा केही जानकारी प्रस्तुत गरेको छु ।

१. मेची अञ्चल :
नेपालको पूर्वी सीमा मेची नदीको आधारमा मेची अञ्चल भन्ने नाम राखिएको हो । मेची नदीको नाम कसरी रहन गयो भन्ने बारेमा सम्भवतः मेचे जातिको बसोवास क्षेत्रमा बग्ने नदी हुनाले मेची नाम रहन गएको भनाई छ । यो नदी भारत र नेपालको साँध छुट्याएर उत्तर इलाम जिल्ला र भारतको दार्जीलिङ जिल्लाको साँधै साँध पहाडबाट झर्दै तराईमा झापा जिल्लाको पूर्वी सिमानामा बगेको छ ।
पहाडतर्फ ताप्लेजुङ, पाँचथर, इलाम र तराईतर्फ झापा समेत गरी चार जिल्लाहरू समावेश भएको मेची अञ्चलको क्षेत्रफल ८,१९६ वर्ग किलोमिटर छ ।

दुई सय ७५ वर्षअघिको ताम्रपत्र

गोरखा जिल्लाको मान्बु गाउँमा घलेको बाक्लै बस्ती छ। यहाँका घलेमध्ये एउटा खलक छ, जसलाई १७ भाइ खलक भनेर चिनिन्छ।

पृथ्वीनारायण शाह र वैकल्पिक चेतना

प्रसिद्ध वैज्ञानिक एवं दार्शनिक स्टिफन हकिङले कतै भनेका छन्- ‘ईश्वर छन् वा छैनन् भन्ने विषयमा विवाद नगरौं । बरु ईश्वर कति ज्ञानी वा विवेकसम्पन्न छन् ? बुझ्ने कोसिस गरौं ।’

योगमायाको अभाव

महिला हिंसा विरुद्ध १६ दिने अभियान र नयाँ नेपाल बनाउने दोस्रो संविधानसभा निर्वाचनपश्चात कुमार नगरकोटीको कथा संग्रह फोसिल पढें।

नेपालमा गणित

वि.सं. १९८९ मा प्रकाशित गणितचन्द्रचन्द्रिका पुस्तक अहिले पल्टाउँदा त्यो वेलाको नेपालमा एउटा कोटको मूल्य रु.२७–२८ थियो भन्ने देखाउँछ।

इतिहासको संशोधित संकथन

अपुरो वा अशुद्ध जानकारी सच्याउने सत्प्रयासले इतिहासको संकथनका व्याख्यामा नयाँ ढोका खोलिदियो।

ढुंगाको दुन्दुभि

गोर्षा–कम्पनी युद्ध दुई देशबीचको लडाईं थियो भन्ने भ्रम र त्यसमा हिजोआज झै राष्ट्रिय सेना लडेका थिए भन्ने मताग्रह नछोड्दासम्म त्यो द्वन्द्वको यथार्थ बुझ्न सकिंदैन।

स्वार्थ र सनकको युद्ध

गोर्खा राज्यले लिएको विस्तारवादी नीतिलाई पृथ्वीनारायण शाहको शेषपछि पनि कायम राख्नु नेपाल दरबारको भूल थियो। व्यक्तिगत स्वार्थ, पारिवारिक साख र सत्ता–षड्यन्त्रका कारण कायम भएको त्यही नीतिका कारण पश्चिममा सतलज र पूर्वमा टिष्टा पुगेको नेपालको प्रशासनिक नियन्त्रण मेची–महाकालीमा सीमित हुन पुग्यो।

मधेशका मुसलमान

मधेश आन्दोलनपछि मधेशको चर्चा भिन्न तरिकाले चर्को भए पनि तराई–मधेश जहिल्यै काठमाडौंको चासोमा रहेको गोरखापत्र को समाचारले देखाउँछ।

खतरा भूकम्पको

नेपालमा जाने भूकम्प ज्वालामुखी विस्फोटनको प्रभावबाट प्रभावित नभएर बरु यहाँको सतह नमिलेको अस्थिर जमीनको कारणबाट हुने गर्छ किनभने भू–निर्माणमा कान्छो पर्वतमाला हिमाली क्षेत्रलाई मानिन्छ । त्यसैले यसको उत्थान क्रम अझै जारी भएकाले नमिलेको सतहमा दबाब परेकाले समय–समयमा यस क्षेत्रको भित्री भागमा कम्पन पैदा हुन्छ । भूगर्मशास्त्रका अनुसन्धान अनुसार हिमाली क्षेत्र एक करोड वर्षमा झन्डै एक सय किलोमिटर जति दक्षिणमा खस्किएको छ ।