मझेरी भलाकुसारी

20200416_PeshalAcharya-Interview

भाइरसहरू मिले वा मिलाइए अनि शक्तिशाली भए – पेशल आचार्य

  • by
20200416_PeshalAcharya-Interview

(पेशल आचार्य रूचिले लेखक र पेशाले शिक्षक/प्राध्यापक हुनुहुन्छ । वहाँले बाल साहित्यका ९ र प्रौढ साहित्यको १ गरी १० वटा पुस्तकहरूको लेखन गर्नुभएको छ । निजी विद्यालयका कक्षा ५ र ६मा आचार्यले लेखेका कथाहरू पाठ्यक्रममा राखिएका छन् । रामेछाप जिल्लामा करिब ३ दशकसम्म शिक्षण/प्राध्यापन र करिब ४ दशकअघिदेखि पत्रकारिता र लेखन क्षेत्रमा सक्रिय आचार्य यतिखेर राष्ट्रको निर्देशनलाई पूर्ण पालना गरेर आफ्नो निवास ललितपुरमा लक डाउन (बन्दाबन्दी)मा हुनुहुन्छ । लेखन, पठन र सम्पादनमा सक्रिय रहने आचार्यसँगको कोरोना महामारीको परिप्रेक्षमा भलाकुसारी प्रस्तुत छ।)

Read More »भाइरसहरू मिले वा मिलाइए अनि शक्तिशाली भए – पेशल आचार्य
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
20180428_AjitChhetri-Interview-01

मझेरी भलाकुसारी, अंक २३ (अजित क्षेत्री)

सिर्जना, कल्पना र भावनाको फुलबारी हो साहित्य । आफू बसिरहेका परिवेस, घर, समाज र समय अनुसारकै साहित्य लेखन गर्न सकियो भने मात्रै लेखन सफल हुन्छ ।

नेपालमा यातायातमाभन्दा बढी साहित्य र यसको बजारमा सिन्डिकेट छ ।

सामान्य शैलीको सानो किताब हुँ म जसले जसरी पढे पनि हुन्छ जसरी बुझे पनि हुन्छ ।

-अजित क्षेत्री

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
PeshalAcharya-02

मझेरी भलाकुसारी, अंक २२ (पेशल आचार्य)

‘धेरै जसो लेखकहरू डबल स्टेण्डर जीवन बाँच्छन् ।’

मैले जे लेखेँ त्यो अन्तर्मनका आदेशमा लेखेको छु । म भित्रको लेखकले यो लेख भन्छ, लेख्छु । त्यो नलेख भन्छ लेख्दिनँ ।

बोली नभएका, विविध हिसाबले ठगिएका, पछि पारिएका र निमुखाका पक्षमा कलम चलाउने हो –एउटा जिम्मेवार लेखकले ।

पेशल आचार्य

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
20160327_KalpanaRai-Interview-01

मझेरी भलाकुसारी, अंक २१ (कल्पना राई)

दुनियाबाट बिमुख भएर बाँच्न चाहनेको सुन्दर संसार साहित्य हो ।

जिन्दगीमा खुशी क्षणिक हुन्छ, क्षणिक खुशीको आनन्द लिएर अहिले “धरती”भएकी छु ।

सम्पन्नता बिपन्नता जिन्दगीको दौरानमा जे-जस्तो परे पनि आफ्नो भाषा संस्कृति परम्पराबाट आफ्नो सन्तानलाई कहिले बन्चित गर्नु हुँदैन ।

— कल्पना राई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
20160117_KomalPrasadBhatta-Interview-01

मझेरी भलाकुसारी, अंक २० (कोमलप्रसाद भट्ट)

गजल गेय विधा भएको र लयमा गाउन पनि रमाइलो लाग्ने भएकाले वर्तमानमा गजल प्रतिको आकर्षण दिनानुदिन बढेको कुरालाई नकार्न सकिदैन । म पनि यिनै कारणले गर्दा गजलतिर बढी आकर्षित भएको हुँ ।

नेपाली साहित्यको स्थिति अँझै विकासोन्मुख छ । कृतिहरू जन्मिन्छन पढने पाठकको संख्या उल्लेखनीय छैन ।

मलाई अनगिन्ती पाठकहरूले माया गर्नुभएको छ सद्भावना राख्नुभएको छ । त्यो माया र सद्भावना सदैव पाइरहुँ र साहित्य रचनामा जुन प्रेरणा दिइरहनु भएको छ त्यो प्रेरणा सदैव पाइरहुँ ।

