Skip to content

स्वदेश गीत

नौलाख तारा उदाए

नौलाख तारा उदाए, धर्तीको आकाश हाँसेछ
शरद लाग्यो डाँडामा फूलले प्रीति गाँसेछ
नजली यहाँ झिलिली मनको तारा निभेछ
गुराँस फुल्यो पहाडमा, मनको तारा निभेछ

वीर नेपाली

वीर नेपालीहरूको शिर हो सगरमाथा
चार भञ्ज्याङ् हाम्रै हो गाउँछौँ देशको गाथा ।

भावीले नेपाली भै जीउने मौका दिएको छ
दुनियाँले देखोस निधारमा नेपाल लेखेको छ,
देशकोलागि मर्छौ झुकाउन्नौ माथा
चार भञ्ज्याङ् हाम्रै हो गाउँछौँ देशको गाथा ।

नेपाल छोडी विरानो देशमा


घरमा रुन्छिन् ती बुढी आमा फर्केर आउ है
नेपाल छोडी विरानो देशमा नेपाली नजाउ है ।

सांचेर व्यथा ह्दयभरि ती बुढी बस्दछिन
आंखामा आंशु लिएर ढल्पल मुलबाटो हेर्दछिन्
आमाको आंशु पुछ्ने नै भए फर्केर आउ है
नेपाल छोडी विरानो देशमा नेपाली नजाउ है ।

टुहुरा तिम्रा भाइवैनी छन् मसान जस्तो घर
मर्छ की दाजु लडाइमा भनी लाग्दो हो कति डर
बाबाले पनि छोडेर गए सम्झेर आउ है
नेपाल छोडी विरानो देशमा नेपाली नजाउ है ।

साहुले लुट्यो खेतबारी सबै केही छैन साहारा
कल्पन्छ कठै आमाको मन त्यो छोरो कहां छ

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी

जहाँ बसे पनि हामी नेपालका सन्तति
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।

तराई फैलिरहोस् सदा पहाडको काखमा
सगर छुने हिमाल हाम्रो एउटै छ लाखमा।
माटोको सुगन्ध मीठो फूलकै सुवास सरि
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।

खोजेर अन्त कहाँ पाईन्छ?

गीत
खोजेर अन्त कहाँ पाईन्छ?
क्रान्तिले मात्र बन्दैन देश, देश बन्न शान्ति चाहिन्छ।
बुद्धको देश हो यो नेपाल, खोजेर अन्त कहाँ पाईन्छ?
द्वन्दको घाउ ताजै छ यहाँ, बिछोडिएका मनहरुमा।
आलै छ पीडा अङ्गभङ्ग भै ,बाँचिरहेका जनहरुमा।
हिंसाले मात्रै हुँदैन क्रान्ति ,क्रन्तिका निम्ति त्याग चाहिन्छ।
बुद्धको देश हो यो नेपाल, खोजेर अन्त कहाँ पाईन्छ?
बन्द हड्ताल तोडफोड मात्रै, लक्षमा पुग्ने आधार हैन ।
वार्ता र छलफल बाहेक अर्को, यो दुनियाँमा माध्यम छैन।
सिकेर पाठ इतिहासबाट ,अगाडि बढ्न हिम्मत चाहिन्छ।
बुद्धको देश हो यो नेपाल, खोजेर अन्त कहाँ पाईन्छ?
आओस चाँडै संविधान देशमा ,भावना सवको समेटेर त्यसमा।

मेरो देश हो नेपाल

‘मेरो देश हो नेपाल’

मेरो देश हो नेपाल
म हुँ नेपाली
झापामा बसेर
भैयो झापाली

नशानशा भित्र बग्छ रगत सधैँ रातो
मेरा प्रत्येक् धुक्धुकीमा नेपालकै तातो
मलाई मेरै नेपालको प्यारो लाग्छ माटो
सबै मिली बनाउनुछ हामी हिड्ने बाटो

मेरो देश हो नेपाल
म हुँ नेपाली
झापामा बसेर
भैयो झापाली

हिमाल पहाड तराई मधेश जहाँ बसे पनि
मेची काली सोलु जुम्ला जहाँ रहे पनि
नेपालकै भूभाग हो समान गरौँ माया
सन्सारकै छानो हाम्रो दिउँ शितल छाया

मेरो देश हो नेपाल
म हुँ नेपाली
झापामा बसेर
भैयो झापाली

नेपाल धड्केको

चिरेर हेर छाती यो मेरो नेपाल रहेको
जहाँमा हेर हेरन जता नेपाल धड्केको

दक्षिण तिर तराई भूमि उत्तर हिउँको
काली र मेची पश्चिम पूर्व हेर न बगेको
छिमेकी देश उत्तर चीन दक्षिण भारत
मिलेर बसी मित्रता गाँसी सौहाद्र्र बनेको

नेपाल नेपाल (गीत )

नेपाल लेऊ यो तन मेरो कोशेली भयो लौ
नेपाल तिम्रै लागि यो मन अर्पण सदा भो

फेरेको सास नेपाल सदा सुगन्ध भनेर,
बोलेको बोली नेपाल मात्रै आवाज दिएर,
धड्काई मुटु नेपाल भनी जीवन चलाई,
रगत बगी नेपाल रङ्ग भएर चल्नेछ ।