जगतको सृष्टि बारे थारु संस्कृतिको कथा
प्यारा भाइबहिनीहरू ! यो संसारको सृष्टि सम्बन्धी विभिन्न क्षेत्रहरूको दृष्टिकोण बेग्लाबेग्लै छ । सबैभन्दा प्रमाणित आधार चाहिँ वैज्ञानिक दृष्टिकोण नै हो । यस कुरामा त्यत्ति ठूलो मतैक्यता छैन । यहाँ भने थारु संस्कृतिमा संसारको सृष्टि बारे रोचक कथा प्रस्तुत गरिन्छ ।
एक समय यहाँ चारैतिर अन्धकार र जलमग्न थियो । निरंजन ठाकुर नाम गरेका सत्परुष र अन्धाअन्धी दम्पति बाहेक कुनै प्राणी र जमिनको अस्तित्व थिएन । ती तीनै जना पानीमा तैरिएका थिए ।