अन्य बिधा (कथा)
अल द बेष्ट
छ्या! कस्तो प्यारीको वैँशभन्दा पनि उखर्माउँलो गर्मी आज! साँच्ची…मोरीले बिहानै फोटो राखेकी थिई। कारखाना जान ढिला हुनाले प्रोफाईल हेर्न पनि पाईएन! मेरो साहुँ एकदमै किचकिचे छ…।
सधैँ मोटिका फोटोसँगै आँखा जुधाँएर बस्ने भएर हुनुपर्छ, मोटिको टाईमलाईनको नक्शा निकै प्रष्ट छ मलाई। उसको ‘विईसिङ्ग फर चेन्ज’ वाला पोष्ट पछाडि हामी एस्तै गर्मी छेल्न भद्रकाली जाँदाको फोटो थियो, आजैँ हटाईछे…सिधैँ उसको नत्थीवाला फोटो देखियो। नत्थि लगाएका यूवतीले मलाई पगालीहाल्छन्। मोरीले त नत्थि नलागाँउदै पगालेकी हो!
फ्लाइट नं : QR ६५१
समय : राति ९:३० बजे
सम्झना ,
कानै थर्किने गरि जहाज ले आवाज निकाल्दै काठमान्डू स्थित अन्तरास्ट्रिय विमानस्थल बाट जमिन छोड्यो !
बानेस्वर मा रहेको म ! नसुन्ने कुरै भएन !
समय उही गते बार फरक तर मलाइ जहिले रात को साढे नौ बज्दा एकैपल्ट मुटु थर्किन्छ ! कारण यहि हो त्यहि भाडो जहिले त्यहि समय मा उड्ने पापी भाडो जसले मलाई र तिमीलाई हजारौ किलोमिटर टाढा पुर्याईदियो कहिले भेट्न नसक्ने गरि ! त्यहि कतार एयरवेज को जहाज जसले तिमीलाई र मलाइ रूहाउदै अलग पारिदियो !
मेरो प्रश्नको जवाफ उस्ले प्रश्नले नै दिई ।।
मेरो प्रश्नको जवाफ उस्ले प्रश्नले नै यसरी दिई ।।
यस्तै जाडोको बेला थियो । म टोलाइरहेको थिँए । तर किन ? खै याद नै भएन । लाख कोसिस गर्दा पनि यो दिमागले सम्झिन नै सकेन । त्यतिकै मा पछाडीबाट कसैको आवाजले मलाई बोलायो । मैले शिर घुमाए ,जता बाट आवाज आएको थियो । मेरो सामु हातमा फुल लिएर उभिएकी थिइन् चढ्दो बैशालु उमेर कि एक युवती । “सानू ,तिमि कता हिडेकी हातमा फुल बोकेर ?” मेरो यो प्रश्नको जवाफमा उस्ले हातको त्यो फुल मेरो अगाडी राख्दै अनि ओठ टोक्दै भनी ” आशुतोष ,के तिमी र म मिलेर एउटा love story बनाउन सक्दैनौं ?” अनि मैले त्यो फुल………दुबैको ओठमा मुस्कान……….
धरहरा चढ्ने मनभित्रको त्यो रहर ….
सोचेथें, एकदिन म पनि स्नातक उत्तीर्ण भएर त्यो सुन्धारानेरको धरहरा चढौला । स्नातक उत्तीर्ण भएपछि मसँग पनि त हुने छ एउटा जागिर, एउटा गलफ्र्याण्ड, काली होस वा गोरी कोई त होली मेरो नि! तर, समय बडो निष्ठुरी बन्यो मेरा लागी । म स्नातक उत्तीर्ण भएँ, साह्रो खुशी लाग्यो । तर, जागिरले मसँग नाता तोड्यो, कालीले नि मसँग नाता तोडी । म एक्लो भएँ । कति रहर थिए मनभित्र ! उत्तीर्ण भएर कालीसित, काठमाण्डौलाई धरहराउपर चढेर नियाल्ने मेरो रहर थियो । त्यो धरहरा सधैं मुस्काइरहन्छ । धरहरा भन्दछ, आऊ मेरो समीप, मेरो बुई चढेर तिमीले हेर ती सुन्दर-सुन्दर दृश्यहरु! तर, कति जटिल बन्यो मेरो मनको यो रहर!
माधुरी दीक्षितको डायरी
केही वर्षपहिले भारतीय सिनेतारिका माधुरी दीक्षित काठमाडौँ आएकी थिइन्। उनले नेपाललाई भारतकै प्रान्त भनेर कतै प्रतिक्रिया दिएपछि नेपालमा ठूलै होहल्ला मच्चिएको थियो। माधुरी दीक्षितले खेलेका फिल्महरू बहिष्कार गर्नेसम्मको आन्दोलनको धम्की गयो। माधुरी दीक्षितले सायद कुनै सञ्चारमाध्यममार्फत माफी मागेर समस्यालाई सामसुम पारेकी थिइन्।
मेरो महाप्रस्थानको यात्रा
केही दिनेदेखि म अलि गलेको थिएँ । मलाई विसञ्चो भइरहेको थियो । अचानक म मरेँ । म त्यो दिन सम्झन्छु-२०६५ साल पुस २१ गते सोमवार थियो । मैले अन्तिम स्वास प्रवाह गर्दा, यो संसर छाडद्ा ठ्याक्कै त याद भएन, त्यस्तै तीन बजेको हुँदो हो । पारिलो घाम ताप्दाताप्दै मलाई एक्कासी हिक्क हिक्क भयो, अलिकित बान्ता गरेँ, नाकबाट अलिअलि रगत पनि बग्यो र म खुतुक्के परेँ छोराहरू कोही घरमा थिएनन् । छोराहरूको काखमा मर्ने धोको थियो तर त्यसो हुन नसके पनि श्रीमतीको काखमा मेरो प्राणान्त भयो । मैले यो नश्वर जीवन छाडेँ ।
“एकान्तका आफन्ताहरु ।।।।”
कस्तो अचम्म र आनौठो छ है ।मानिस् को जिवन भौतिक परिबेसको धरातलामा सुख अनि रमाइलोको खोजिमा दु;ख ,पिडा समस्याहरु लाई अन्तर हृदयको गहिरो सगर मा छीपाई कहाँ-कहाँ भौतरिदै अनेकौ कठिनाई आरोह अबरोह को संघर्समय गोरेटोमा पिल्सिदै समयको चक्र सँग कहिले यता कहिले उता बर्षात को भेल झै यता ठोकिदै उता ठोकिदै अन्त मा बगर मा फालिएको ढुङ्गा झै बेबारीसे अवस्थामा पुग्ने यो जिन्दगीमा के आस ?
परिवर्तन
‘क्रिस्मस ट्री ल्याउन त ढिला भयो भयो अब सजाउने काममा त सघाउ, क्रिसमस आउन केही दिन मात्रै त बाँकी छ अब, अरु सबै छिमेकिहरुले क्रिसमस ट्री सजाएको एक हफ्ता हुन लागिसक्यो ”
मलाई क्रिसमस ट्री सजाउन प्रयोग हुने बत्ती, घन्टिहरु, कपास अनी झिलिमिली कागजका टुक्राहरु भएको बाकस दिंदै मेलानी अरु साथीहरुलाई बोलाउन गइन।