लघु कथा
सहकारी
”मौद्रिक तरलता घट्यो , त्यसको प्रभाव सहकारीहरुमा पनि पर्यो । यसरी त सहकारी धरासाही हुने भयो,” अध्यक्ष मानसिँहले चिन्ता व्यक्त गरे ।
ड्रगिस्ट

‘कोरोना ! कोरोनासँ लोग खैस परलै । दुसरे गाडीसँ चैल जाइछी ।’
कोरोनाका कारण मान्छे ढलेको सम्झँदै यात्रारत् बसबाट एक अधबैँसे उत्रियो ।
Read More »ड्रगिस्टगुरुदक्षिणा
मैले जब धान काटे तब तरकारी खेतीको लागि मलको व्यवस्थापन गरे । तर तरकारी लगाउँदै र मल हाल्दै जादा एकबोरा मल पुगेन । बिउबिजन अँझैँ बाँकी छ । त्यो बिउँविजन त्यसै खेर फाल्न पनि भएन । एकबोरा सुली ल्याएत सबै बिउबिजन रोप्न सकिन्छ ।
Read More »गुरुदक्षिणाढाडस
लेखन मन पर्ने भएकोले सधैंझैं लघुकथा लेख्न बसें। पठन संस्कारमा पनि सकेसम्म जोड दिन्थें। मुखले एक सुरुप चिया तान्यो।
Read More »ढाडससम्मान
उसले गम्भीर हुँदै भन्यो, “आजभोलिका नानीहरूलाई देखेर मलाई लाज लाग्छ । किनभने उनीहरू आफूभन्दा ठुलालाई सम्मान र इज्जत गर्न नै जान्दैनन् । गहिरो गरी खङ्गालने हो भने कता–कता आजको शिक्षा र संसकारको कमी नै पो हो कि ?”
Read More »सम्मानकान्छो

“सबैको भरमा पर्यौ तिमी,
कोही तिम्रो भरमा परेनन् !”
एक चर्चित गायकले गाएको गीतका दूई पङ्क्ति गुनगुनाउँदै चप्लेटी ढुँगामाथि बस्यो कान्छो । दुई वर्षदेखिको खडेरीले कान्छाको परिवार अलपत्र परेथ्यो ।
Read More »कान्छोश्रीमानश्रीमती
“श्रीमानको सदाको कार्य व्यस्तता । छिटो कार्यालय जाने, ढिलो आउने । घर आएर सामाजिक सञ्जालमा व्यस्त ।“ यो श्रीमतीको आरोप थियो ।
“काम नै त्यस्तो छ त के गरुँ ? काम नगरे माम जुटाउन मुश्किल । दिनभरि काममा व्यस्त हुँदा दिक्दारी हुन्छ, घरमा यसो फोन हेर्दा के बिग्रन्छ र?“ श्रीमानको स्पष्टोक्ति ।
Read More »श्रीमानश्रीमतीबक्सिस चाहिँदैन
सडकको बायाँ किनारको पेटीमा, मोचीहरू लाइनै बसेर, विभिन्न व्यक्तिहरुका जुत्ता चम्काइरहेका थिए । मिठा मिठा गफहरुले, ग्राहकहरुलाई मख्ख पारिरहेका थिए ।
Read More »बक्सिस चाहिँदैनतन्मय गद्य-कविता
तपस्यारत सबै गणराज्यमा मनिषीहरू बहस गरिरहेका थिए । भोलेनाथले अङ्कनाएर विष्णुलाई सोधे, “जेनको अर्थ के होला, प्रभु ?“
“परमात्मा !“
Read More »तन्मय गद्य-कविताबिस्मात
पवित्रालाई तिहारको रौनक सारै मनपर्थ्यो । पशुपंक्षी र मान्छेलाई भगवान् मानेर पुज्ने परम्पराले तिनी प्रभावित भएकी थिइन् । मराउ-पराउले गर्दा चारवर्ष भइसकेको थियो चाडपर्व नमनाएको पनि।
Read More »बिस्मातगुनको मूल्य
सानो बच्चाको रोइरहेको आवाज बाटोमा हिड्दै गरेकी मञ्जुको कानमा ठोकियो । उनीले तत्काल श्रीमानलाई बोलाइन्, “बाबा, बच्चाको आवाज आइरहेकोछ, कतै कसैले बच्चा छोडेर भाग्यो कि के हो ? सुन्नु त आवाज कहाँनेर छ !“
Read More »गुनको मूल्यसर्वहारा

कोरोना कोविड–१९ले लतारेको जीवन । निषेधाज्ञा खकुलो भए पनि संक्रमण बढिरहेको छ, र फेरि निषेधाज्ञा हुने हल्लाले मुटु चिथोर्छ उसको ।
Read More »सर्वहारासाहित्य
नख्खु सिंहको रुवाइ देखेर म अचम्मित भए । ऊ सुँक्क सुँक्क मात्र गरिरहन्छ । कहिले आँसु पुछ्छ । कहिले बर्रर आँशु झार्छ । कहिले पर पुग्छ । कहिले फर्कन्छ । कहिले खुट्टामा ढोगौंला जस्तो गर्छ ।
Read More »साहित्यमकै खाने भालु

मोरङ्नीले बेवारिसे महिलालाई सुरक्षित सुत्केरी गराउने र बच्चाको सालनाल काट्ने काम गरिन् । नयाँ तन्ना, सारी र म्याक्सी ल्याइन । सरसफाई गर्ने काममा कुनै कसर बाँकी छाडिनन् ।
Read More »मकै खाने भालुत्याग
विकास र सर्मिष्ठा उच्च शिक्षाको दौरान टाढा हुँनुपर्दा जीवन शहयात्रीको रुपमा जोडिन नपाए पनि आत्मीय जोडी थिए । लामो समयपछि भेटिएको सहपठी जीवनयात्राको अनुभव साटासाट गर्न एकान्त स्थल पुगेर एक अर्कामा नलुकाई, गृहस्थी भोगाइ भन्न लागे ।
Read More »त्यागसत्यदर्शन

“हाम्रो सात जनाको परिवार थियो । तीन जनामा झरियो । आफ्नो धन बटुल्न सकिएको छैन । आमाहरूले जस्तो अर्काको खेतमा सिला खोज्न जाने मन नगर् ।” आँखा रसिला पार्दै हजुरबाले गुनासाको पोको खोल्नुभएको थियो ।
Read More »सत्यदर्शनअतृप्त प्यास
छोरा शहर छिरेपछि शून्य र रुखो भएको मन भर्न पँधेरा बनाउने निश्चय गरे। बुढाबुढी नै खटेर भौतिक संरचना तयार गरे । छोराले घरपूजामा शहर बोलायो ।
Read More »अतृप्त प्यासकायर नबन
आज शनिबार, कसैलाई पर्खेर म चौतारामा बसिरहेको थिएँ, निकै मोजमस्ती गर्ने दिमागी तानाबाना बुन्दै।
Read More »कायर नबनएहसास
उसले निकै गम्भीर हुँदै भन्यो, “बल्ल मलाई एहसास भयो हजुर ! आजभोलिका केटीहरूको मानसिकता समाप्त नै भएको हुदो रहेछ । त्यसैले त आज उनीहरू पैसा र नोकरीको लागि सबैथोक दिन तैयार हुन्छन । त्यसमा हामी जस्ता सिन्दा र सोझा मान्छेलाई भने प्यारको नाटक गरेर रफूचक्कर हुन बेर नै लाग्दैन नि !”
Read More »एहसास