Skip to content

कला/साहित्य समाचार

20180610_PrakashPoudelMaila-News-01

रामकुमार पाँडे र प्रकाश माइलाको ‘हजार हाइकु’ विमोचित

हाइकुकारद्वय रामकुमार पाँडे र प्रकाश पौडेल ‘माइला’को संयुक्त हाइकुसङ्ग्रह ‘हजार हाइकु’ विमोचित भएको छ ।

गत असार २० गते बुधबारमा काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ गीतकार रत्नशमशेर थापा, प्रा डा खगेन्द्रप्रसाद लुइटेल, दामोदर पुडासैनी र महेश पौडेलले संयुक्त रुपमा कृतिको विमोचन गरे । दर्जनौ हाइजिनहरुको उपस्थितिको भव्य समारोहको बीच कार्यक्रम सम्पन्न भएको थियो ।

न्यु-योर्कमा कलाकार तथा साहित्यकार नदियाले समारोह भावुक बनाइन्

गत जुन १६,२०१८ शनिबारको दिन न्युयोर्कको ज्याक्सन हाईट्स बेलिजिनो सभा कक्षामा अन्तर्राष्ट्रिय साहित्य समाज न्युयोर्क च्याप्टरद्वारा आयोजित कलाकार तथा साहित्यकार नदिया लिबाँगको कविता संग्रह “नदिया लहर“ लोकार्पण कार्यक्रम भव्य सफलताको साथ सु-सम्पन्न भयो ।

20180317_LilaBallavNepal-News-02

मधुरस कविता बिमोचन कार्यक्रम

वीरगञ्ज भन्सार कार्यालयका कर्मचारी श्रीलीलाबल्लभ नेपालद्वारा रचित कविता संग्रह “मधुरस” को विमोचन कार्यक्रम भन्सारकै सभा हल कर्मचारी मिलन केन्द्रमा मिति २०७४/१२/०३ गते शनिवार सम्पन्न भएको छ ।

सपनासिंह ठकुरीको “मायाले जहर खनायो” गीत बजारमा

नायिका तथा मोडल सपना सिंह ठकुरीले मायाले जहर खनायो बोलको गीत बजारमा ल्याएकी छिन । गोरखा डिजिटल म्यजिक प्रा.लि र सपना सिंह ठकुरीको लगानीमा म्युजिक भिडियो. निमार्ण भएको छ । मोडलीङ क्षेत्रमा ख्याति कमाएकी ठकुरीले अहिले आफै म्युजिक भिडियो निर्माण गर्न थालेकी हुन ।

अमरको निर्दोष आँखा सार्वजनिक

अन्जु पन्त, रिमा गुरुङ होडा, शिव परियार, मिलन अमात्य, शिखा भारती त कहिले मेलिना राई, लगायतका तीन दर्जनभन्दा बढी गायक/गायिकाहरूले अमरको रचनाको गीतहरूमा सुन्दरभन्दा सुन्दर आवाज समेत दिइसकेका छन् भने अहिले “निर्दोष यी आँखालाई आँसुले कति धोएँ, कसम तोडी जानेलाई भूल्न धेरै रोएँ” बोलको गीत बानिका प्रधानको स्वर, अविदको संगीत रहेको अमरको शब्द रहेको यो गीतको म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको छ ।

न्यू​-योर्कमा कविता वाचन तथा अन्त्यहीन इच्छाको लोर्कापण

शनिवार, फेब्रुअरी​ ​२४, २०१८का दिन न्यू​-योर्क​स्थित ज्याक्सन हाइटस् हिमालयन याकमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यूयोर्क च्याप्टरले अनेसास बोर्ड अफ ट्रष्टी उपाध्यक्ष तथा वरिष्ठ साहित्यकार गीता खत्रीको साझा प्रकाशनबाट प्रकाशित छैठौं पुस्तक कृति अन्त्यहीन इच्छा कथासंग्रहको लोर्कापण कार्यक्रम तथा कविता बाचन कार्यक्रमको आयोजना गरेको थियो ।

कोहलपुरमा डाक्टरले सुने नवराजका कविता

कोहलपुर, बाँकेमा दोस्रो पटक कवि नवराज पराजुली सुनिएका छन् । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरका अध्ययनरत विद्यार्थीहरुको संयोजनमा बिहीबार कार्यक्रम आयोजना गरिएको छ । अघिल्लो पटक नेपालगंको महेन्द्र बहुमुखि क्याम्पसमा उनले आफ्ना कविताहरू वाचन गरेका थिए ।

