Skip to content

गजल

माया लाउने कुरा

  • by

माया लाउने कुरा आजै थाल्न पाए हुन्थ्यो
मनभित्रको टुकी सधैँ बाल्न पाए हुन्थ्यो ।।

विदेश जाने भाइ बैनीलाई भन्न मन लाग्छ
आफ्नै मुलुकतिर पाउ चाल्न पाए हुन्यो ।।

Read More »माया लाउने कुरा

डर पनि यति धेरै

  • by

डर पनि यति धेरै किन गर्‍या होला
यसै यसै पर पर किन सर्‍या होला ।।

तलाउझैँ शान्त थियो मेरो मन अस्ति
माया गर्ने बहानाले किन हर्‍या होला ।।Read More »डर पनि यति धेरै

तुफान आउनै पर्दैन

  • by

तुफान आउनै पर्दैन तिम्रो मुस्कान नै काफी छ
आगो लगाउनै पर्दैन तिम्रो मुस्कान नै काफी छ

मेरो मन मुटु खुशी तिमी नै हौ यसैले छोरा
म मुस्कुराउनै पर्दैन तिम्रो मुस्कान नै काफी छ 

Read More »तुफान आउनै पर्दैन

तिमीसँग मेरो माया

  • by

तिमीसँग मेरो माया चुलिने भो भोलि मात्र
मनमा जेजे भए पनि खुलिने भो भोलिमात्र ।

राम्रो गरी घुलमिल परिचय भएपछि
एकार्काको भाव बुझी घुलिने भो भोलिमात्र

Read More »तिमीसँग मेरो माया

थाहा छ ढुङ्गालाई

  • by

थाहा छ ढुङ्गालाई, ढुङ्गाले पनि फुटाउन सक्छ।
सम्बन्ध घन जस्तै होस्, कस्ले टुटाउन सक्छ।

आँखाभरिको आँसु, मलाई उपहारमा पठाऊनु
मुहारमा खुशी देख्नेले इज्यत, लुटाउन सक्छ।

Read More »थाहा छ ढुङ्गालाई

डुबिरहेछ डुङ्गा सुतिरहेछ माझी

  • by

डुबिरहेछ डुङ्गा सुतिरहेछ माझी हारगुहार के गर्नु?
जति नै चिच्याए पनि यहाँ हुँदै हुदैन उद्दार, के गर्नु ?

Read More »डुबिरहेछ डुङ्गा सुतिरहेछ माझी

मेरो सपनाको आकासमा

  • by

मेरो सपनाको आकाशमा उड्ने वायुयान आएन
पानी थिएन सायद समुद्रमा गुड्ने विमान आएन

मैले सपना देखेको छु र केपिको जस्तै कविता पनि
लेखेको छु तर मलाई उसको जस्तो उखान आएन

Read More »मेरो सपनाको आकासमा

ए ! जिन्दगी यो हार

  • by

ए ! जिन्दगी यो हार कतिञ्जेल चल्छ ?
खै घाटाको व्यापार कतिञ्जेल चल्छ ?

दुःख छ, पीडा छ, अभावले बेचैन मन
सोध्छौ आँखा असार कतिञ्जेल चल्छ ?

Read More »ए ! जिन्दगी यो हार

ठुलो दरबार छ

  • by

ठुलो दरबार छ मेरो दिलमा घर छ
केछ आउछौ मलाई तिम्रो अभर छ

मैले यस्तो भने भने तिमी के गर्छौ नानी
तिमीसँगै जिन्दगानी, बिताउने रहर छ

Read More »ठुलो दरबार छ

किन जिन्दगी रहरभन्दा

  • by

किन जिन्दगी रहरभन्दा नि कर हुन्छ
भूत सताउँछ भविष्यको सधैं डर हुन्छ

बिग्रदैमा सबै कुराको महत्त्व घट्दैन
नाम बिगारेर लेखेसी नै हस्ताक्षर हुन्छ

Read More »किन जिन्दगी रहरभन्दा