मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
पुस्तक/कृति समीक्षा
भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
editor — Sat, 01/16/2021 - 14:01
साहित्यकार भेषराज रिजाल “बालुवाको मुठ्ठी (गीति कविता सङ्ग्रह,२०५७)”बाट कृतिकारको रूपमा उदाएका हुन्। आफ्नै दाजुभाइको मारामारले देश रोएको देख्दा उनको मन पग्लिएर देश रुन दिनुहुन्न भन्ने सन्देश दिँदै “देश सधैँ रुने छैन (कविता सङ्ग्रह,२०५९)” सिर्जना गरे । देश प्रदेशको यात्रासँगै उनको लेखनीले निरन्तरता पाइरह्यो। यात्रामा उनका पाइला जति अघि बढ्थे, त्यति त्यहाँको आर्थिक, सामाजिक, प्राकृतिक, सांस्कृतिक, भौगोलिक, धार्मिक आदि यथार्थतालाई कोर्दै २०६८ सालमा “मेरा पाइलाहरू” र २०६९ सालमा “छरिएका पाइला कोरिएका डोब” नामक नियात्रा सङ्ग्रहहरू पाठकसामु ल्याइपुर्याए। प्रथमतː आफूलाई कविको रूपमा चिनाउन सफल भएका भेषराजको कलम कविताबाट कहाँ अलग्गिन सक्थ्यो र ? २०७२ सालमा “अनमोल पुरस्कारहरू” नामक कविता सङ्ग्रहमार्फत पाठकमाझ फेरि झुल्किए। आज भने रिजालको पछिल्लो साहित्यिक कृति “बिसौनी वल्तिर” (नियात्रा सङ्ग्रह, २०७७)मा घोत्लिन थालेको छु म।

मनोहर कुमार पोखरेलको ‘समाचार’
editor — Sat, 01/16/2021 - 13:37
समाजका जल्दाबल्दा परिस्थिति र घटनालाई कथानक बनाई कथा लेख्ने कथाकार मनोहर कुमार पोखरेलको समाचार शैलीमा लेखिएको ‘समाचार’ कथामा वर्तमान परिस्थितिमा आम युवाहरूको भोगाइलाई हुबहु लेखोट गरिएको छ ।
मनमा आँधी चलाउने खालको नियतिले ठगिएको परिस्थिति समेट्ने ध्येयले सिर्जित ‘समाचार’ कथाले साहित्यको क्षेत्रमा नवीनता भित्र्याएको छ । हातमुख जोर्ने क्रममा विदेसिँदाको पीडा कथामा वर्णित छ । सोचेजस्तो नहुने, नियतिले पढाएजस्तो मात्रै हुने र समग्रमा सम्झौतामा जीवन बाँच्नुपर्ने अवस्थालाई सफलताका साथ चित्रण गर्ने क्रममा कथाले आकार लिएको देखिन्छ ।
- Add new comment
- Read more
- 11 reads

कमल आचार्यको कोसेली भित्र पस्दा
editor — Sat, 10/24/2020 - 08:44
परिचय–
होनहार प्रतिभा कमल आचार्यजी (वि.सं.२०००)को ७५औं जन्म दिनको अवसरमा दुईओटा कीर्तिहरू ‘‘कोसेली’’(२०७५) र ‘‘व्यवहारिक दर्पण’’ (२०७५) विमोचनमा आए । त्यसै दिन विमोचन समारोहमा म पनि सहभागी हुने मौका पाएको थिएँ । उहाँ मसँग पूर्व परिचित भए पनि उहाँको कवित्व शक्तिको बारेमा मलाई थाहा थिएन । उमेरको हिसावले उहाँ मेरो दाज्यू नै पर्नुहुन्छ भने भावनात्मक रूपमा उहाँ मेरो सहृदयी मित्र हुनुहुन्छ ।
- Add new comment
- Read more
- 60 reads

‘ब्याक बेञ्चर’ निबन्धसङ्ग्रह : स्वपठन र बुझाइमा
editor — Sun, 10/11/2020 - 11:48
काठमाडौँ खाल्डामा आफ्ना बालबचेरा छाडी रामेछापतिरको प्रख्यात विद्यालयका विद्यार्थीका प्यारा शिक्षक पेशल आचार्यले आफनो व्यक्तिगत, घरपरिवार र विद्यालयको व्यस्त समयको जिम्मेवारीका बाबजुद पनि आफनो व्यक्तिगत, पारिवारिक तथा शिक्षण कार्यका बीचमा आफूले देखेका, भोगेका तथा लागेका विषयवस्तु ‘ब्याक बेञ्चर’ निवन्ध सङ्ग्रहका रूपमा प्रस्तुत गरेका छन् । २०३६ सालदेखि निरन्तर साहित्य लेखनमा व्यस्त आचार्यको यो कृति एक अर्को कोसेढुङ्गा हो । यस अघि यिनका नौवटा कृतिहरू प्रकाशित भैसकेका छन् । सातवटा बाल साहित्यका र तीनवटा प्रौढ साहित्यका कृति नेपाली साहित्यको भण्डारमा दिइसकेका आचार्य लेखन, शिक्षण र प्रशिक्षणमा रमाएका व्यक्ति हुन् ।
- Add new comment
- Read more
- 132 reads

संसार हाँक्ने युवालाई सम्बोधन गर्ने निबन्धको पुस्तक ‘ब्याक बेञ्चर’
editor — Sat, 06/20/2020 - 18:45
भनिन्छ – साहित्यमा धेरै ‘सेक्स’ बिक्छ । त्यसपछि ‘अपराध’ बिक्छ र सबैभन्दा कम ‘आदर्श’ बिक्छ । यो आजको लेखकीय बाध्यता हो । तर केही यस्ता लेखकहरू पनि समाजमा हुन्छन् जो बिकाउ हुन्छ भन्दैमा सेक्स र अपराधलाई मात्र बढावा दिँदैनन् । तिनीहरू जीवनपर्यन्त आदर्शलाई नै शिरोधार्य गरेर लेखनमा समर्पण भैरहन्छन् । विगत् चार दसकदेखि यसैगरी लेखनमा समर्पण भैरहने साहित्यिक स्रष्टा हुन् – पेशल आचार्य । यिनी मूलत: कवि, निबन्धकार र कथाकार हुन् । तर अहिले चाहिँ यिनी निबन्धकार ‘गेटअप’मा देखापरेका छन् र यो परिचयमा यिनलाई ल्याएको छ निबन्ध कृति –‘ब्याक बेञ्चर’ले ।

विश्वेश्वरप्रसाद कोइराला महाकाव्यमा सूक्ष्म दृष्टि
editor — Mon, 03/30/2020 - 19:22
परिचय– विश्वेश्वरप्रसाद कोइराला महाकाव्यका सिर्जनाकार हुनुहुन्छ कोशलराज पौड्याल । कोशलराज पौड्यालको जन्म २००३ साल भाद्र २६ गते छहरा गा.वि.स.वडा नं ५, मगाल, पाल्पामा भएको थियो । उहाँ पिता हुमलाल पौड्याल र माता हिमकला पौड्यालका सुपुत्र हुनुहुन्छ । शास्त्रीसम्मको अध्ययन गरेका कोशलको पेशा मा. वि. शिक्षण रहेको र हाल उहाँ निवृत्त हुनु भएको छ ।
- Add new comment
- Read more
- 228 reads

जिन्दगीका जङ्घारहरूमा रुमलिन्दा
editor — Thu, 03/12/2020 - 19:42
तन मन सब साझा देह मन्दिर साझा
वन उपवन साझा शैलमाला हिमाल
जल पवन प्रकाश दिव्य माटो छ साझा
तर पनि मन हाम्रो भैदिए नित्य बाँझो
यी माथिका श्लोक, सल्यान गा.वि.स.–८ गैह्राथोक कास्कीमा वि.सं.२००२मा जन्म भै हाल भरतपुर नगरपालिका –६, पारस नगरमा स्थायी बसोबास गर्ने पिता विष्णुप्रसाद उपाध्याय र माता मनरूपा उपाध्यीका कनिष्ठ सुपुत्र डी.डी.शर्मा (डम्मरुदेव शर्मा)ले आजको संसारमा प्रकृतिले प्रदान गरेका सबै चिज साझा हुँदा हुँदै पनि मानव मन साझा हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।
- Add new comment
- Read more
- 232 reads

सुरेन्द्र महर्जन"अमर" को २३औं कृति सार्वजनिक
editor — Fri, 01/31/2020 - 19:33
मान्छेभित्र रहर अनि चाह हुनु ठुलो हो कथामा लामो विद्या उपन्यास हो ‘साहित्यमा सबैभन्दा बढी पढिने विधा भन्नुपर्दा उपन्यास हो l यस्तो सर्वाधिक लोकप्रिय विधाको कृति सार्वजनिक गरेर सुरेन्द्र महर्जन ‘अमर’ले पठन संस्कृतिलाई प्रोत्साहित गर्ने काम गर्नुभएको छ l’ कथा, कविता, गीत, हाइकु, ताङ्का, मुक्तक, उपन्यास लगायत साहित्यका विविध विधामा कलम चलाउँदै आएका सुरेन्द्र महर्जन ‘अमर’को २३औं कृति एव म चौथो उपन्यास ‘स्माइल ड्रिम’ को लोकार्पण समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै वरिष्ठ गीतकार भूपाल राईले यी कुराहरू भनेका हुन् ।
- Add new comment
- Read more
- 355 reads

वेदप्रसाद शर्मा ढकालज्यूको जीवन यात्रामा रमाउँदा
editor — Fri, 01/03/2020 - 19:40
पिता स्व. प. होटराज ढकाल र माता स्व. उमादेवी ढकालका सुपुत्र श्रीवेदप्रसाद शर्मा ढकालको दोस्रो कृतिको विमोचन, महाकवि लक्ष्मीप्रदा देवकोटाको १११ औ जन्मजयन्तीको शुभ अवसरमा, यही २०७६ कार्तिक ९ गते शिव मा.वि.को सभाहलमा, प्रमुख अतिथि प्रदेशसभा सदस्य माननीय विष्णुप्रसाद लामिछाने ज्यूको करकमलबाट भव्यताको साथमा सुसम्पन्न भएको थियो । आज मैले सरसर्ती पढे र खुसी पनि लाग्यो ।
- Add new comment
- Read more
- 90 reads

मृत्तिका र म कवितासङ्ग्रहमा प्रवेश गर्दा
editor — Mon, 12/23/2019 - 20:32
यो देश हाम्रो रसिलो मुहार
मागेन यसले कसैको गुहार
परेन कब्जा छल शत्रुकै यो
जानेन कहिले शिर झुक्न नै यो
(नेपाल राम्रो यस विश्वमा नै, श्लोक १, पृष्ठ ९८)
- Add new comment
- Read more
- 118 reads

तेजनारायण शेर्पाको ‘अक्षर’मा एक दृष्टि
editor — Sun, 12/22/2019 - 18:15
हे बालाजन हो पढो घरिघरी, विद्या छ अमृत सरी ।
अर्काको घरमा नजाऊ वरिपरि, पढ मेहनत गरी ।।
पढेको चिज डाकुले घर फोरी लादैन चोरी गरी ।
नपढ्दा हिन भो छोरो यदि भने के गर्नु माया गरी ।।
उदयपुर जिल्लाको शैक्षिक, साहित्यिक, सामाजिक र सांस्कृतिक क्षेत्रको विकासमा दिलोज्यानले लागिपरेका वाणी, अक्षर र कर्मका पौरखी व्यक्तित्व हुन्– तेजनारायण शेर्पा ‘रञ्जन’ ।
- Add new comment
- Read more
- 280 reads

बूढो समीको रूख
editor — Sat, 12/14/2019 - 18:07
डा. मेघराज ढकाल (२०१३)को जन्म स्थल निबुवाबोट आँधीखोला गाउँपालिका –६ भए पनि हाल वहाँ टोखा नगरपालिका –७ काठमाडौमा बसोबास गर्दै साहित्य र समाज सेवामा समर्पित हुँदै आउनु भएको छ । उहाँको साहित्यिक यात्रालाई केलाउँदा २०३६ सालमा ‘विश्वदूत ’ सप्ताहिकमा ‘के तिमीलाई लाज छैन ?’ कविता प्रकाशन गरी पदार्पण भएको देखिन्छ । उहाँ २०३८ सालमा सरकारी सेवामा प्रवेश गरेपछि फाटफुट कविताको सृजना गर्दै सेवारत क्षेत्रको दायित्वलाई बोध गर्दै आर्थिक तथा प्रशासनिक लेखतिर उहाँको कलम चलेको पाइन्छ ।
- Add new comment
- Read more
- 476 reads

‘जिन्दगीका भासहरू’को शैल्यक्रिया
editor — Sat, 12/07/2019 - 19:07
डा. मेघराज ढकालको जन्म २०१३/०४/२२मा निबुवाबोट आँधीखोला गाउँपालिका –६ मा भएको थियो र हाल वहाँ टोखा नगरपालिका –७ काठमाडौमा बसोबास गर्नुहुन्छ । उहाँ पिता भेजीप्रसाद ढकाल र माता छलीदेवी ढकालका सुपुत्र हुनुहुन्छ । पेशाको दृष्टिकोणबाट हेर्दा उहाँ एक कुशल प्राध्यापक स्वतन्त्र अध्ययन र अनुसन्धानकर्ताको रूपमा आफूलाई परिचय गराउन सफल व्यक्तित्व हो । व्यक्ति एक भए पनि उसको कर्मको आधारमा हेर्दा ऊ बहुआयामिक हुन्छ । डा. ढकालज्यूलाई एक बहुआयामिक व्यक्तित्व हुनुहुन्छ ।
- Add new comment
- Read more
- 731 reads

साहित्यकार कृष्णविक्रम राणाको कुराकानीमा सहभागी हुँदा
editor — Tue, 11/05/2019 - 13:41
२०७५ सालको लक्ष्मीपूजाका दिन (मिति २०७५ साल कार्तिक २१) लक्ष्मीस्मृति साहित्य समाज कावासोतीले महाकवि लक्ष्मीप्रसाद देवकोको जन्मजयन्ती मनाउने क्रममा भारतको पूर्वउत्तर असम डगिबोईका साहित्यकार कृष्णविक्रम राणा र देवीमाया सावकोटा साथै दुलियाजानका साहित्यकार महेन्द्र साहीलाई सम्मान गर्ने सुवर्ण मौका पायो । यसै अवसरमा कृष्णविक्रम राणाले मलाई उहाँको कृति 'कुराकानी' उपहार स्वरूप प्रदान गर्नुभयो । लगभग एक वर्षपछि पढ्ने समय जुर्यो । कृष्णविक्रम राणाको कर्मथलो डगिबोई भए पनि मातृथलो भने पर्वत जिल्ला नै रहेछ ।
- Add new comment
- Read more
- 352 reads

स्वेच्छाको गुलाफलाई केलाएर हेर्दा
editor — Fri, 10/11/2019 - 21:12
डा. सङ्गीता स्वेच्छाको हस्ताक्षरसहितको कथा सङ्ग्रह "गुलाफसँगको प्रेम" हातमा छ । १६४ पृष्ठको यस पुस्तक झट्ट हेर्दा औसतको साइज र आकर्षक आवरणमा छ । यस लेखमा यही कथासङ्ग्रहमाथि छोटो समिक्षा प्रस्तुत गरिएको छ।

- Add new comment
- Read more
- 220 reads


सामाजिक सञ्जालमा
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- वकिल
- किन सर्माएकी सानू पोखे हुन्छ मनका कुरा
- कथाको कथा (कथासम्बन्धी सोधमूलक ग्रन्थ)
- पुण्यप्रसाद प्रसाईंको उपन्यास "आईमाई मान्छे"
- म मेरी आमा अनि मातृभूमि
- म मरेर गए पनि, मेरो देश बाँचिरहोस्।
- परिवर्तन (लघुकथा)
- जीवन एक सुन्दरता र मृत्यु एक सत्यता
- हजार सपनाहरूको माया लागेर आउँछ
- वेदना
- काली
- भुल्न सकिएन
- तिम्ले दुखाएर गए पनि योछाती !
- मेरो प्यारो मान्छे तिमी
- महलकी रानी
- लक्ष्मीजयन्तीमा सयपत्रि सम्मान
- प्राकृतिक सौन्दर्य
- राष्ट्रिय एकता नै आजको आवश्यकता
- साहित्यिक कार्यक्रम र चाँदनी रातहरू गीती संगालो विमोचनको एक झलक
- अमृत त्यो पाउँ कता
- यसपालीको तिहारमा
- आशाको नौलो किरण
- बराहक्षेत्रका महिमा गायकहरू
- आमा
- एक हौं, संयमताका साथ क्रान्ति गरौं
- कम्प्यूटरक दुनिया (मैथिली कविता)
- हामी हाम्रो जमिन अनि भारत
- जिन्दगी हो
- छोरीको जन्मदिनको शुभकामना
- मुन्नी बदनाम हुईको धून र 'तृषित'हरू
नयाँ प्रतिकृयाहरू
1 day 19 hours ago
1 day 22 hours ago
2 days 15 hours ago
2 days 18 hours ago
2 days 18 hours ago
2 days 22 hours ago
3 days 1 hour ago
1 week 21 hours ago
1 week 23 hours ago
1 week 1 day ago