Skip to content

भावनात्मक निबन्ध

म को हुँ?

धेरै समय बितिसक्यो आफूलाई खोज्न निस्केको तथापि पत्ता लगाउन सकिन। आफूलाई छुन्छु। छाम्छु। नाप्छु। जोख्छु। ऐनामा हेर्छु। कहिले रुन्छु। कराउँछु। चिच्याउँछु। हाँस्छु नाच्छु। गाउँछु। ईश्वर पुकार गर्छु। सुक्ष्मदृष्टि लगाउँछु। अनि प्रश्न गर्छु- “के म यही हो ? हैन भने म को हुँ ?“ तर यतिले मेरो जिज्ञासा के मेट्थ्यो। झन झन मेरो तिर्सना र भोक बढ्दै गयो र आन्तरिक यात्रामा निस्कें।

आत्मसम्मान

मन तिम्रो पनि छ मेरो पनि छ । पीडा तिम्रो पनि छ मेरो पनि छ । दुःख तिम्रो पनि छ मेरो पनि छ । जीवन तिम्रो पनि छ मेरो पनि छ । हाँसो तिम्रो पनि छ मेरो पनि छ । आँशु तिम्रो पनि छ मेरो पनि छ । सबै उस्तै उस्तै भोग्नुपर्छ । भाग, गुणान, घटाउ अनि जोड्नु पनि पर्छ । तर समयको तराजुमा मन, पीडा, जीवन, हाँसो, आँशु बढी मेरै हुन्छ ।

अजर अमर सपना

‘सपना त ती हुन् जसले मानिसलाई निदाउँन दिँदैनन्’ – एपिजे अब्दुल कलाम

जुन दिन मैले भारतीय पूर्वराष्ट्रपति स्व.एपिजे अब्दुल कलामका प्रेरक भनाइहरूको सूचीमा उक्त भनाइ देखेँ, त्यसले मलाई नराम्ररी छोयो । झिलिक्क बिजुली चम्केजस्तो भयो मेरो सम्पूर्ण चेतना । मुटु ढक्क फुल्यो । ठूलै नयाँ चीज पाएँजस्तो लाग्यो । धेरैबेर ती शब्दहरू र शब्दहरूले दिएका मिहिन भाव र अन्तर्यबारे टोलाई बसेँ ।

सिक्नु एउटा सुरुवात

मेघ नलागेको दिन झुर्लुक्क घाम झुल्केपछि सफा पोखरी वा तलाउमा हेर्दा पानीभित्र सूर्यको कोमल फूल फुलेको देखिन्छ । लाग्छ, सूर्यको त्यो आभा मानिसको मुहारमा पोखियोस् । सूर्यको त्यो मुस्कान मानिसको ओठमा टाँसियोस् । अनि भरियोस् सधैंसधैं जिन्दगीमा त्यस्तै अनन्त ऊर्जा ! त्यस्तै अपार जोश र जाँगर !!

मेरो देश

म मेरो देशलाई श्रद्धा र आदरपूर्वक दण्डवत् गर्न चाहन्छु । मलाई थाहा छ आफू जन्मेको देशको कति माया हुन्छ ।

रामायण भन्ने महाकाव्यमा भनिएको छ ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ (जन्म दिने आमा र जन्मिएको धर्ती स्वर्गभन्दा पनि प्यारा लाग्छन्) । मलाई मेरो देशप्रति अति माया र ममता छ किनकि म यो देशमा जन्मन पाएँ । मेरो देश नभएको भए म कहाँ जन्मिन्थे कहाँ ? मलाई मेरो देशको नागरिक हुन पाएकोमा आफैँलाई गर्वानुभूति भएको छ ।

कुसे औँशी, बुवा र म

आज कुसे औँशी । बुवाको मुख हेर्ने दिन । बुवा तपाई अहिले सशरीर मसँग हुनुहुन्न । तर तपाईको आत्मीय शरीर मेरै ओरीपरी घुमिरहेको छ । मसँगै छ । तपाई मलाई हेरिरहनु भएको होला । मलाई अर्ती उपदेश र आशिरवाद दिइरहनु भएको होला । तर बिडम्बना म न त तपाईलाई देख्‍न सक्छु न त सुन्न नै सक्छु । म अहिले तपाईको तस्वीर सामु हातजोडेर उभिएको छु । भित्तामा झुण्ड्याइएको तस्बीरमा मैले तपाईलाई देखिरहेको छु । यस्तो लाग्छ तपाईंले पनि मलाई हेरिरहनु भएको छ । बुवा ! मलाई आजको दिनमा तपाईको आशिरबादको आवश्यकता छ, शान्तिसुरक्षा अमनचयनको निम्ति प्रशस्त आशिरवाद दिनुहोस् ।