— कोमलप्रसाद भट्ट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ChudaNirveek-02

मझेरी भलाकुसारी, अंक १९ (चूडा निर्भीक)

जीवनभन्दा राष्ट्रियता र समाज धेरै ठूला कुरा हुन् । संस्कृति र समाज हामीले विसंगतपूर्ण बनाएका छौं यसलाई परिमार्जन गर्नुपर्छ ।

मलाई टीका मिलनका छन्दकविता, रवीन्द्र समीरका लघुकथा, होम सुवेदीका निवन्ध तथा कोमल भट्टका गजलहरू मझेरीमा पढ्न मन लाग्छन्, अन्य धेरै स्तरीय साहित्यकारहरू हुनुहुन्छ म उहाँहरूको अवमूल्यन गर्न चाहन्न ।

लेखकहरूलाई हामी लेख्दै जाउँ हाम्रा रचनाले संसार वदल्न सहयोग गर्न सक्छन् भन्न चाहन्छु भने पाठक महोदयहरूलाई नेपाली साहित्यको मिठास पान गर्दै निरन्तर लेखक, रचनाकारका गल्ती पहिल्याई सुधारिने मौका दिनुहोस् ।

चूडा निर्भीक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
20150212_HomSuvedi-Interview-06

मझेरी भलाकुसारी, अंक १८ (होम सुवेदी)

नेपाली भाषा पनि माध्यम वा सम्पर्क भाषाको रुपमा छ । यसलाई नेपाल राष्ट्रको एक मात्र सम्पर्क वा माध्यम भाषाका रुपमा मान्यता भएकै छ र हुनुपर्छ ।

अहिले नेपाली भाषाको लेखनमा भाँडभैलो छ । यसैले भाषाको लेखन रुपलाई सुस्थिर र एक बनाउन राज्यबाट लामो समय दिएर, खर्च लगाएर योजना तयार गरी भाषिक कार्यहरू गरिनु पर्छ ।

प्रतिक्रियारहित पाठक भनेको विषविनाको सर्प जस्तो हो पाठकरुपी सर्पले टोक्ला भनेर लेखकले लेख्ता तर्छिइरहनु परोस् तब न गतिलो सामग्री आउँछ ।

– होम सुवेदी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
20141207_RamKrishnaPoudel-Interview-01

मझेरी भलाकुसारी, अंक १७ (रामकृष्ण पौडेल अनायास)

कविडाँडा कैलासनगर चितवनमा जन्मिए र कविडाँडाको माहोल साहित्यमा निकै नै तातिरहेकोले मलाई त्यो माहोलले छुटाउन सकेन ।
साहित्य भनेको हृदयको कलात्मक अभिव्यक्ति हो ।
हाल साहित्यमा एउटा नराम्रो बिकृति हाबी भएको छ – साहित्यमा गुट, उपगुट र राजनीतिक भातृ संगठन जस्तो बन्दै गइरहेको छ । यस्तो बिकृतिबिरुद्ध म साहित्यिक क्रान्ति पनि गरिरहेको छु ।
म आफै राम्रो पाठक बन्न सकुँ । अन्य पाठकले यो कुसल पाठक हो भनेर चिन्दा नै म सन्तुष्ट हुने थिएँ ।
-रामकृष्ण पौडेल अनायास

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
SadanandaAbhagi-02

मझेरी भलाकुसारी, अंक १६ (सदानन्द अभागी)

आत्मासन्तुष्टिको लागि लेख्छु । लेख्नको लागि अध्ययन गर्नुपर्छ, अध्ययन गर्दा ज्ञान बढ्छ ।
साहित्य लेखनमा प्रेरणाका स्रेात आदरणीय कविवर तथा मेरा स्कुलगुरु हरिभक्त कटुवाल नै हुनुहुन्छ ।
मझेरीसँगको सम्पर्कबाट मेरो लेखनकार्य तीब्र भएको छ । र मनले चाहेजति लामा लामा लेखहरू पनि लेख्न थालेको छु ।
नेपाली साहित्यले गति लिएको छ र अँझै यसको व्यपकताको आवश्यक्ता छ ।
-सदानन्द अभागी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
20130217_RajeshRumbaLamaInterview-02

मझेरी भलाकुसारी, अंक १५ (राजेश रुम्बा लामा अतृप्त)

