छोरीको कमाइ

इजरायलको अनेसास च्याप्टरको अधिवेशन थियो ! नेतृत्व परिवर्तन र रचना वाचन गर्ने कार्यक्रम समेत भएकोले सर्जक / साहित्यानुरागीहरूको भेला बाक्लो थियो ।
Read More »छोरीको कमाइइजरायलको अनेसास च्याप्टरको अधिवेशन थियो ! नेतृत्व परिवर्तन र रचना वाचन गर्ने कार्यक्रम समेत भएकोले सर्जक / साहित्यानुरागीहरूको भेला बाक्लो थियो ।
Read More »छोरीको कमाइजीवनका प्रत्येक क्षणहरुसँग मैले तिमीलाई संघर्ष गर भनेकै हुँ । मैले व्यतीत गर्ने समय सीमा र तिमीले पाएको अवसरलाई एउटै पाटोबाट नहेर्दा तिमी र ममा फरक देख्नु कुनै अनौठो विषय लागेको थिएन मलाई । मैले मन पराएर व्यतीत गरेका अवसरहरुले तिमीलाई पनि कुनै क्षणले पछ्याएका थिए होलान ।
Read More »शहरजीवनका कुनै मोडहरुमा कुलिन भट्ट दम्पतीले आफ्ना छोराछोरीलाई सुखी राख्न कुनै कसर बाँकी राख्दैनथे । गाउँमा शान शौकत र इज्जतको बास बसेको त्यो ऐस्वर्य घरमा एकदिन एउटा काल पस्छ र भट्टीनीलाई चुँडाएर लैजान्छ । सह र ममताकी खानी भट्टीनीको महाप्रस्थानपछि जीवनका सरल मोडहरुले नागबेली मार्गमा बिचरण गर्न थाल्छन् ।
Read More »जीवनका मोडहरूत्यसै दिनबाट मेरो बाहिरी संसार अँध्यारो भयो। हावा झै उड्ने मेरो मन कसरी थिग्रियो होला यत्तिका दस वर्ष? आफैंले बिताएका पलसँग पनि कति साँघुरो विश्वास?
साना थिए। कलिला थिए। भाँच्दा पिटिक्क भाँचिने इपिलका डाँक्ला-मेरी दुईवर्षे छोरी ज्योतिका कोमल अंगजस्तै। आज बयस्क भएछन्। मेरी ढुकढुकी ज्योति कत्री भैहोली? बयस्क भैसकी होली इपिलजस्तै बढेर ऊ या मेरो अभावमा पानी नपाएर सुकेका यी बकाइनाका विरुवाजस्तै भैहोली। उँभो बढ्न पनि त सहारा चाहिँदो रहेछ नि। नत्र एकै ठाउँका/एउटै उमेरका यी इपिल र बकाइनाका बोटमा किन यत्रो अन्तर?
कोठा चिठिक्क मिलेको छ, खाट टेवल अनि सानो सुटकेस । कोठा मिलाउनलाई बढी मेहनत गरे जस्तो देखिन्छ ! टेवलमा सधैं झै किताव, छेउमा पानीको थर्मस अनि सिसाको गिलास । दुई जना पुलिस हातमा नेपाली कागज लिएर उसको कोठामा प्रवेश गर्दछन् । एक हुल जमात मानिस बाहिर कौतुहल्ताका साथ जिज्ञासु हुन्छन्, भनौ रमिते । म उसको अत्यन्त नजिकको साथी ठान्थे, हर कुरा मसँग साटछ भन्थे, तर आज यस्तो क्षण हुदा पनि म अज्ञानी भए । यसमा मेरो के दोष ? अहँ ! उसको पनि छैन ।
मैले नुर अलिको म्यासेजलाई पुरापुर बेवास्था गरेको थिएँ । तर उसले आफ्नो घर सप्तरी बताएपछि मात्र रेस्पोन्स गरेको थिएँ । म्यासेञ्जरमा तिलाठी घर बताएथ्यो नुर अलिले । ऊ नर्थ सान एन्टोनियोमा बस्दो रहेछ । म साउथमा । यो सुनेर ऊ निकै खुसी भयो । मलाई भेट्न निकै जिद्दी गर्यो । उसले यसरी जिद्दी गर्यो मानौ म कुनै मिथिला मुलुकमा आतिथ्य ग्रहण गर्दै छु । जिद्दीमा शौहाद्र्रता थियो, कृत्रिमता थिएन ।