पोख्रेल भाइ लाई खुल्ला पत्र : :नेरुता मोक्तान ,ससफो नेपाल

पोखरेल भाइ तिमी जाहा छौ आफ्नो इमान्दर नगुमाउ !
बेलैमा आफ्नो असलि रुप लिएर प्रदा अगाडि आउ ! हुन त कसरी आउथेउ र अनुहार देखाउने क्षमता नै गुमाइ सके पछि ! तिमीले यो काम गर्न पहिले आफ्नो जन्मदिने आमा पनि नारी हुन भन्ने कुरो कसरी बिर्सेउ भाइ ! तिमी जस्तो एजुकेटेड देशको भारी बोक्ने युवाले यस्तो काम गर्यो होला भनि सोच्न सक्ने ज्ञान नै पाउन सकिन । जुन तिमीले सुमित्रलाई दियको तनाव ग्रष्त घातले तिमीलाई भोलि आउने दिनमा कस्तो परिनाम ल्याउला भनेर किन सोचेनौ भाइ ? नारिको पिडा नबुज्ने तिमी एक महिलाको कमाइले शुखी जिबन गुजार्न खोज्ने तिमीले खुसी कहिले पाउने छैन भाइ राजनिती बुज्छौ होला तिमी रणनिती रच्छौ होला तिमी तर सहि ठाँउमा प्रयोग गर्नु पर्छ तिमी मात्रै जान्ने सुन्ने र एजुकाटेड छैन भाइ यो एक्काशौ सताब्दी हो भन्ने तिमीलाई पनि थाहा छ ! तिमी एकान्तमा बसेर सुमित्रले कोरेको समाचार टुल पुल हेर्दै बसेका छौ होला मान्छे हो गलत हुन्छ नडराउ भाग्नु लुक्नु पर्दैन भाइ जाहाँ छौ प्रदा अगाडी आउ हामी सबै मान्छे हौ देख्न साथ तिमीलाई क्वाप्पा कसैले खाँदैन सुमित्रको खबर अनुसार तिमी हिन्दुराष्ट्रको आन्दोलन अगुवा हो भन्ने बुझे भाइ तिम्रो मुद्धको एजेणडमा के महिलाइ ठगेर खानु भन्ने रोल छ र ? राजनिती बुझेको मान्छेले त महिलाई मायाँ सम्मान आफु सरह रेस्पेक्ट गर्नु पर्छ भन्ने हैन र भाइ ?
सुमित्रले जे गुमाए तिमीलाई नै दिउला भाइ तर एनि हाउ प्लिज कम आउट एण्ड रेस्पेक्ट योर सेल्फ । यसरी महिला माथिको धाव हेरेर बस्ने ति पुराना महिला हरु जस्तो अहिलेको महिला छैन भाइ सायाद तिमी त 10 बर्ष युकेमा बसेर अहिले गणतन्त्र नेपालको महिला लाई नचिनेको हुन सक्छ ! तर पनि नडराउ भाइ फेरी पनि एकचोटि 2 हात जोडि भन्न चाहान्छु जाहाँ छौ बाहिर आउ । उहि तिम्रो दिदी नेरुता मोक्तान संघिय समाजबादी फोरम नेपाल !

विपत्तिमा छटपटाएको गाँऊबस्ती

  • by

एक हप्ता अगाडि मातातिर्थ औंसीमा म घर जाँदा सिमसिमे परेको पानीसँगै हरीयालीले छाएको मेरो गाउँ हप्ता दिनमै एकाएक उजाडिएको छ । गत शनिवार लमजुङलाई केन्द्रविन्दु बनाएर गएको ७.८ रेक्टर स्केलको विनाशकारी महाभूकम्पले मेरो गाउँको सौर्न्दर्यता लुटिदिएको छ । खुशीलाई आँशुमा बदल्दिएको छ । सबैको मनमा पीडा दिएर आँशु झेलमा रुमलिदिएको छ । मध्ये दिनमा गएको यो महाभूकम्प भयानक कालरात्रीमा बन्न पुग्यो । विपतको यो घडीमा स्वदेशी, विदेशी र नेपाल आर्मी, शसस्त्र प्रहरी, नेपाल प्रहरीका साथै अन्य संघ संस्थाहरूले र्घाईतेको उद्धार गर्न तल्लिन भएर खटिएको छ । कसैले पनि नसोचेको विपत्तिले छट्पटाएका छन अधिकांश गाउँबस्तीहरू ।

असुरक्षित छोरीहरु प्रति समर्पित

छोरीहरू,
अपरिचित बाबाको धेरै धेरै सम्झना l
घरै भित्र पालिएका मानवरुपी दानबहरूबाट तिमीहरूमा भएको एसिड आक्रमणको खबरले मर्महात भएको छु l तिमी प्रतिको अन्यायले सिंगो देश रोएको बेला मेरा आदर्शका शब्दले मलम पट्टिको काम गर्ने छ भनेर मैले किमार्थ सोचेको छैन l पुरुष भएर जन्मिएको पश्चातापले आफूलाई जलाइरहदा शब्दहरूको घोडा चढेर राहतको अनुभूति लिने मात्र प्रयास गरेको हु अन्यथा सोची दिने छैनौ l

भावना

जीवनका आरोह अनि अबरोहभित्र गुम्सिएको जीवनका भोगाइहरू सबैको आफ्नो आफ्नो नै हुन्छ्न । समय त्यो छाल हो जस्ले जीवनको कुनै पनि मोडहरूमा हुरी बतास ल्याई जीवन तहस नहस अन्धकार बनाउन सक्छ ।

यहाँ सबैको आफ्नै कथा छन आफ्नै बेथा छन, बस अर्काको दुखको काहानी सुन्ने कसैलाई फुर्सद छैन । फरक यत्ति नै छ यहाँ कोही बितेको जीवनभित्रको दु:खमा पिल्सिएका छन् । कोही माया गरेर मायाको त्यो पलभित्र पिल्सिएका छ्न, कोही सपना अनिरहर भित्रको जीव भित्र पिल्सिएका छन ।

म छोराबुहारीको निम्तोमा विदेश गइनँ

नेपालीहरूका छोराछोरी उहिलेदेखि नै विदेशतिर जान मन गर्दै आएका हुन् र गएका पनि हुन् । कुनै बेला पहिलो विश्वयुद्ध र कुनै बेला दोस्रो विश्वयुद्धका लागि गए । उस बेलाको कुरा बेग्लै थियो जति मरे ती सबै सहिद हुन्थे आजभोलि भएको भए । तर उतिबेला को कता मर्यो कता पर्यो कसैलाई वास्ता नै भएन । केही जोधाहा र मुढे बलशालीहरूले खुकुरीले केही विरोधीहरूलाई गिंडेका कारण भिक्टोरिया क्रस पनि पाएका हुन् । उनीहरू आफ्ना लागि गएका थिएनन् । अर्काको लागि गएका थिए ।

आमाको महानता

प्राणी मात्रको सबभन्दा नजिक र प्रिय आमा नै हुन् । गर्वअवस्था देखि आजीवन अविरल र निश्वार्थ हित चाहनाले आमालाई मायाकी खानी पनि भनिन्छ । शृष्टि, पालन, संरक्षण, शिक्षा तथा सांस्कृति प्रदान गर्ने आमा नै वास्तविक जिउदो देवता हुन् । प्रकृतिले आमा र उनी भित्र माया नदिएको भए जीव सृष्टिबाट नै ठुलो प्रभाव पर्ने थियो होला । सम्पूर्ण जीव जगतको अध्ययनमा ठुला देखि असम सानासम्म जीवको आमाले सन्तानको हित सम्रक्षणका लागि जस्तो सुकै जोखिम उठाएको उदारहणहरू पाइने गर्दछन । यस्तो काम गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरेका हुन्छन किनकि आमा नै शृष्टि गर्नका लागि ईश्वरकि प्रतिनीधि हुन् ।