गुट उपगुटको भकुण्डो गोल पोस्ट ताक्दै प्रहार गर्दै गरेका साहित्यिक खेलाडीहरू देख्दा डर लाग्छ ।
केही समयमा मेरो गीति संग्रह ‘अतृप्त रहर’ आउदै छ ।
सम्पूर्ण आदरणीय पाठक र मित्र बन्धुहरू … को माया, हौसला प्रेरणा र आलोचना नै मेरो अचुक अस्त्र हो समय र समाजका विसंगतिसँग लड्ने । यहाँहरूको तितो मिठो प्रतिकृयाको आशामा सधैं प्रतिक्षारत हुन्छु ।
विदेशिएपछि देशको माया अझ बढी लाग्दो रहेछ । समुन्नत राष्ट्रको सामू आफ्नो दुर्दशित देश देख्दा अति दुख्छ यो मन् । हरेक प्रहर कोतरिन्छ यो मुटु । त्यसैको प्रतिफल होला देशभक्तिका रचना ।
राजेश रुम्बा लामा अतृप्तका रचनाहरू
राजेश रुम्बा लामा अतृप्तका रचनाहरू (सूची)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
20130126_GitaThapa-01

मझेरी भलाकुसारी, अंक १४ (गीता थापा दोषी)

सन्देश दिने, अन्याय अत्याचार बिरुद्द बोल्न साहस दिने, केही शिक्षा दिने उपयोगूी रचना गर्न रुचाउँछु । हाम्रो देश र समाजको लागि अहिले यस्तै उपयोगि रचनाहरूको खाँचो छ जस्तो लाग्छ ।
अरुको रचना पनि पढ्ने बानी बसालौ ।
साहित्य भनेको जीवन र जगत बुझाउने सुन्दर माध्यम हो ।
अहिलेसम्म हामी विदेशी लेखकको प्रशंसक भएर बाँचेका छौ । अब हामीले आफ्नै कला र साहित्यलाई माया गर्नुपर्छ र विश्व बजारमा पुर्याउन सहयोग गर्नुपर्छ भन्न चाहन्छु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
20130112_BuddhiMoktan_01

मझेरी भलाकुसारी, अंक १३ (बुद्धि मोक्तान)

सत्य कुरा नै लेखाइमा परुन भन्ने चाहन्छु ।
सामान्य गाउँमा पनि एउटा पुस्तकालय होस, … साहित्य समाज होस्, जस्ले … कार्यक्रमहरू गर्ने, गाउँ ठाउँ अनुसारको राष्ट्रिय भाषा, स्थानीय भाषा, जात जाति भाषा जुनसुकैमा सिर्जना सिर्जित गरी वाचन गर्ने, सुन्ने, सुनाउने गरियो भने …
मझेरी भित्रको महानता बुझेर संसारको जुन सुकै कुनाबाट नेपाली साहित्यलाई माया गरेर लेख्नु हुने सबै आदरणीय लेखकहरूको, म पाठक हुँ… सिर्जनशिल र कर्मशिल भएर बाँच्नु नै साहित्यिक जीवन हो ।
बुद्धि मोक्तान

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
20121223_DeshSubba_MajheriBhalakusarai_01

मझेरी भलाकुसारी, अंक १२ (देश सुब्बा)

भयवाद भनेको जीवनलाई हेर्ने, सञ्चालन गर्ने विस्वास गर्ने अर्को दृष्टिकोण हो ।
रेखा कविता … एउटा विचार हो जीवन र जगतलाई हेर्ने । रेखाबाट जीवन, जगत हेरौँ भन्ने सोच हो ।
नेपाली साहित्यमा बहुलता आएको छ । यो सकारात्मक हो । लेखाइसँगै व्यवहारमा पनि बहुलताले स्थान पाउँदै गएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
SuryaChemjong-03

मझेरी भलाकुसारी, अंक ११ (सूर्य चेम्जोङ)

साहित्य मनोरञ्जनात्मक साथमा सन्देश मुलक हुनु नितान्त जरुरी छ ।
खाडीको गर्मीमा फुङ उडेको बालुवामा सपना खोजिरहेका छौँ बडो नमिठो लाग्छ ।
नेपाली साहित्यको … गति सही र प्रगतिको गतितर्फ लम्किरहेको छ ।
आउनुहोस्, हामी सँगै हातेमालो गरेर नेपाली साहित्यकासलाई विश्व साहित्यको हाराहारीमा पुर्याऔँ ।

