पाठा र स्याल (नीति कथा)

जङ्गलको छेउमै रहेको एक घरमा तीन वटा बाख्राका पाठाहरू थिए । तिनीहरू सँधै सँगै चर्न जान्थे । ती पाठाहरूमाथि धेरै दिनदेखि स्यालको नजर गडेको थियो ।
Read More »पाठा र स्याल (नीति कथा)
जङ्गलको छेउमै रहेको एक घरमा तीन वटा बाख्राका पाठाहरू थिए । तिनीहरू सँधै सँगै चर्न जान्थे । ती पाठाहरूमाथि धेरै दिनदेखि स्यालको नजर गडेको थियो ।
Read More »पाठा र स्याल (नीति कथा)
प्यारा भाइबहिनीहरू ! यो संसारको सृष्टि सम्बन्धी विभिन्न क्षेत्रहरूको दृष्टिकोण बेग्लाबेग्लै छ । सबैभन्दा प्रमाणित आधार चाहिँ वैज्ञानिक दृष्टिकोण नै हो । यस कुरामा त्यत्ति ठूलो मतैक्यता छैन । यहाँ भने थारु संस्कृतिमा संसारको सृष्टि बारे रोचक कथा प्रस्तुत गरिन्छ ।
एक समय यहाँ चारैतिर अन्धकार र जलमग्न थियो । निरंजन ठाकुर नाम गरेका सत्परुष र अन्धाअन्धी दम्पति बाहेक कुनै प्राणी र जमिनको अस्तित्व थिएन । ती तीनै जना पानीमा तैरिएका थिए ।
धेरै वर्ष पहिलेको कुरा हो, हुंगुखोला किनारतिर किरात वंशको एक समुदाय बसोवास गर्ने गर्दथे । उनीहरु जंगली जीवनबाट कृषि युगतिर विकसित हुँदै गइरहेका थिए । तथापी उनीहरु जंगली जनावरको शिकार गर्ने तथा सोको मासु खाने चालचलन भने कायम नै थियो । यो किराती वंशको समुदायभित्र पनि वंशजीय रुपले फरक फरक वंशका समूह थियो । ती समूहहरुमध्ये खप्दुलुका सन्तानहरु हालको बुङको पिल्मो गाउँमा फैलिएर रहन थाले ।
Read More »कसरी छुटे पिल्मोस् र नाम्लुवासअरुण नदीको किनारमा, सतीघाट भन्ने स्थान छ । जहाँबाट अरुण नदी वारपार गर्ने नाऊ लाग्छ । काठको नाऊमा राखेर माझीहरूले बटुवाहरूलाई वारि र पारी आवत जावत गर्न सजिलो पारेका छन् ।
Read More »सतीको सराप
जसको कपालमा मन्दार फूलको मालाले शोभा दिएको छ, जुन भगवान शंकरको शिरमा चन्द्र र घांटीमा मुण्डोंको मालाले सुसुजित भएको छ, जो माता पार्वती दिब्य बस्त्रहरूले शोभायित छन तथा भगवान शंकर दिगम्बर भेष धारण गरेका छन उनी दुई भवानी-शंकरलाई नमस्कार गर्दछु ।
कैलाश पर्वतको शुन्दर शिखरमा पिपलको बोट मुनि दम्पती दुई मिठा मिठा कुरा गर्दै काखमा पल्टिरहेकी माता पार्वतीले श्री महादेवजीलाई सोध्नु भयो – हे महेश्वर मलाई गोप्यभन्दा गोप्य कुरा भन्नुहोस जुन हजुरलाई मात्र थाहा छ र !