साहित्यकार गीता खत्रीको नयाँ पुस्तक अन्त्यहीन इच्छा बजारमा

अमेरिकाको न्यू योर्कमा बस्दै आएकी साहित्यकार तथा अन्तर राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)कि केन्द्रीय पूर्व अध्यक्ष गीता खत्रीको नयाँ पुस्तक अन्त्यहीन इच्छा बजारमा आएको छ ।

हालसालै प्रकाशित उक्त पुस्तक अमेरिकामा उनले प्राप्त गरिसकेकी छिन् । उनको यो नयाँ पुस्तक छैठौ पुस्तक हो । साझा प्रकाशनद्वारा प्रकशित उक्त पुस्तक कथाहरुको संग्रह हो ।

‘भूकम्पपछिको साहित्यको धार’ विषयक अनुसन्धान कार्यशाला

किताब लेख्नकै लागि एउटा विश्व चर्चित र गम्भीर लेखक नेपालका जिल्ला जिल्ला गएर अनुसन्धान गर्छन्भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ तर यस्तै एउटा रमाइलो कार्यक्रम हालै मन्थलीमा सम्पन्न भएको छ । न सभापति, न स्वागत् भाषण न अतिथि केही पनि औपचारिकता नदिइकनै एउटा प्रोडक्टिभ साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमले अनुसन्धान र अनुभूति बाँड्ने मौका सहभागी सबैलाई दिएको छ । समाचार हो –३ नं. प्रदेश, रामेछाप जिल्लास्थित मन्थली नगरको ।

‘साउथ एसिया सेक्सन स्कुल अफ ल्याङ्ग्वेजेज्, कल्चर एण्ड लिङ्ग्विष्टिक अफ नेपाली एण्ड हिमालयन स्टडी’, लण्डनका प्रा.डा.माइकल हट सहभागी भएको ‘भूकम्प पछिको साहित्यको धार’ विषयक बौद्धिक कार्यशाला हालै मन्थलीमा सम्पन्न भयो ।

तीन दिने लोककला प्रशिक्षण कार्यशाला तथा गोष्ठी सम्पन्न

कोहलपुर, लोककलाको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ तीनदिने लोक कला प्रशिक्षण, कार्यशाला तथा गोष्ठी विहिबार उत्साहजनक रुपमा सम्पन्न भएको छ । कार्यक्रम नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, लोककला विभागको आयोजना तथा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको सहकार्यमा भएको हो ।

जिन्दगी हो आँसु हाँसो

साँच्चिकै मान्छेको जिन्दगी भन्नू नै आँसु र हाँसो हो कहिले रुनुपर्ने कहिले हाँसो छाउने मान्छेको जिन्दगीमा सधैंभरि एक समान कहिल्यै नहुने यस्तै रहेछ । जसरी रातपछि सूर्य मुस्कुराउँछ अनि जब सन्ध्या सुरु हुन्छ चन्द्र र ताराहरू मुस्कुराउँदै चम्किलो बन्छ र आकाश गंगामा चन्द्र र ताराहरू नै शक्तिशाली बन्छन् । यो संसारको भनौं या आकाश गंगाको खेल मान्छेको जिन्दगीमा बाँचून्जेल सधैं देख्न सकिन्छ । आकाश गंगाको अलग्गै, जति पनि जीव छन् संसारमा सबको अलगअलग र मान्छेको अलग्गै व्यथा र कथा हुन्छ यस्तै कथा, व्यथा समेटिएको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

2018010_BijayThapa_News-01

डिसीमा प्रख्यात चित्रकार सुबोध घिमिरेको एकल चित्रकला प्रदर्शन सुरु

नेपाल काठमाडौँ घर भै नेपाल प्रहरी ”सत्य, सेवा, सुरक्षा” सेवामा २८ वर्ष काम गरी निवृति लिएका चर्चित चित्रकार सुबोध घिमिरेले अमेरिकाको डिसी महानगर क्षेत्रमा अमेरिकामा नै आएर बनाएका चित्रहरुको एकल चित्रकला प्रदर्शन गरेका छन् l

चौथो जगदीश घिमिरे स्मृति सभा सम्पन्न

नेपाली आख्यान साहित्यका धरोहर तथा चर्चित साहित्यकार जगदीश घिमिरेको सम्झनामा गएको हप्ता मन्थलीमा ‘जगदीश घिमिरे प्रतिष्ठान’ को आयोजनामा विविध कार्यक्रमका बीच एक भव्य साहित्यिक कार्यक्रम सम्पन्न भयो ।

प्रतिष्ठानका अध्यक्ष दुर्गा घिमिरेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा राजधानीबाट आएका विभिन्न विधाका चर्चित, स्थापित र स्वनामधन्य दुई दर्जन साहित्यकारहरुको समेत सक्रिय उपस्थिति रहेको थियो ।