फूलको आँखामा

म यतिखेर आनी चोइङ डोल्माले गाएको कवि दुर्गालाल श्रेष्ठद्धारा रचित गीत सुनिरहेको छु । गीत सुमधुर स्वरमा बगिरहेछ मेरो कानमा –

फूलको आँखामा फुलै संसार
काढाको आँखामा काढै संसार
झुल्किन्छ है छाँया बस्तु अन्सार ।।

चित्त शुद्धहोस् मेरो बोली बुद्ध होस्
मेरो पैतालाले किरै नमरोस्
राम्रो आँखामा खुल्छ राम्रै संसार ।।

टाइगर हिलको सूर्य र मेरो करेसो

म पोहोर साल एक दिन बिहानै यात्राको क्रममा दार्जिलिङको टाइगर हिलमा थिएँ । त्यहाँ घामको झुल्कँदो दृश्य हेर्न मान्छेहरूको निकै घन्चा हुन्छ भन्ने सुनेको थिएँ, हुँदो पनिरहेछ । मलाई पनि के के न होला भनेर यो दृख्य हेर्ने मन थियो धेरै पहिल्यैदेखि । यतै पढे यतै बढें, तर यो दृश्य हेर्न पाएको थिइनँ, यसैले म थिएँ बडो व्यग्र । अनि बडो व्यग्र भएर म त्यहाँ पुगेको थिएँ । त्यहाँ पुग्नु पनि थियो । पुगियो कसै गरी । तर मेरो घाम झुल्केको दृश्य हेर्ने त्यस यात्रामा घाम झुल्कना साथ घामको दृश्य देखिनुको साटो सिमसिमे पानी परेको दृश्य आँखामा परिदियो । पाहिलो पटक मेरा यात्रामा घामको झुल्कँदो दृख्य हेर्ने इच्छा यसरी मरेर गयो । सिमसिमे घामपानी परेको दृश्यका लािग मैले यतिका टाढा आइरहनु पर्ने थिएन । यस्ता दृश्य अनगन्ती देखिएका हुन् । त्यो यात्रामो झुल्कँदो घामको दृशय हेर्ने इच्छा अच्कल्टियो । यो दृश्य हेर्नकै लागि भने मैले मेरै घरको करेसोबाट टाढा जानै पर्देनथ्यो ।

यसकारण केयरगिभरको काम सबभन्दा कठिन हुन्छ


काम भनेको सबै नै गहारो हुन्छ । कुनै काममा मानसिक तनाव ज्यादा हुन्छ त कुनैमा शारीरिक कष्ट बढी तर हुन त सबैमा केही न केही गारो त हुन्छ नै । तर सबैलाई अप्ठ्यारा र समस्या आफ्ना जटिल लाग्छन भने सुबिधा र रम्झम अर्कैको धेरै लाग्छ ।

Read More »यसकारण केयरगिभरको काम सबभन्दा कठिन हुन्छ

प्रिय नेपाल !

  • by

आज केही लेख्ने मुड चलेको छ तिम्रो बहानामा। तर सुरु कहाँबाट गरौँ! यति लामो बिछोडपछि पनि म केही लेख्नै सक्दिन तिम्रा लागि । किन थाहा छ? किनकि समयको पर्वाह नगरी, भौगोलिक दूरीको हरहिसाब नगरी तिमी हरदम मैमा छौ र म तिमीमा लपेटिएको हुन्छु । यो अटुट स्नेहको लहरोमा जेलिएपछि केही लेख्नै नसकिने रहेछ । तिमीलाई थाहै छ कुन बाध्यता र विवशताको मारमा परी म आजभन्दा ६ वर्ष पहिले तिमीलाई नाघेर ठुलो जहाजमा बसेर अपरिचित गन्तब्यतर्फ उडेको थिएँ । तिमीलाई छोड्दा आफ्नो दुधे बालक, मायालु पति र ब्रिद्दा आमालाई पनि त्यतै कतै छोडिराखेर यता बत्तीएको थिएँ । आजै जस्तो लाग्छ डाँकै छोडेर प्लेनभित्र पसेको, हेर्दाहेर्दै घर छुट्यो, परिवार छुट्यो, तिमी मेरो धरती छुट्यौ र लामो उडानसँगै तिमीमाथिको मेरो आकाश छुट्यो । तर पनि मैले त्यसबेला यतिधेरै गुनासो गरिन । तिमीलाई त केही भन्दै भनिन । आज यतिका पछि तिमीलाई नै भनेर केही शब्द जुटाउनुको कारण केही गुनासा र केही वाचा कसमका कुराहरू छन् जो आजै नभनी भएको छैन ।