-सूर्य चेम्जोङ : सूर्य चेम्जोङका रचनाहरू

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
BinaTamang-02

मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)

म … कुनै सीमामा बाँधिएर साहित्य सृजना गर्नु लेखकप्रतिको अन्याय ठान्दछु र म अन्याय सहन्न । स्वेच्छाले लेख तयार गर्छु …
जबसम्म समाजमा व्याप्त नारी उत्कण्ठाहरू सम्बोधन गरिदैन तबसम्म समाज परिवर्तनका लागि गरिएका आदर्शका गफहरू गफमै सीमित रहने । त्यसैले म नारी लेखनतिर साहित्यकारको ध्यानाकर्षण गराउन चाहन्छु ।
अहिलेको नयाँ पिढीमा आफ्नो भाषाप्रतिको क्रेज बिस्तारै घटेर गएको देखिन्छ । यसबाट बिमुख नहोस भन्नाको हेतु पनि तामाङ साहित्यमा कलम चलाउनेको जमात बाक्लै देखिन थालेको छ ।
राजेश रुम्बा लामा ‘अतृप्त’ सर, … नन्दलाल आचार्यज्यू, तीर्थ यात्री पौडेलज्यू, ठिस बुढाज्यू, रुमन न्यौपानेज्यू, बुद्धि मोक्तान भाइ, सुषमा मानन्धरज्यू, रामकृष्ण पौडेल अनयाँसज्यू, आचार्य प्रभा दिदी, शरण आँशुज्यू र अन्य धेरै लेखकहरू मेरो मनपर्ने लेखकहरूमा पर्नुहुन्छ ।
नेपाली भाषा तथा साहित्यलाई सम्मान एवं माया दिउँ । नेपाली हुनुको परिचय दिउँ । नेपाली हुनुमा गौरव गरौं ।

बिना तामाङका रचनाहरूको लिस्ट : https://www.majheri.com/taxonomy_vtn/term/1531
बिना तामाङका रचनाहरू (सारांश सहित) : https://www.majheri.com/taxonomy/term/1531

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
DeepsShah_Cover_Aago

मझेरी भलाकुसारी, अंक ०९ (दीप्स शाह)

म आफ्नो आत्मसन्तुष्टिको निमित्त लेख्छु । र आफ्नो ज्ञानको दायरा फराकिलो पार्नुको साथसाथै पाठकलाई केही दिन चाहन्छु जसले केही सान्त्वना, केही भरोसा र केही ज्ञान मिलोस् ।

ताजा सोचबिचार र चेतनाका शब्द खेती गरेरै पेट पाल्न सकिने बातावरण हाम्रोमा किन भएन? कस्ले हुन दिइरहेको छैन? भन्ने प्रश्नले बेसरी कोतरेको थियो बिदेश लाग्दको क्षण र आज पनि ।

अध्ययन र साधना बिनाको सिर्जनामा दम हुँदैन यो मेरो अनुभव र मान्यता दुवै हो ।

साहित्यले समाजलाई सधैँ सकारात्मक बाटोतिर उन्मुख गर्दै समय र परिवेशअनुसार चल्न र ढल्न दृष्टिगोचर गर्नसक्नुपर्छ ।

मझेरी आँफैमा गौरबपूर्ण नाम बनिसकेको छ । यस्तो माध्यमबाट … मलाई पढ्नुहुने सम्पूर्ण पाठकहरूसमक्ष सिर्जनाको बाटोमा मलाई सधैँ झक्झक्याइरहन र आवश्यक सुझाब सल्लाह दिइरहनुहुन सादर अनुरोध गर्न चाहन्छु ।

–दीप्स शाह

दीप्स शाहका रचनाहरू

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
RamBikramThapa-02

मझेरी भलाकुसारी, अंक ०८ (रामविक्रम थापा)

साहित्यका बहुविधामा कलम चलाए पनि आत्ममूल्यांकन गर्नुपर्दा म आफूलाई कविता, लघुकथा, र बाल-कविताको विधाको लेखक मान्नु उचित ठान्छु ।
निरन्तरता र धैर्यता लेखकका गहना हुन् । अध्ययन, चिन्तन र मनन त आधारभूत शर्त हुन् जस्तो मलाई लाग्छ ।
मोफसलका लेखकलाई कुलामाथिको बाली (बिरूवा) भन्छु म ।
नेपाल प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशन सत्तामुखी छन् । विशुद्ध साहित्यिक भए राम्रो हुन्थ्यो ।
साहित्यलाई माया गरौँ, लेख्न र पढ्न नछाडौँ । केही अंश समय र अर्थ यसमा लगानी गरौँ ।

