खड्गी जातिः ऐतिहासिक परिचय
नेपाल विभिन्न जातजाति र विविध संस्कृतिले भरिएको देश हो । नेपालमा परापूर्वक कालदेखि नै विभिन्न भाषाभाषी वा संस्कृतिको संगमस्थलको रूपमा रहिआएको पाइन्छ । हाम्रो देशभित्र बसोवास गर्ने प्रत्येक समुदायको आ—आफ्नै भाषा एवं साँस्कृतिक, चालचलनहरू र रीतिरिवाजहरू रहेका छन् । यी सबै जातिहरूको भाषा र रीतिरिवाज मिलेर नै समग्रमा नेपाली सँस्कृतिको निर्माण भएको छ । यी जनजाती समुदाय अन्तर्गत खड्गी समुदायको आफ्नो मौलिक संस्कृति एवं संस्कारहरू तथा जीवनशैलीको अस्तित्वले छुट्टै पहिचन राखेको छ ।

नेपाल एशिया महादेशको माझमा रहेको हिमालको काँखमा उत्तर चीन र दक्षिण भारतको बीचमा परापूर्व कालदेखि अस्तित्वमा रहेको छ । अन्तरिम संविधान, २०६३ को धारा ४ अनुसार “नेपाल एक स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्म निरपेक्ष, समावेशी र पूर्ण लोकतान्त्रिक राज्य हो” । धारा ३ अनुसार “यस राज्यमा रहेका वहुजातिय, वहुभाषिक, वहुधार्मिक, वहुसांस्कृतिक, विशेषतायुक्त समान आकाङ्क्षा राख्ने नेपालको राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टि रुपमा राष्ट्र हो ।” संविधानसभाले प्रस्ताव पारित गरी सङ्घीयता र गणतन्त्रलाई राज्यको परिचयमा गाँसेको छ । यहाँ हिन्दु,बौद्ध,इस्लाम, लिम्बू, सिख, किरात, प्राकृत आदि धर्मावलम्बीहरु पाइन्छन् । साथै कुनै पनि धर्म नमान्ने र सबै धर्मप्रति तटस्थ रहने धर्म निरपेक्षवादीहरु पनि नेपालमा रहेका छन् । लगभग साढे ३ करोड जनसङ्ख्या भएको देश नेपालमा पाइने विभिन्न समुदायहरुमध्ये मुस्लिम समुदाय पनि एक हो । यो मूलतः धार्मिक समुदाय हो ।
हामीले विद्यालय पढ्दादेखिनै नेपाल १४ अञ्चल ७५ जिल्ला भनेर पढ्दै आइरहेका हौं । तर वि.सं. २०१७ साल अघि सम्म पनि नेपालमा ७५ जिल्ला नभै ३५ जिल्लामा मात्र सिमित थियो ।