Skip to content

हास्यव्यङ्ग्य

गुच्चिने अँखौटा

  • by

कृपया शान्त भएर सुन्नुहोस् कि यो छ आँखे बयान हो । यसलाई सकेसम्म सत्यताका साथ प्रस्तुत गर्ने कोसिस गरिएको छ ।

Read More »गुच्चिने अँखौटा

जो चोर उसकै ठुलो स्वर

  • by

जो चोर उसकै ठुलो स्वर भनेर मलाई पो आरोप लाउँछौ तिमी । तिमीलाई के को टेन्सन मैले अवार्ड पाउँदा ?

Read More »जो चोर उसकै ठुलो स्वर

अयोध्या टू ठोरी

  • by

मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मभूमि बारेको विषयमा दुई देशीय विवादको सत्य तथ्यबारे आफ्नो कौतुहलता समाधान गर्न हेतु हातमा एकतारे बोकेर ‘नारायण–नारायण’को भक्ति भजन गाउँदै देवर्षि नारद विष्णुलोकमा आइपुग्छन् ।

Read More »अयोध्या टू ठोरी

‘लोग्ने’भन्दा ‘लोग्नेमान्छे’ गजब

भन्नु होला ‘लोग्ने’ र ‘लोग्नेमान्छे’ उस्तै हो तर होइन । ‘लोग्ने’ भनेको स्वास्नीको पोइ र ‘लोग्नेमान्छे’ भनेको आमाबुवाको छोरो हो । जबसम्म छोरो भइन्छ तबसम्म ‘लोग्ने’ भइँदैन । जब ‘लोग्ने’ भइन्छ तब छोरो रहिन्दैन ।

‘लोग्नेमान्छे’ शब्द ‘लोग्ने’ र ‘मान्छे’ अलग–अलग शब्द संयोजन भएर बनेको समस्त शब्द हो । बिहेअघि पुरुषलाई दिइने यो शब्द बिहेपछि सम्बन्ध विच्छेद गरी ‘लोग्ने’ र ‘मान्छे’ अलग–अलग बन्न पुग्छन् । ‘मान्छे’ भन्ने शब्द अर्थसहित पोइल जान्छ र ‘लोग्ने’ शब्दले मात्र आफ्नो स्थान समाउँछ ।

फेसबुक पूराण

त्वमेव लमी च प्रेमीप्रेमिका त्वमेव, त्वमेव साथीश्च सर्वस्व त्वमेव
त्वमेव डबली बिज्ञापनं त्वमेव, त्वमेव सर्व म फेसबुक देवदेव

प्राचीन हिन्दू पूराणभन्दा बिल्कुलै भिन्न कलियुगे फेसबुक पूराणको महिमा माथिको मन्त्ररुपी स्तुतिले स्पष्ट पार्दछ । हामी एकछिन आँखा बन्द मनन गरौं त, यदि यो ब्रह्माण्डबाट सूर्य आकस्मत गायब भए के होला? पक्कै पनि जतासुकै अन्धकार हुन्थ्यो । बनस्पति जगत क्लोरोफिल बनाउन नपाएर नाश हुन्थ्यो ।

रचनाका भरियाहरु

कुनै पनि कुरा नभोगी राम्रो जानिन्न रहेछ । चालिस वर्षअघि जब म पति भएँ अनि मात्र पतिका बारेमा राम्रोसँग बुझ्न थालें । त्यो बेलादेखि नै पतिहरुको कायाकैरन लेखूँला भनेको बल्ल आज मात्र पतिहरुका चरित्रहरू पतिका अघि बिस्कुल लागेर आए भनेपछि पतिकैरन बुझ्न कति लाग्दोरहेछ आफैं बुझ्न सक्नुहुन्छ । सबै पतिको त कसले सकोस् वर्णनको गथासो पुरान हाल्न केही म जस्ता पतिको भने अब म थालें कायाकैरन उतार्न । पतिहरुका प्रकार अनेक रहेछन् ।

पाँच दिने हाइकुको महाकुम्भ

नेपालमा गाणतन्त्र नामक तत्व प्रभुहरुको आशीर्वादमा झिकाइएपछि धेरैलाई मुख्य राजा उपराजा सहायक राजा हुने मौका मिलेको हो । यस्तैमा म एक नगरपिताको सपनाका बारेमा केही सुनाउन लागिरहेको छु । आज्ञा भए सुनाउँछु । जो आज्ञा ।
अँ यता गाणतन्त्र आएपछिको नेशै भरि नगर भए अनि नगरपिता पनि । सबै नगरपिताहरूले गरिखाइरहनु भएकै छ । म यस्तै एक नागरका पिताको कैरनमा छु ।

भर्नाको लफडो आएको छ

छोरीको दाँत उम्रनु कता हो कता घरमा देउसी भैलो खेल्नेहरुको जस्तै लावालस्कर लाग्न थाल्यो छोरी माग्नेहरुको । उहिलेको बेलामा भए ता बिहेकै लागि केटी माग्नेहरु आएका भन्न सकिन्थ्यो होला तर अहिले यसरी मेरी छोरी माग्न आउनेहरु आफ्नो बालक वा जवान छोराका लागि बुहारी माग्न आएका भने थिएनन् । अलिक जमाना फेरिएको छ । तर पनि भान हुन्थ्यो यी सबै कन्यार्थी वरहरुका आफन्त नै हुन् । एउटा टोली घरबाट निस्कन पाएको छैन, अर्काे टोली थपक्क घरमा आइपुग्छ, अर्काे निस्कन पाएको छैन, अर्काे लगत्तै आइपुग्छ । कस्तो कचेडा हो यो, अनि कस्तो घनचक्करको लफडा हो यो !

चोरी

चोरी चकारी नगरी चतुर्याईँ हुन्न,
दंगा फसाद नगरे इज्जतै रहन्न
सोझा र सज्जन कवै नलिनु दलैमा,
पार्टी चलाउनु सधैं छल औ बलैमा

माथि भैरव अर्यालले आफ्नो कृतिमा चोरीबारे भनेको रोचक उक्तिका साथै विश्वमा धेरै चोरीबारे चलचित्र बने, गीत लेखिए, गजल अलापिए । तसर्थ मैले पनि चोरीबारे केही लेख्ने जमर्को गर्दैछु ।

दोस्रो न्वारान

सुन्दा पनि खितखित हाँसेको थिए म। नहाँसु पनि कसरी ? रमेशलाई रामेशु भनेको सुन्दा। रुपेशलाई रुपेशु भनेको सुन्दा। उमेशलाई उमेशु भनेको सुन्दा। सन्देशलाई सन्देशु भनेको सुन्दा। त्यही बखत मैले एक लखकाटेको थिएँ, “यिनीहरुले सबै नामको पछाडि तलकुरे झुन्ड्याउँदा रहेछन्।”

विमोचनकाे निम्तोमा जाने तयारी

“ए भाइ, आज बेलुका आठ बजे होटल हेरिटेजमा मेरो कृतिविमोचनको कार्यक्रम छ, कसै गरी आउनु पर्छ है । ठिक समयमा आउनुहोला । बेलुकाको खान र पानको लागि पनि होटलमै बन्दोबस्त छ । सदम्पतीलाई नै निम्तो गर्छु भ्याउँदिन भन्न पाइन्न नि !”

बिहानै भात पाक्नै नपाई खाएर कुद्नु पर्ने स्थिति परेको थियो आज । काँचै भात चबाउँदा चबाउँदै गर्दा कृतिकारज्यूले फोनबाट निम्त्याउनुभो ।

कृृतिविमाेचनकाे शब्दचित्र

गजल कृतिविमोचको शब्दचित्र
होम सुवेदी
भद्रपुर, झापा
केही सम्पादकहरुलाई चिठी लेखेर साहित्तेमा हात चोबेकैले होला कृतिहरुको विमोचनको अवसरमा मैले पनि निम्ता पाउन थालेको छु ।

अखण्ड काव्यपाठ कार्यक्रमको रिपोर्टिङ

एउटा आयोजकले विशेष रुपमा अखण्ड काव्यपाठका लागि विशेष प्रबन्ध गरेको थियो । गीत गाउँनेहरुलाई आफ्नै शैलीबाट बाजा बजाइदिने र काव्यपाठमा नृत्यको आवश्यकता परिगयो भने नृत्यमा सामेल हुने गरी केही रेडिमेड नर्तक नर्तकीहरू पनि आयोजकले तयारी अवस्थामा तैनाथ पारेको थियो । यस कार्यक्रमको मूल स्वरुप काव्यपाठ भए पनि बीचमा गजल गीत आदिको पाठ गरेर, हास परिहास, टुक्कावाचन लगायतबाट भए पनि यसको निरन्तरतालाई खण्डित हुन दिनुहुन्न भन्ने आयोजकको आग्रह थियो ।