—रामविक्रम थापा

रामविक्रम थापाका रचनाहरू पढ्न यो लिंक थिच्नुहोस् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
SharanAnsu-02

मझेरी भलाकुसारी, अंक ०७ (शरण आँसु)

सामान्य किसान परिवारको जीवन पद्धति – घाँस, दाउरा, मेलापात, गरिबी, ग्रामीण जनजीवन, प्राकृतिक सौन्दर्य, देशभक्ति, सामाजिक विभेद र मायाप्रीतिका अनुभूतिहरू मनमा छचल्किन्छ, अनि तिनै अनुभूतिहरूलाई शब्दले उनेर म लेख्ने गर्छु ।

रसायनशास्त्रका प्रतिकृयाहरूमा पनि साहित्यको रस भेटिन्छ । … रसायनशास्त्र मेरो साहित्य सृजनाको पृष्ठभूमिमा र मस्तिष्कको कोलाजमा पोतिएको सुन्दर रङ्ग हो ।

…मझेरीमा प्रकाश पौडेल ‘माइला’ एवं नन्दलाल आचार्यज्यू आदिले प्रेसित गर्नुभएको साहित्यिक गतिविधि सम्बन्धी रिपोर्टहरू पनि पढ्ने अवसर पाउँदा खुशी लागेको छ ।

साहित्यकार दाजु सरुभक्त नेपाली कविता यात्राको पृथक प्रयोग “संरक्षण कविता आन्दोलन” का प्रणेता हुनुहुन्छ । म पनि आन्दोलन कविको रुपमा विभिन्न शृङ्खलाका कार्यक्रमहरूमा संलग्न रहँदै आएको छु ।

‘मझेरी’ नेपाली साहित्यिक रचनाहरूको सर्वाधिक ठूलो र स्तरीय वेब भण्डार हो । यसलाई प्रभावकारी बनाइराख्न भाषागत र विधागत त्रुटीहरू घटाउने र स्तरीय लेख रचनालाई मात्र गृह पृष्ठमा राख्ने, लेख रचना प्रकाशनका नियमहरू पालन गर्ने, धेरै पाठक तथा स्रष्टाहरूसमक्ष पुर्याउन फेसबुक र ब्लगहरूमा राख्ने आदि प्रकृयाहरूलाई निरन्तरता दिनुपर्छ ।

श्रद्धेय पाठकहरूको प्रतिकृयाको अपेक्षा राख्छु । रचनाले पस्केको भावना यहाँहरूको मनमा पोखियोस्, यदि पाठक स्वयं रचनाको पात्र हुनुहुन्छ भने यसको विम्ब प्रतिबिम्बहरूको मर्म बुझ्नुहोस् भन्ने आग्रह गर्न चाहन्छु ।

—शरण आँसु

शरण आँसुका रचनाहरू

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
PrakashPoudelMaila-05

मझेरी भलाकुसारी, अंक ०६ (प्रकाश पौडेल माइला)

साहित्य समाजको दर्पण हो । साहित्यले बिगतको मूल्यांकन मात्र गर्दैन वर्तमानको समीक्षा गर्दै भविष्यको खाका पनि कोर्छ । … साहित्य लेख्न रहरले मात्र पुग्दैन ।

हाइकु बास्तवमैं बेजोड हुन्छ । वर्तमान व्यस्तताको युगमा कम शब्दको प्रयोगमा धेरै भाव प्रकट गर्न सक्ने र आवस्यकता अनुसार चोटिलो ब्यङ्य समेत हान्न सक्ने सामर्थ्य राख्छ हाइकुले ।

केही महिना अगाडि मात्रै जापान कै एउटा टेलिभिजन मार्फत मेरो हाइकुहरू प्रसारण भएको थियो । जसमा कोरिया, उज्वेकिस्तान, टर्की लगायतका देशका हाइकु कविहरूको समेत सहभागिता रहेको थियो ।

