भौगोलिक समीक्षा

ओयामको एक तस्बिर

पुर्बि नेपालको लिम्बुवान पान्थर जिल्ला अन्तर्गत ४१ गा बि स हरु मध्ये उत्तर पुर्बमा पर्ने एउटा मनोरम् गा बि स को नाम ओयाम । ओयाम गा बि स को पुरानो नाम अन्येमबाट अप्रभङ्स भै पछी ओयाम् हुन गएको भन्ने त्यहाका बुडा पाका र इतिहास् बिधहरु बताउंछन् । लिम्बु भाषामा अन् भनेको घोडा र येम भनेको उभ्याउनु भन्ने अर्थ लाग्छ । त्यहा पहिला पहिला आपुंगि राजा सुब्बाहरुले बिभिन्न थुम र यकहरुबाट घोडामा सवार् भै भिबिन्न सभा सम्मेलन् बैठक् गरि सङ्युक्त रुपमा भोजभतेर खाने गर्दथे । उसबेला ती आपुंगि राजा सुब्बाहरुले आफु त्यहा बसुनेजेल् घोडाहरुलाइ एउटा सम्म मैदानमा बाधि राख्थे त्यहि घोडा बाधेर राख्ने ठाउ अर्थात् घोडा उभ्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पर्वतले कसेको गाँठो

तपस्वीको तपस्थल, ज्ञानीको ज्ञानभूमि, प्रकृतिप्रेमी कविको भाव अङ्कुरित क्षेत्र, विज्ञानको अनुसन्धान पृष्ठभूमि, रोगीको ओखती भण्डार पर्वत मालाले नेपाली सौन्दर्य गाथालाई स्वाभिमानसँगै एकाकार गरेको छ । भूबनोटको पृथक कलासङ्गम नेपालभूमिका पर्वत लहरमा अर्थतन्त्रको जग छ । श्रद्धा र प्रेम द्रवित भएर मेचीदेखि महाकाली बगेका छन् । झरनाका आभुषणले रजनी बाधा हटाउने दिव्य ज्योति जादुको सामर्थ्य लुकाएको छ । हिमाली शिरताजको हिम स्वच्छताले मितेरी गाँस्ने पर्वतीय कथासँग शिव पार्वतीको अकाट्य नाता घनिभूत भइरहन्छ । समथर फाँटमा सीता र जनकको आदर्श भाव प्रवाहित छ । प्रकृतिको विलक्षण कला सङ्गम नेपाली वक्षस्थलमा सजिएका पर्वत शृङ्खलाले अतिथिलाई डाकिरहन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

‘मायालु हुम्ला’ यात्रा संस्मरण र समालोचकीय दृग

प्रस्तावना :

चरैवेती । चरैवेती ।

वेदले बौद्धिक र कलमका कालिगढी मनुवालाई यात्राका लागि ऊर्जादिन यसो भनेको होला ? हुन पनि संसारै यायावरीय शैलीमा न्योच्छावर भएको हो । यदि एसियाको मानिस अफ्रिका जाँदैनथ्यो भने उसले ‘कालो हिरा’ को प्रचार गर्दैनथ्यो । त्यसैगरी युरोपको मानिस हिमालयका सिकन्जामा आँउदैनथे भने हाम्रोजस्तो हिमाली राज्यको यतिबिघ्न प्रचार हुने थिएनन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
20121117_SantoshTimalsina_Lekh

विकासको बाटोमा फड्को मार्दै ढुंखर्क

  • by

काभ्रेपाञ्चोक जिल्लाको दक्षिणी भेगको रमणीय र पर्यटकीय स्थलको रुपमा ढुंखर्क गा.वि.स.लाई लिने गरिन्छ । राजधानी काठमाण्डौबाट ४२ किलोमिर र सदरमुकाम धुलिखेलबाट २३ किलोमिटको दुरीमा अवस्थित यस गा.वि.स भौगोलिक वनावट, धार्मिक विविधता, पर्यटकीय सम्भाव्यता र मनोरम प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको छ ।

चारैतिर हरियालि लेकबेशीका साथै महाभारत पर्वत श्रृङ्खलाको काखमा अवस्थित यस गा.वि.सको पर्यटकीय एवं प्राकृतिक छटाहाले साँच्चै नै यहाँ आउने जो कोहीको पनि मन मोहित पार्दछ । अझ काभ्रेकै उच्च स्थानमा रहेको नारायण स्थान मन्दिरले ढुंखर्कको मात्र नभई काभ्रेको पहिचान र चिनारीको केन्द्रविन्दु बनेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

केदारनाथको ‘शिर’ डोलेश्वर महादेव

  • by

उपत्यकाका प्रसिद्ध ऐतिहासिक तीन सहरमध्ये भक्तपुर सहरबाट दक्षिण-पूर्वी कुनोमा अवस्थित सिपाडोल गाउँमा रहेको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर काठमाडौँबाट पनि धेरै टाढा छैन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अन्नपूर्ण र मनास्लुको संगम

  • by

लमजुङ-मनाङ जोड्ने सडक निर्माण कार्यले गति लिन थालेपछि लमजुङको सदरमुकाम बेसीसहर सुनसान हुने त होइन भन्ने चिन्ता छाएको थियो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पञ्चासेको सौन्दर्य

  • by

धौलागिरी अञ्चलको प्रवेशद्वारको रूपमा रहेको पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गतको मध्यपहाडी जिल्ला पर्वतमा पर्यटकीय सम्भावनाका विविध आकर्षणहरू रहेका भए पनि आवश्यक पूर्वाधारको अभावमा पर्यटकीय गन्तव्यस्थलको रूपमा स्थापित हुन सकेका छैनन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गजे घलेको गाउँ

  • by

कृष्ण आचार्य/बारपाक(गोरखा)

घले तथा गुरुङ जातिको संस्कृति, रहनसहन र पहिचान बुझ्न एकपटक पुग्नैपर्ने ठाउँ हो, गोरखाको बारपाक जिल्लाकै प्रमुख पर्यटकीय गाउँको पहिचान कमाएको बारपाक गोरखा सदरमुकामदेखि एकदिनको पैदल दूरीमा पर्छ। सार्वजनिक सवारीसाधन प्रयोग गरेर जानेहरूका लागि छ देखि आठ घन्टा लाग्छ। निजी सवारी लिएर जानेहरू चारदेखि छ घन्टामै पुग्न सक्छन् बारपाक।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धार्मिक पर्यटनको क्षेत्र दाउन्नेदेवी

  • by

नेपालमा प्रशस्तरूपमा धार्मिक पयटकीय स्थानहरू छन् । त्यसमध्येको दाउन्ने देवीको आफ्नै महिमा र पहिचान छ । नवलपरासी जिल्लाको दुम्कीबास र बर्दघाटको बीचमा पहाड रहेको छ । यही पहाडी भागलाई दाउन्ने डाँडा भनिन्छ । यो ठाउँ बाइसे चौबिसे राज्य हुँदा पाल्पा राज्यमा पर्दथ्यो । हालका माकर, दुम्कीबास, वेलिवेनीपुर तमासपुर गाविस तत्काल मङ्गलपुर गाविसमा पर्दथे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेरो प्यारो ओखलढुंगा

तिम्रै सुन्दर हरियालीमा
तिम्रै शीतल बक्षस्थलमा
यो कविको शैशब काल बित्यो
हाँस्यो खेल्यो वनकुञ्ज घुम्यो
मेरो प्यारो ओखलढुंगा ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण हरियाली अनि छंग-छंग बग्ने छहरा । सुसेली हाल्दै बग्ने खोला । सेतै दन्ते लहर खोलेर मुस्कुराई रहेको हिमशृंखलाहरू । अनि दुई पहाड़को बिचबाट आफ्नै गतिमा बगिरहेको लिखुखोला । साच्चै सुन्दर र रमणीय छ ओखलढुंगा । त्यसैले त सिद्धिचरण श्रेष्ठले पनि ओखलढुंगाको बर्णन गर्न पछि परेका छैनन । भावना मार्फत ओखलढुंगालाई प्रस्तुत गरेका छन ।

बिभिन्न जात-जातिहरूको बसोबास । मध्यपूर्वमा पर्ने सागरमाथाको काखमा रहेको ओखलढुंगा जिल्ला । आफ्नै किसिमको महत्व बोकेका धर्मं, सस्कृति, परम्परा रीतिरिवाज । धरातलीय स्वरूपले पनि सुन्दरता जिल्ला स्वच्छ हावा, पानी, हराभरा अनि स्वच्छ वातावरण । “सयौ थुंगा फूलका हामी एउटै माला नेपाली” अर्थात नेपालको राष्ट्रिय गानको सर्जक ब्याकुल माईलाको जन्म थालो ओखलढुंगा ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

घुम्ने हो शैलुङ ?

  • by

“माथि माथि शैलुङ्गेमा चौंरी डुलाउनेलाई
हत्केलामा मायाको गुराँस फुलाउनेलाई”

यो शैलुङको रमाइलो ठाउँ र चौरी हेर्नका लागि काठमाडौंदेखि झन्नै १ सय ४० किलोमिटर पूर्व दोलखामा जान पर्छ । शेर्पा र तामाङ संस्कृति, रमणीय दृश्य, विभिन्न जंगली जडिबुटी र वनस्पति, चौंरीको दूधबाट बन्ने विभिन्न परिकार पाइने यो स्थान दोलखाको सदरमुकाम चरिकोटबाट झन्डै ५० किमि दक्षिणतर्फ रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पोकली झरना सेवा समाजका कामहरू

कुनै पनि विशेष लक्ष्य नलिइकन सामाजिक संस्थाको गठन गरिँदैन । संस्था गठन गरेर म गाउँ समाज र देशलाई यो कुरा दिनेछु भन्ने लेखाजोखा पहिले नै गरिनु पर्छ । हुन त यो देशमा सामाजिक संस्थाको नाममा डलरको खेती गर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

म्याङ्लुङ अर्थात् बिराले ढुङ्गा

  • by

नेपालको पूर्वाञ्चल क्षेत्रमा पर्ने कतिपय जिल्ला, जिल्ला सदरमुकाम, गाउँ विकास समिति तथा विभिन्न नठाउँका नाम स्थानीय भाषा र संस्कृतिका आधारमा राखिएका छन् । यस्ता ठाउँका नाममा स्थानीय जातिका मिथकहरू जोडिएका छन् । पूर्वाञ्चल विशेषगरी लिम्बू जातिको बाहुल्य भएको क्षेत्र हो । यसैले पनि यहाँका धेरैजसो स्थानका नाममा यही जातिको भाषा, सस्कृति र मिथकमा आधारित छन् । यी ठाउँका नाममा एक किसिमको मिथक जोडिएका कुरा स्थानीय तहमा मौखिक रूपमा हस्तान्तरित हुँदै आएको किम्बदन्तीहरूबाट थाहा पाइन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अब उचालौं धौलागिरि

  • by

हामीले हिमाल त उठायौं एसियाको माझ्मा, तर हिमालकै माझ्मा पर्ने धौलागिरि पर्वतलाई भने उचाल्न सकेका छैनौं। कञ्चनजङ्घा र सगरमाथा (एभरेष्ट) को उचाइ यकिन हुनुभन्दा पहिले विश्वको सर्वाेच्च शिखर धौलागिरि (८१६७ मिटर) थियो। अहिले उचाइको वर्गीकरणमा धौलागिरि सातौं नम्बरमा पर्दछ। तर, हिमाललाई उचाइले मात्र नाप्न हुँदैन। हिमालको मूल्याङ्कन बहुआयामिक पक्षमा हुनुपर्छ। पर्वतारोहणका मौजुदा चुनौती, भूस्वरुपको धरातलीय विशेषता, भौगोलिक एवं भौगर्भिक महत्व, जैविक विविधताका विशेषतालगायत सांस्कृतिक मौलिकताका दृष्टिले पनि केलायौं भने धौलागिरि हिमाललाई उचाल्न पुगेको छैन भन्ने निर्क्योलमा हामी पुग्दछौं।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शान्त र आत्मीय फाप्लु

  • by

सोलुखुम्बु भन्नासाथ विश्वको उच्च शिखर सगरमाथा सम्झ्िहालिन्छ। त्यसैले प्रायः स्वदेशी-विदेशी पदयात्री-पर्वतारोहीलाई लुक्ला, नाम्चे र सगरमाथा आधारशिविरले बढ्ता तान्छन्। तर सोलुखुम्बुमा घुमघामका लागि रमाइला ठाउँ अरू पनि प्रशस्तै छन्, जसमध्ये एउटा हो― फाप्लु-सल्लेरी।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पोकलीका प्राकृतिक सौन्दर्य

  • by

ओखलढुङ्गाको पश्चिमी भागमा अवस्थित पोकली पर्यटकीय दृष्टिले महìवपूर्ण मानिन्छ । उसो त ओखलढुङ्गा सांस्कृतिक, साहित्यिक तथा प्राकृतिकरूपले धनी छ । जिल्लाका ५६ गाविसमध्ये पोकली प्राकृतिकरूपमा अत्यन्तै सुन्दर क्षेत्र हो । पोकली यहाँ रहेको १३० मिटर उचाइ भएको पोकली नामको झरनाबाट रहन गएको बताइन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रोल्पा र रुकुमका सम्पदाहरू

  • by

कुनै पनि देशको कुनै पनि समयको कला, वास्तुकलाले त्यस देशको तत्कालीन सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक, राजनीतिक एवं वैदेशिक सम्बन्धका बारेमा समेत जानकारी दिने काम गरेको हुन्छ । कलाले मानव सभ्यताको उचाइलाई नाप्ने काम गर्दछ । जुन समयमा कलाको राम्रो विकास भएको हुन्छ, त्यस समयमा देश हरेक दृष्टिले सम्पन्न थियो भन्ने कुरा बुझ्न सकिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •