म को हुँ?
धेरै समय बितिसक्यो आफूलाई खोज्न निस्केको तथापि पत्ता लगाउन सकिन। आफूलाई छुन्छु। छाम्छु। नाप्छु। जोख्छु। ऐनामा हेर्छु। कहिले रुन्छु। कराउँछु। चिच्याउँछु। हाँस्छु नाच्छु। गाउँछु। ईश्वर पुकार गर्छु। सुक्ष्मदृष्टि लगाउँछु। अनि प्रश्न गर्छु- “के म यही हो ? हैन भने म को हुँ ?“ तर यतिले मेरो जिज्ञासा के मेट्थ्यो। झन झन मेरो तिर्सना र भोक बढ्दै गयो र आन्तरिक यात्रामा निस्कें।

मन तिम्रो पनि छ मेरो पनि छ । पीडा तिम्रो पनि छ मेरो पनि छ । दुःख तिम्रो पनि छ मेरो पनि छ । जीवन तिम्रो पनि छ मेरो पनि छ । हाँसो तिम्रो पनि छ मेरो पनि छ । आँशु तिम्रो पनि छ मेरो पनि छ । सबै उस्तै उस्तै भोग्नुपर्छ । भाग, गुणान, घटाउ अनि जोड्नु पनि पर्छ । तर समयको तराजुमा मन, पीडा, जीवन, हाँसो, आँशु बढी मेरै हुन्छ ।
म मेरो देशलाई श्रद्धा र आदरपूर्वक दण्डवत् गर्न चाहन्छु । मलाई थाहा छ आफू जन्मेको देशको कति माया हुन्छ ।
आज कुसे औँशी । बुवाको मुख हेर्ने दिन । बुवा तपाई अहिले सशरीर मसँग हुनुहुन्न । तर तपाईको आत्मीय शरीर मेरै ओरीपरी घुमिरहेको छ । मसँगै छ । तपाई मलाई हेरिरहनु भएको होला । मलाई अर्ती उपदेश र आशिरवाद दिइरहनु भएको होला । तर बिडम्बना म न त तपाईलाई देख्न सक्छु न त सुन्न नै सक्छु । म अहिले तपाईको तस्वीर सामु हातजोडेर उभिएको छु । भित्तामा झुण्ड्याइएको तस्बीरमा मैले तपाईलाई देखिरहेको छु । यस्तो लाग्छ तपाईंले पनि मलाई हेरिरहनु भएको छ । बुवा ! मलाई आजको दिनमा तपाईको आशिरबादको आवश्यकता छ, शान्तिसुरक्षा अमनचयनको निम्ति प्रशस्त आशिरवाद दिनुहोस् ।
एक हप्ता अगाडि मातातिर्थ औंसीमा म घर जाँदा सिमसिमे परेको पानीसँगै हरीयालीले छाएको मेरो गाउँ हप्ता दिनमै एकाएक उजाडिएको छ । गत शनिवार लमजुङलाई केन्द्रविन्दु बनाएर गएको ७.८ रेक्टर स्केलको विनाशकारी महाभूकम्पले मेरो गाउँको सौर्न्दर्यता लुटिदिएको छ । खुशीलाई आँशुमा बदल्दिएको छ । सबैको मनमा पीडा दिएर आँशु झेलमा रुमलिदिएको छ । मध्ये दिनमा गएको यो महाभूकम्प भयानक कालरात्रीमा बन्न पुग्यो । विपतको यो घडीमा स्वदेशी, विदेशी र नेपाल आर्मी, शसस्त्र प्रहरी, नेपाल प्रहरीका साथै अन्य संघ संस्थाहरूले र्घाईतेको उद्धार गर्न तल्लिन भएर खटिएको छ । कसैले पनि नसोचेको विपत्तिले छट्पटाएका छन अधिकांश गाउँबस्तीहरू ।
प्राणी मात्रको सबभन्दा नजिक र प्रिय आमा नै हुन् । गर्वअवस्था देखि आजीवन अविरल र निश्वार्थ हित चाहनाले आमालाई मायाकी खानी पनि भनिन्छ । शृष्टि, पालन, संरक्षण, शिक्षा तथा सांस्कृति प्रदान गर्ने आमा नै वास्तविक जिउदो देवता हुन् । प्रकृतिले आमा र उनी भित्र माया नदिएको भए जीव सृष्टिबाट नै ठुलो प्रभाव पर्ने थियो होला । सम्पूर्ण जीव जगतको अध्ययनमा ठुला देखि असम सानासम्म जीवको आमाले सन्तानको हित सम्रक्षणका लागि जस्तो सुकै जोखिम उठाएको उदारहणहरू पाइने गर्दछन । यस्तो काम गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरेका हुन्छन किनकि आमा नै शृष्टि गर्नका लागि ईश्वरकि प्रतिनीधि हुन् ।
म यतिखेर आनी चोइङ डोल्माले गाएको कवि दुर्गालाल श्रेष्ठद्धारा रचित गीत सुनिरहेको छु । गीत सुमधुर स्वरमा बगिरहेछ मेरो कानमा –
आज केही लेख्ने मुड चलेको छ तिम्रो बहानामा। तर सुरु कहाँबाट गरौँ! यति लामो बिछोडपछि पनि म केही लेख्नै सक्दिन तिम्रा लागि । किन थाहा छ? किनकि समयको पर्वाह नगरी, भौगोलिक दूरीको हरहिसाब नगरी तिमी हरदम मैमा छौ र म तिमीमा लपेटिएको हुन्छु । यो अटुट स्नेहको लहरोमा जेलिएपछि केही लेख्नै नसकिने रहेछ । तिमीलाई थाहै छ कुन बाध्यता र विवशताको मारमा परी म आजभन्दा ६ वर्ष पहिले तिमीलाई नाघेर ठुलो जहाजमा बसेर अपरिचित गन्तब्यतर्फ उडेको थिएँ । तिमीलाई छोड्दा आफ्नो दुधे बालक, मायालु पति र ब्रिद्दा आमालाई पनि त्यतै कतै छोडिराखेर यता बत्तीएको थिएँ । आजै जस्तो लाग्छ डाँकै छोडेर प्लेनभित्र पसेको, हेर्दाहेर्दै घर छुट्यो, परिवार छुट्यो, तिमी मेरो धरती छुट्यौ र लामो उडानसँगै तिमीमाथिको मेरो आकाश छुट्यो । तर पनि मैले त्यसबेला यतिधेरै गुनासो गरिन । तिमीलाई त केही भन्दै भनिन । आज यतिका पछि तिमीलाई नै भनेर केही शब्द जुटाउनुको कारण केही गुनासा र केही वाचा कसमका कुराहरू छन् जो आजै नभनी भएको छैन ।
बिस्तारै बिस्तारै समयको चक्र फेरिदो रहेछ हिजो साचेका सम्पूर्ण सपनाहरू अनि हिजो भोगेका सम्पूर्ण बिपनाहरू आज तासका महल झै ढल्दा रहेछन र पनि सम्पूर्ण आसाहरूलाई रित्याएर पनि देखावटी हाँसो हास्नै पर्दो रहेछ ।