धेरै-धेरै वर्षे पहिले शहरको एक विशाल मन्दिरमा एक हुल परेवाहरू आनन्दसँगले जीवन बिताइरहेका थिए । ती हुल मध्ये एक जोडी परेवाहरूलाई आफूले दुनियालाई केही सघाउन नसकेकोमा आफ्नो जीवन निरर्थक लागेछ किन भने उक्त मन्दिरमा अर्काले व्यवस्था गरी दिएको चारो, पानी, गुँड आदिमा पर निर्भर भएर बाँच्नु परेको थियो । त्यसैले अरु केही नभए पनि जुन मुलुकमा घडी छैन र घडीको अभाव मानिसहरूलाई समय सदुपयोग गर्न अप्ठ्यारो भएको छ । हामी त्यहाँ गइसमयको जनाउ गर्दै मानव सेवा गरौं भन्ने विचार उनीहरूले गरे ।
खोटाङ, भोजपुर, उदयपुर लगायतका पूर्वाञ्चलका जिल्लाहरूमा हरेक सालको नववर्षसितै बुद्धपूर्णिमाछेक ढोल-झ्याम्टा बजाएर राईहरू चण्डीनाच नाच्छन् । फागु वा चण्डी नाचेर साकेला पूजा गर्दै धुमधामले पितृपूजा गर्दै उँभौली पर्व मनाउँछन् । प्रागैतिहासिक ढुङ्गेयुग, शिकारयुग र कृषियुगका पुर्खाहरूका विविध कार्यको अभिनय गर्दै विभिन्न शीलीमा राईहरू फागुनाच गर्छन् । यस्तो साँस्कृतिक पर्व चण्डीनाचको प्रारम्भिक कथाको सोधीखोजी गर्दा खोटाङ जिल्लाको दक्षिणी छुलुवार भेग फाक्टाङका बयोबृद्ध धुर्वजित चाम्लिङ राई यस्तो किम्बन्दन्ती कथा सुनाउँछन् ः-
खोटाङ जिल्लाको मलायाथुम्कीमा पातेसुङ र दिलिदुङ नामका किराँत पति-पत्नी बस्थे । उनीहरू कपासखेती गर्थे, धागो काट्थे र तानमा कपडा बुन्थे । यी किराँत दम्पत्तिका तोयामा र खियामा नामका दुई छोरी र हेचाकुप्पा भन्ने एउटा छोरा थिए । हेचाकुप्पा सानै (दूधे बालक) हुँदा पातेसुङ र दिलिढुङको देहान्त भयो । उनीहरूले मर्ने बेलामा तोयामा- खियामालाई भनेका थिए ः ‘सानो भाइलाई राम्रोसित पाल्नु-तिमीहरू सधैँ मिलेर बस्नु !’
प्यारा भाइबहिनीहरू ! यो संसारको सृष्टि सम्बन्धी विभिन्न क्षेत्रहरुको दृष्टिकोण बेग्लाबेग्लै छ । सबैभन्दा प्रमाणित आधार चाहिँ वैज्ञानिक दृष्टिकोण नै हो । यस कुरामा त्यत्ति ठूलो मतैक्यता छैन । यहाँ भने थारु संस्कृतिमा संसारको सृष्टि बारे रोचक कथा प्रस्तुत गरिन्छ ।
एक समय यहाँ चारैतिर अन्धकार र जलमग्न थियो । निरंजन ठाकुर नाम गरेका सत्पुरुष र अन्धाअन्धी दम्पति बाहेक कुनै प्राणी र जमिनको अस्तित्व थिएन । ती तीनै जना पानीमा तैरिएका थिए । तीनै जना शक्तिशाली थिए । अन्धाअन्धी दम्पतिबीच प्रगाढ मायाप्रेम थियो । एकले अर्काको भावनाको कदर गर्थे । पतिव्रता र पग्नीव्रतका कारणले उनीहरू शक्तिशाली भएका थिए । पतिसँग दिव्यदृष्टि थियो । उनी अघि र पछिका सम्पूर्ण कुरा जान्दथे । जलको वाहेक अर्थोकको आवाज सुन्ने स्थिति त्यहाँ थिएन । सत्पुरुष निरंजन ठाकुर संसारको सृष्टि गर्ने इरादाले चारैतिर घुमफिर गर्दै निरीक्षण गर्न थाले । अकस्मात् उनले अन्धाअन्धी दम्पतिलाई देखे । अब भने उनको दिमाखमा एक किसिमको बुद्धि आयो ।