मेरो मेहनेत र लेखनको स्तरलाई मूल्यांकन गरेर पाठकहरूले जुन स्थानमा राख्नु हुन्छ, अबको ५-१० वर्षपछि म त्यहीं हुनेछु । साहित्य यस्तो क्षेत्र हो जहाँ अपेक्षा कम राखेर मेहनेत धेरै गर्नुपर्छ हल्ला गर्नेभन्दा काम गर्ने कुरामा मेरो बिस्वास छ ।

सुरुका दिनबाट नै मझेरीलाई नजिकबाट हेर्ने अवसर पाइरहेको छु । छोटो समयमा नै मझेरीले ठुलो फड्को मारेको छ । … पाठकको रुचि र चाहना बुझेर अगाडि बढेको अवस्थामा मझेरीले अझै लोकप्रियता प्राप्त गर्न सक्छ । स्तरीयतालाई मध्य-नजर गर्दै नवसर्जक सहितलाई समेट्न सक्नुपर्छ । आधुनिक प्रबिधिको युगमा नयाँ-नयाँ प्रबिधिको उपायोग गर्दै पाठकहरूलाई सक्दो सुबिधा प्रदान गरी आफूतिर आकर्शित गर्न सक्नु पर्छ ।

सबैले साहित्यिक पत्रिका किनेर पढ्ने बानी बसालौं ।विश्वको जुन सुकै कुनामा रहे पनि हामी नेपाली हौ भन्ने भावना नबिर्सौ ।

—प्रकाश पौडेल माइला

प्रकाश पौडेल माइलाका लेख/रचनाहरू पढ्न यता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ShushmaManandhar-03

मझेरी भलाकुसारी, अंक ०५ (सुषमा मानन्धर)

साहित्य मेरो लागि एउटा भोगाई हो । … सुख दुःखका अनुभवहरू, इच्छा, सपना र कल्पनाहरू शब्दमा उनिएर साहित्य बन्छ । साहित्य मेरो लागि नशा पनि हो ।

विशुद्ध साहित्यिक पत्रिकाहरूको संख्या बढाउने, ईपत्रिकाहरू चलाउने, पाठक क्लबहरूको स्थापना र पाठकहरूको पनि रुचिलाई ध्यानमा राखेर लेखकहरूले केही कम्प्रोमाइज गरी लेख्ने गरिए साहित्यको मार्केट बढ्थ्यो कि !

पाठक प्रतिकृया मेरो लागि ठूलो निधि हो । आफ्नो लागि आउने प्रतिकृयाको मलाई असाध्यै चासो रहन्छ । रचना प्रकाशनपछि प्रतिकृया आउने हो वा हैन कस्तो आउने हो भन्ने डर र कौतुहल दुवै रहन्छ ।

(हाल) लेखक-पाठक वीचको दूरी टाढा नभए पनि नजिक पनि छैन । लेख रचना पढियो, राम्रो लाग्यो/लागेन, के कस्ता कमी छन्, भन्ने जानकारी हामी लेखक समक्ष पुर्याउँदैनौं, जसले गर्दा लेखकले आफ्नो लेखाइमा भएका त्रुटीलाई सुधार्न पाउँदैन । … पाठकहरूले पस्किएका रचनाहरू पढेपछि लेखकलाई आफ्नो धारणा बताउने र लेखकहरूले पनि तिनलाई उचित सम्मानसाथ लागु गर्ने हो भने दूरी नजिक भैहाल्छ नि ।

लेखक जिउँदो पाठककै कारणले हुन्छ । यदि पाठकहरूले नै अस्वीकार गरे लेखकको के अस्तित्व र औचित्य ? त्यसैले जति बढी पाठक छन्, त्यति नै लेखक सफल हुन्छन् । अतः आदरणीय पाठकहरू तपाईंहरूले कुनै पनि रचना पढेपछि राम्रो-नराम्रोको सही प्रतिकृया गरेर लेखकलाई दिशानिर्देश गरिदिनु भयो भने लेखाइहरू फिल्टर हुँदै जान्छन् र समाजले स्तरीय साहित्य पाउन सक्छ ।

सबैले लेख्छन्, तर लेख्न सजिलो छैन । … मझेरीका लेखक र पाठक मित्रहरू एक अर्काको शुभचिन्तक बनेर एक अर्कालाई सहयोग गरौं । राम्रो साहित्यको लागि हामीलाई लेखक र पाठक दुवै चाहिन्छ ।

—सुषमा मानन्धर

सुषमा मानन्धरका लेख/रचनाहरू पढ्न यता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •