एक कल
मिटिङ हल पुरै शान्त थियो। पावरपोइन्टको स्लाइडमा कम्पनीको अर्को वर्षको योजना चलिरहेको थियो। सबै जना गम्भीर मुद्रामा थिए। एक्कासि, टेबलमाथि राखिएको फोन भाइब्रेटले पुरै माहोल शान्त बनाइदियो।
त्यो कम्पनले वातावरणमा अजीब किसिमको तरंग फैलायो। कोही केही बोलेनन् । सबैले चुपचाप एक अर्काको मुख हेराहेर गरे अनि अगाडि बसेका उच्च पदस्थ अधिकृतले भनीहाले “Please keep your phone on silent.”Read More »एक कल









कोठा चिठिक्क मिलेको छ, खाट टेवल अनि सानो सुटकेस । कोठा मिलाउनलाई बढी मेहनत गरे जस्तो देखिन्छ ! टेवलमा सधैं झै किताव, छेउमा पानीको थर्मस अनि सिसाको गिलास । दुई जना पुलिस हातमा नेपाली कागज लिएर उसको कोठामा प्रवेश गर्दछन् । एक हुल जमात मानिस बाहिर कौतुहल्ताका साथ जिज्ञासु हुन्छन्, भनौ रमिते । म उसको अत्यन्त नजिकको साथी ठान्थे, हर कुरा मसँग साटछ भन्थे, तर आज यस्तो क्षण हुदा पनि म अज्ञानी भए । यसमा मेरो के दोष ? अहँ ! उसको पनि छैन ।
मैले नुर अलिको म्यासेजलाई पुरापुर बेवास्था गरेको थिएँ । तर उसले आफ्नो घर सप्तरी बताएपछि मात्र रेस्पोन्स गरेको थिएँ । म्यासेञ्जरमा तिलाठी घर बताएथ्यो नुर अलिले । ऊ नर्थ सान एन्टोनियोमा बस्दो रहेछ । म साउथमा । यो सुनेर ऊ निकै खुसी भयो । मलाई भेट्न निकै जिद्दी गर्यो । उसले यसरी जिद्दी गर्यो मानौ म कुनै मिथिला मुलुकमा आतिथ्य ग्रहण गर्दै छु । जिद्दीमा शौहाद्र्रता थियो, कृत्रिमता थिएन ।
सुत्केरी हुँदा अत्यधिक रक्तश्राव भएर बेहोस भएकी भुजेल्नी पुत्रिरत्नको मुखै नदेखी भगवानकी प्यारी हुन पुग्छिन् । एकातिर पत्नी वियोगले बिक्षिप्त बनेको भुजेल माहिलो लासको छेउमा बसेर फुटीफुटी रुन्छ भने अर्कातिर मातृवियोगले तड्पिरहेको पाँच वर्षे यम लडिबुडी गर्दै चिच्याउन थाल्छ । बुहारीको अकालमै ज्यान गएकाले बुढी सासू पनि भक्कानिदै रुन्छिन् ।
आज धर्ती दुख्यो । माटो दुख्यो । बैरी हावाको कुत्सित मनसायले आफ्नो अधिकार ! अधिकार ! भनी भजाएर साम्प्रदायिकता हुल्याइरहेछन् । स्वाभिमान भनी मनको टुटुल्को उठ्ने गरी गिजोलिरहेछन् । सबैलाई एकजुट हुन दिन उनीहरु कहिल्यै चाहँदैनन् । चेतनाको प्रवाहलाई विजोग बनाउनु नै शासकहरुको रणनीति भइरहेको छ । कहिल्यै भाषिक अधिकार भनेर जनाताहरु विभाजित हुन्छन् अनि त उनीहरु दङ्ग हुन्छन् । त्यस्तै कहिल्यै प्रादेशिक अधिकार भन्दा पनि उनीहरु झन् दङ्ग हुन्छन् ।
ऊ र ममा कुमार र नारायणको फरक थियो । ऊ कृषि पेशामा थियो । म भने प्रहरी सेवामा थिएँ । ऊ सप्तरीको दक्षिणको यादव थियो । म उत्तरी भागको यादव थिएँ । नाम पनि उस्तै थियो । एक समय हाम्रो मन पनि उस्तै थियो । भूगोल फरक पर्दा र पेशा अलग हुँदा विचारमा अलिक फरक पर्दै जाँदै थियो । यद्यपि म भने पनि शिवनारायण यादव हुरुक्क हुन्थ्यो ।