उनीप्रतिको मेरो प्रेम

  • by

जीवनबाट नै प्रेमको सिर्जना हुन्छ । जब एउटा नविन जीवनको सुरुवात हुन्छ, तब प्रेमको सिर्जना हुन्छ । सृष्ट्रिकाल देखी नै प्रेमको सुरुवात भएको पाईन्छ । प्रेम भावनात्मक रुपमा दुई आत्मा बिच हुने गर्दछ । प्रेम जीवनको मार्गदर्शन हो जहाँ दुई आत्माको सम्बन्ध प्रगाढ रहनछ । तर वर्तमान समयमा प्रेमलाई फेशनका रपमा लिईन्छ । जसरी बजारमा दिनप्रतिदिन नयाँ डिजाईनको चलन चल्छ, त्यस्तै दुई चार दिनको अन्तराल पछि प्रेमको स्वरुप बदलिन थाल्छ र कस्ले धेरै प्रेमी वा प्रेमिका बनाउन सक्ने भन्ने प्रतिस्पर्धा चलेको देखिन्छ । आजकाल प्रेमभावनासँग नभएर अनुहारको सुन्दरतासँग गर्ने गरेको पाईन्छ । कामवासना र क्षणिक स्वार्थपूर्तीका लागि मात्र प्रेमको नाटक रचेको देखिन्छ । यति मात्र हेन पहिलो पल्ट कुनै नौलो केटा वा केटीसँग भेट्दाको नजर जुधाईलाई नै प्रेम मानिन्छ ।

तिम्रो सम्झनामा

बिस्तारै बिस्तारै समयको चक्र फेरिदो रहेछ हिजो साचेका सम्पूर्ण सपनाहरू अनि हिजो भोगेका सम्पूर्ण बिपनाहरू आज तासका महल झै ढल्दा रहेछन र पनि सम्पूर्ण आसाहरूलाई रित्याएर पनि देखावटी हाँसो हास्नै पर्दो रहेछ ।

कुनै दिन आफ्नो मन मुटुमा बसेको आफ्नो सबैभन्दा प्रिय मान्छेको तस्बिरहरू जब फेसबुकको भित्तामा देखियो तब खै म आफुले आँफैलाई सम्हाल्न सकेकै छैन । उसका लागि म कोही होइन । तर मेरा लागि हो ऊ को हो त्यो शायद भगवानले मात्र अन्दाज लगाउन सक्छन । बस म आफ्नो यो आधा सपना र आधा मन बोकेर बाच्दैछु । या अँझै भनौ म बाच्ने कोशिश गर्दैछु । साथमा तिमीलाई शुभकामना जलेको मन मुटुको पीडा तिमीलाई कहिले पनि भोग्नु नपरोस भगवानसँग प्रार्थना गर्न कहिले पनि छुटाउदिन ।

अन्तर्राष्ट्रिय भाषा

म देख्दछु- एक वृक्षऊपर, डालीमा कुँक्दै छ – कोकिल । एक भाषा बोल्दछ उसले, महाकविको भाषा-“जो लेखिन्न, बोलिन्न, बुझाईन्न” । त्यो भाषा प्रेमको भाषा !

चैत्रको एक हूरी – झक्झोर भएका ती वृक्षका पत्रहरू- गुमनाम डगर, बेघर भई डुलिरहेछन बिचरा ! दम्भित पवनको त्यो उग्र झोंकाले छिया-छिया भएकी बिचरा त्यो वृक्षलता ! सान्त्वनाको गीत गाउदैं छ – कुहु-कुहु त्यो कोकिल । प्रेमको त्यो अनौंठो रूप, सरल भाषा साथी ।