सुत्केरी हुँदा अत्यधिक रक्तश्राव भएर बेहोस भएकी भुजेल्नी पुत्रिरत्नको मुखै नदेखी भगवानकी प्यारी हुन पुग्छिन् । एकातिर पत्नी वियोगले बिक्षिप्त बनेको भुजेल माहिलो लासको छेउमा बसेर फुटीफुटी रुन्छ भने अर्कातिर मातृवियोगले तड्पिरहेको पाँच वर्षे यम लडिबुडी गर्दै चिच्याउन थाल्छ । बुहारीको अकालमै ज्यान गएकाले बुढी सासू पनि भक्कानिदै रुन्छिन् ।
आज धर्ती दुख्यो । माटो दुख्यो । बैरी हावाको कुत्सित मनसायले आफ्नो अधिकार ! अधिकार ! भनी भजाएर साम्प्रदायिकता हुल्याइरहेछन् । स्वाभिमान भनी मनको टुटुल्को उठ्ने गरी गिजोलिरहेछन् । सबैलाई एकजुट हुन दिन उनीहरु कहिल्यै चाहँदैनन् । चेतनाको प्रवाहलाई विजोग बनाउनु नै शासकहरुको रणनीति भइरहेको छ । कहिल्यै भाषिक अधिकार भनेर जनाताहरु विभाजित हुन्छन् अनि त उनीहरु दङ्ग हुन्छन् । त्यस्तै कहिल्यै प्रादेशिक अधिकार भन्दा पनि उनीहरु झन् दङ्ग हुन्छन् ।
गर्मीमास । दिनभर जंगलमा आरा काटेर साँझपख लखतरान भएर घर आइपुग्दा आफ्नी स्वास्नीलाई घरमा नदेखेपछि हर्कमान रिसले भाउन्न हुन्छ । घरको चप्पा चप्पा छान मार्दा पनि केही खानेकुरो हात नलागेपछि स्वास्नीले बजार लगेर बेच्न ठिक्क पारेका खोयाबिर्के रक्सीका बोतलहरुमध्येका तीन बोतल रक्सी थकाई र भोकप्यासले रन्थनिएको हर्कमानले एकै सासमा तुर्याउँछ । फलस्वरुप नशाले उसलाई अनियन्त्रित बनाउँछ ।
सोभ्नियोन विद्यालय तथा विश्वविद्यालयमा मेधावी थियो । ऊसँग सङ्गत गर्न मात्र पाउँदा पनि केटीहरु आफुलाई अहोभाग्य सम्झिन्थे । शिक्षकले सोधेका कठिनभन्दा कठिन प्रश्नहरु उसले सहजै उत्तर दिन्थ्यो । यसले गर्दा उसको विलक्षण प्रतिभा देखी शिक्षणसँस्थाले उसप्रति गर्व गथ्र्यो ।
यही कुरा विद्यालय तथा विश्वविद्यालयका दोस्रो भएकाहरु तथा अन्य विद्यार्थीहरुलाई जलन हुन्थ्यो ।
ऊ र ममा कुमार र नारायणको फरक थियो । ऊ कृषि पेशामा थियो । म भने प्रहरी सेवामा थिएँ । ऊ सप्तरीको दक्षिणको यादव थियो । म उत्तरी भागको यादव थिएँ । नाम पनि उस्तै थियो । एक समय हाम्रो मन पनि उस्तै थियो । भूगोल फरक पर्दा र पेशा अलग हुँदा विचारमा अलिक फरक पर्दै जाँदै थियो । यद्यपि म भने पनि शिवनारायण यादव हुरुक्क हुन्थ्यो ।
जमिनदार मखनलाल चौधरी गाउँमा मनग्ये हरुवाचरुवा, हलीगोठाला आदि राखेर तराईको आफ्नै अलिशान हवेलीमा बस्छन् । उनीले धेरै परिवारलाई आश्रय दिनुका साथै उनीहरुको रोजीरोटीको समस्या पनि टारिदिएका छन् । भलाद्मी, दयालु र न्यायका कठोर पक्षपाती समाजसेवी चौधरी गाउँका सबैका प्रिय मुखिया मानिन्छन् । शान शौकत र सम्पतीको छेलोखेलो भएर पनि बुढेसकालमा बिदुर भएका चौधरी आफ्ना सन्तान दुईजना जवान छोराहरुसँग बसेर जिन्दगीको गाडी गुडाउँदै छन् ।
चैत्र–बैशाख महिनाको टंटलापुर घाममा पसिना चुहाउँदै पटुवा गोडिरहँदा कसैले मलाई बोलाएको आवाज सुनेर झसँग भएँ ।
‘सुकुनी गे, एने सुन । हमर दिसन ताक त !’
दाहिने हातले पस्नी उठाउँदै पुलुक्क हेर्दा चन्देश्वर पटवारी छाता टेकेर दश हात परै उभिएको थियो । मैले हत्त न पत्त टाउको निहुर्याएँ । ऊ जब्बर भएर उभिरह्यो । मेरा हातले पटुवाबारी गोडेजस्तो गरे ।
कोरोनाको बन्दाबन्दीले अन्य वर्षको झै यसपाली मिठाई पसलमा मान्छेको भिड पटक्कै थिएन । फाट्टफुट्ट मात्र खोलेका मिठाई पसलमा सँधैको जस्तो खालखालका मिठाईहरूको चाङ् पनि थिएन । पसलेहरू समय कटाउन पनि मोबाइल मै ब्यस्त हुनुपर्ने बाध्यता थियो । बिहानै देखि मान्छेको चहलपहलले रङ्गिएको देखिने सडकमा कुनै रौनकता थिएन । सडक एकोहोरो रुपमा लगभग एक्लै सुस्ताइ रहेको थियो । सडकमा टाँसिएका घरहरूका धेरै जसो सटरहरू बन्द थिए ।
सप्तरीको कलुवा मरिकले सुमित्रा यादवसँग अन्तरजातीय विवाह गरेको थियो । मागेअनुसार भोजभत्तेर खुवाउन नचाहँदा गाउँघरबाट बहिष्कृत भएका थिए । गाउँमा अट्न नसकेर खोला किनाराको ऐलानीप्रतिमा झुपडी बनाएर गुजारा गर्थे । गाउँमा बनिबुतो गर्न पनि मनाही थियो । उनीहरूले आफ्नै समाजको नाकाबन्दी भेल्नुपरेको थियो ।
चार वर्षकै उमेरदेखि कलुवा–सुमित्राको छोरो चन्द्रे मरिक पितृमातृ सुखबाट टाढिँदै गएको थियो । किनभने उनीहरूले आफ्नो छोरो जनकपुरको अक्षर पाठशालामा बोर्डस गरिदिएका थिए ।
हरिया चियाका बोटहरूले तरेली परेका पहाडी कान्लाहरूलाई थुम्का थुम्कामा पऋणत गरेका छन् । चियाका कलिला आँकुराहरू कपास झै सेताम्मे फुलेका बादलुको लुकामारीमा रमाइलो मानेर खित्खित्ताइरहेका छन् । तिनै चियाका बोटहरूको थुम्का थुम्कीहरूको किनारमा लस्करै उभिएका धुपीका बास्नादार बैसालु रेशमी पातहरू चञ्चल पवनको झोक्कासँगै फरफराइरहेका छन् । जुरेली, गौन्थली र कोइलीजस्ता चरीहरूको मीठो साङ्गीतिक आवाजले मादकता थपिदिएको छ ।
बलिन्द्र आँशुका धारा बगाएर अबिरल रोइरहेको छ आकाश । कोरोनाको महामारीको कारण मान्छेको चहलपहल शून्य छ । चराचर जगत नै आ-आफ्नो वासस्थानमा खुम्चिन बाध्य भएका छन् । बेपार व्यवसाय गर्नेहरू मलिन अनुहार लगाएर ग्राहकको पर्खाइमा शून्य सडक चियाइरहेका छन् । जोरबिजोर प्रणाली लागू गरिएकोले निजी सवारी साधन फाट्टफुट्ट गुडिरहेका छन् ।
निरीहाको बेला बेलामा दुखिरहने पेट आज पनि अरू दिनभन्दा अलि बढी दुखेर औषधी सेवन गर्नु पर्ने नै भो । पेटको दुखाइ कम त भयो औषधीले तर उसले दिनभर थकानको अनुभव गरिरहेकी थिई । आज लगातारको वर्षाको कारण दिक्दार लाग्दो रह्यो दिन ।
पहाडमा जन्मे हुर्केको म प्रवेशिका उत्तीर्ण गरिसकेपछि मात्र उच्च शिक्षाको लागि शहर टेकेको हुँ। गाउँले जीवन घाँसदाउरा, मेलापात सबै गरेर पढ्नु पर्थ्यो। पढेका मानिसले धेरै कमाउँछन् भन्थे त्यसैले पढ्नु पर्छ भन्ने थियो। पढेलेखेको पृष्ठभूमि नभएर होला के पढ्ने, कसरी पढ्ने त्यति ज्ञान थिएन तर पैसा कमाउनलाई चाहिँ पढ्नै पर्छ भन्ने थियो ।
सानो छँदा दुईचार पैसाको पनि साह्रै महत्त्व । चार रुपैयाँमा एक पिलेट मटर र एउटा सेल रोटी पाइन्थ्यो ।
कार्यालयको कामको सिलसिलामा हाम्रो टीम विर्तामोडमा फिल्ड मुकाम बनाई बसेको थियो । होटल विनायकमा ।
“म्याडमलाई अस्पताल लिएर जगन्नाथ सर आउनु भएको छ अरे । म्याडमको अवस्था गम्भीर छ रे ।” सरोजले कोठा भित्र छिर्दा छिर्दै भन्यो ।
मैले आनी छोइङ डोल्माको ‘फूलको आँखामा’बाट आफ्नो आँखा हटाएर जिज्ञासु बन्दै सरोज र पुष्करलाई पालैपालो हेरें ।
हप्ता दिनदेखि हामीबीच बोलचाल थिएन ।
उनी जित्न चाहन्थिन् । म हार्न चाहन्नथेँ । उनी मेरो मुखबाट सत्य बकाउन खोज्थिन् । म असत्यको पर्दाले ढाकेर उनलाई दृष्टिभ्रममा राख्न खोज्थेँ । केही सिप नलागेपछि आखिरमा उनले बाजी थापिन् । लाजै पचाएर मैले पनि सहमति जनाइदिएँ । कुनै असमञ्जस्यमा परिनँ । हर्षबढाइँ गर्न थालेँ । त्यसबेला उनको पराजय मेरो पुरस्कार थियो । उनको आँसुमा मेरो शक्ति लुकेको थियो ।