नेपालको हालको सुनकोसी नदी पूर्व र अरुण नदी पश्चिम बीचको भू-भागलाई उहिल्यै किराँत खम्बुवान्् नामले चिनिन्थ्यो । यहीँ किराँत खम्बुवान्को एउटा गाउँको एक घरमा एक जना बुहारी, दुई जना राउसे र बाउसे भन्ने मान्छे बसोबास गर्थे । यिनीहरूले गर्नुपर्ने कामको विभाजन पनि मान्छेअनुसार बेग्लाबेग्लै छुट्याइएको थियो । समाजमा चलेको चलनअनुसार बुहारीको भागमा घरधन्दा, बाउसेको भागमा हलो जोत्ने र राउसेको भाग भने गाईवस्तु चराउने परेको थियो । काम छिटो र राम्रो होस् भनेर काम विभाजन गरिए तापनि यी तिनै जना अल्छे भएकाले कहिल्यै चित्तबुझ्दो काम गर्दैन थिए ।
संसारका प्राणीहरूलाई दुःखबाट मुक्त गराई सुख र शान्ति उपलब्ध गराउने अभिप्रायबाट प्रेरित भई रात दिन तल्लीन प्राणीहरूलाई तार्ने काममा लागि राखेका भगवान् लोकेश्वरीले पृथ्वीमा नजर लगाउनु हुँदा असङ्ख्य प्राणी दुःखमा परी छटपटाइ रहेका थिए । त्यो करुणामय भावबाट विभोर भएर दुई थोपा आँसु आँखाबाट छचल्किएछ । गहभरी छचल्किएका ती आँसुका थोपा भुईमा खस्न नदिई हातमा लिएर तिमीहरूले पृथ्वीमा अवतार लिएर संसारका सबै प्राणीहरूलाई दुःखबाट मुक्त गर्ने मेरो काम मलाई सहयोग गर भन्ने आशिर्वाद दिएछन् ।
चीनको एउटा गाउँमा एउटा परिवार बस्तथ्यो । त्यो परिवारमा आमा, बा र तिनीहरूका नौजना छोरीहरू बस्तथे । त्यो गरिब परिवार थियो । छोरा नभई स्वर्ग गइन्न भन्ने अन्धविश्वासले गर्दा त्यो घरमा वर्षैपिच्छे बच्चा जन्मन्थ्यो तर जति बच्चा जन्मे पनि छोरा भने जन्मेन । दसौँ छोरी जन्मिदा आमाको स्वास्थ्य एकदमै खराब भयो । छोरी नै छोरी जन्माएको भनेर बाबुले पनि उनीहरूको राम्रो हेरचाह गरेनन् । अन्तमा आमा र दसौँ बच्चा दुबैको मृत्युभयो । त्यसपछि ती केटीहरू टुहुरा भए ।
सृष्टिको उत्पत्तिताका यो धर्ती पानी नै पानी भरिएको जलाम्य सिंगो महासागर थियो रे । आफ्नो सृष्टिलाई सुन्दर बनाउन यहाँ थुप्रै जीव जीवात्माहरुको कल्पना माङ-सृष्टिकर्ता परमेश्वर)ले गरे रे । त्यसको लागि सृष्टिमा जलमात्र होइन थल जमिनको आवश्यकता माङले महसशुस गरे । त्यसको लागि माङले सबैभन्दा पहिले ३ वटा पिपलको पातको उत्पत्ति गरे । माङले एउटा पातले जलाम्य धर्ती छोपे ।
हिमालयको सृजनापछि भगवान्का अगाडि एउटा नयाँ समस्या उपस्थित भयो । हिमालय त्यति विस्तृत, उच्च आफ्नै सुन्दर भए तापनि त्यसको उपयोग गर्ने तथा अन्य कुनै जीवात्मासँग त्यसको सम्बन्ध स्थापित गर्ने त्यहाँ कुनै व्यक्ति थिएन । तसर्थ भगवान्ले त्यस विपुल हिमपुञ्जमा बोखोपी नाम गरेको एकजना मानिसको सृष्टि गरे र साथै सन्तसुरुख नाम गरेकी उसकी स्त्रीको पनि । बोखोपी र सन्तसुरुखको दाम्पत्य जीवनका सिलसिलामा एउटी छोरीले जन्म पार्इ । उनको नाम रह्यो सुम्निमा । उ वृन्दावनमा बस्तथी ।
गोनु झालाई तर्क, बुद्धि एवं धुर्त्याइँले जित्न साह्रै मुस्किल थियो । गोनु झा चतुर्र्याइँ, न्याय र वाक्पटुतामा निपुण थिए । उनका गुणहरूको कदर त्यतिबेलाका राजा पनि गर्दथे र उनी प्रतिष्ठित व्यक्तिहरूमध्ये गनिन्थे । त्यसो त गोनु झाका बारेमा रमाइला र घतलाग्दा थुप्रै कथाहरू छन् तापनि उनका बठ्याइँ देखिने केही कथा यहाँ प्रस्तुत गरिएको छ ।