20171228_BijayThapa-News

अमेरिकामा मालती मङ्गलेका नायक प्राज्ञ हरिबहादुर थापा सम्मानित

अमेरिकाको कोलोराडोमा गत डिसेम्बर २३ तारिख, २०१७मा मालती मंगलेका नायक तथा वरिष्ट वरिष्ट रंगकर्मी हरिबहादुर थापालाई सम्मान गरिएको छ । अमेरिका पुगेको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाले वरिष्ठ रंगकर्मी, अभिनेता, निर्देशक, तथा संगीत नाट्य प्रतिष्ठानका पूर्व प्राज्ञ हरिबहादुर थापालाई सम्मान गरेको हो ।

अनेसास बेल्जियमको पदभार हस्तान्तरण र कविता गोष्ठी

गत अक्टोबरमा लुभेनमा सम्पन्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको अधिवेशनमा गठित नयाँ कार्यसमितिको पदभार हस्तान्तरण र बझबुझारथ एक कार्यक्रमवीच गत २४ डिसेम्वरमा एन्तोर्पेनमा भयो ।

सुरेन्द्र महर्जनको “अमर-२” सार्वजनिक

राजधानीमा हालै कवि, गीतकार, गायक, चित्रकार एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” को १६ औं कृति “अमर-२” गीति एल्बम गीतकार संघका अध्यक्ष चुडामणि देवकोटाबाट सार्वजनिक भएको छ । अमर-२ गीति एल्बम ओएसनेपालको प्रस्तुतिमा बजारमा निस्किएको छ ।

20171223_KapilAnjan-News

नेपालगञ्जमा सुनिए कवि नवराज पराजुली

कवि नवराज पराजुलीको नेपालगञ्जमा कविता कन्सर्ट सम्पन्न भएको छ । नेपाली साहित्य परिवार महेन्द्र बहुमुखी क्याम्पसको आयोजनामा गरेको कार्यक्रममा पराजुलीले ५ वटा कविता वाचन गरेर सुनाए ।

करिब १ घण्टाभन्दा बढी समय उनले आफ्ना शसक्त कविताहरू वाचन गरे । पराजुलीले च्याउ, सगरमाथाको गहिराइ, ह्याब्बी बढ्डे, कविता वाचन गर्दा दर्शकहरू कति धेरै पटक भावुक बने । उनले खोया र मैझारोको कविताले प्रेमलाई छोएर संयोग र वियोगको प्रसङ्गलाई उठाएका थिए ।

20171212_BijayThapa_News

अमेरिकामा स्व. कविताराम श्रेष्ठको सम्झनामा श्रद्धाञ्जलीसभा

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा स्व. कविताराम श्रेष्ठको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ l नेपाली साहित्यका वरिष्ठ साधक स्व. कविताराम श्रेष्ठको निधनमा अमेरिका नेपाल साहित्य प्रतिष्ठानले एक श्रद्धाञ्जली सभाको आयोजना गर्यो । सर्वप्रथम दिवँगत श्रेष्ठको तस्वीरमा पुष्पार्पण गरेपछि एक मिनेट मौन धारण गरिएको थियो ।

ग्रेट फल्स उपन्यास अनेसास सर्वोत्कृष्ट पुस्तक घोषित

झोला चलचित्रका लेखक तथा साहित्यकार कृष्ण धरावासीको ग्रेट फल्स उपन्यास २०१७ को अनेसास सर्वोत्कृष्ट पुस्तक घोषित भएको छ l धरावासीले खुशी व्यक्त गर्दै अनेसासलाई धन्यवाद दिएका छन् l अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली साहित्यका विविध विधामा लेखिएका उत्कृष्ट पुस्तकहरुलाई प्रदान गर्ने गरेको अनेसास उत्कृष्ट पुस्तक पुरस्कार २०१७ को नतिजा छापा विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको छ ।

20171029_BijayThapa_News-01

अमेरिकामा मदनकृष्ण श्रेष्ठको “महको म” पुस्तक विमोचित

अमेरिकामा वरिष्ठ हाँस्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठको जीवनी सम्बन्धी लेखिएको “महको म “पुस्तक विमोचित भएको छ । अमेरिकाको डीसी महानगर क्षेत्रमा २६ वर्ष पहिले नेवा संस्कृति, भाषा, कला र परम्परालाई स्थापना गर्ने उद्देश्यले स्थापित नेपा: पासा पुचः अमेरीकायको नेपाल सम्बत ११३८ भिन्तुना तथा २६ औ बार्षिक उत्सवमा उक्त पुस्तक विमोचन गरियो ।