अासनग्रहण र भासनको आतङ्क

कहिले देशको कुनाकाप्चातिर पैरो बाढी, अनिकाल, महामारी, भोकमरी सुख्खाका समस्या पर्छन् । कहिले सर्पको बिगबिगी पर्छ, कहिले भने हात्तीहरु आएर जनतालाई आतङ्कित पार्दछन् । कहिले बर्डफ्ल्यू, कहिले इन्सेफलाइटिस, कहिले हैंजा, कहिले जन्डिस, कहिले के त कहिले के । रोग, महामारी आदिको आतङ्क सधैं उठिरहन्छ देशभरि । एउटा न एउटा समस्याले देशका अप्ठेरो पारिरहेको हुन्छ ।… Read More »अासनग्रहण र भासनको आतङ्क

माल

‘माल’ शब्द आफैमा अपूर्ण हुदाहुदै पनि अनेकार्थक साथै बहुआयामिक प्रतिभा बोकेको अर्थबाहक शब्द रहेछ । विभिन्न उमेर समूहले प्रयोग गरिरहने यो शब्दलाई सबैले आ आफ्नु ढंगले अर्थ्याएका पाइयो । जाति, पेशा, लिंग, उमेर, समय र परिस्थिति अनुसार यसको निस्फिक्री रुपमा बढ्दो प्रयोगले नै यसको छुट्टै विशेषता र महत्व थाहा हुन्छ । यो शब्द त स्वतन्त्र र सर्वब्यापी पो रहेछ । यसका पर्यायवाची शब्दहरुको खोजी गर्दा ठुलै महाकाव्य नै स्रिजना हुन् बेर नलाग्ला ।

नयाँ पार्टी गठनबारे प्रस्तावना

भैरव अर्यालले खोलिदिएका नयाँ नयाँ पार्टीमा समेत भित्रिन नसकेपछि आजभोलि मैले पनि एउटा पार्टी नबनाई नहुने निधो गरेको छु । त्यो नयाँ पार्टीका बारेमा म केही गन्थनमन्थन गर्न लागिरहेको छु । कति जनाको केन्द्रे कमेटी, कति जनाको माधिवेसन प्रतिनीधि, कति जनाको पोलिटबुरो बनाउने जस्तासम्मका कुरा पनि म बबुरोलाई अहिले थाहा छैन । नाम कस्तो राख्ने, उद्देश्य के राख्ने, प्रियाम्बलमा के लेख्ने आदि कुरा ता तपसिलका भइगए । अहिले ता मेरो गन्थनमन्थन मात्र चल्दैछ । यो गन्थनमन्थनमा मेरा मात्र नभई अरुअरु पार्टीका कथाहरू पनि आउन सक्लान् । त्यसो भएपछि सुरुमै मैले पूर्वक्षमा ता मागिराख्नु पर्छ । पार्टीको नाम, प्रस्तावना, यसको कार्यदिशा आदिमा कुनै अन्य अर्थ लागिहालेछ भने त्यसका लागि क्षमा माग्दै कुरा अघि बढाउँछु ।

दिल्ली महात्म्य

उहिले ऋषि मुनिका पालामा
‘अष्ठादस पूराणेसु
व्यासास्य वचनाद्वय म ।
परोपकाराय पुण्याय
पापाय परपीडन म ।।’ भन्दै व्यास बाजेले ‘अठार पूराण’ लेखेथे । सिसीमुनिका जमाना आएपछि व्यङ्ग्यकार भैरव अर्यालले ‘भुँडी पूराण’ बनाई उन्नाइसौंको नामकरण गरे ।

सन्दर्भ दिल्ली पूराणबाट सुरू गरौं ।

अखिल नेपाल एकल खैरे दलको योजना

के छ बा हालचाल ? केही लेख्तै हुनुहुन्छ जस्तो छ नि ? मैले सोधें खैरे बूढालाई । अरुले पनि उनलाई खैरे भन्छन् म पनि उनलाई यसै भन्छु । कैलेकाहीं म उनका साथ जिस्कन्छु पनि । उनी बढो रउसे मान्छे छन् । उनलाई पैसाको कमी छैन, उनी पुराना जमिन्दार हुन् । उनको जमिनदारी अझै पनि कायमै… Read More »अखिल नेपाल एकल खैरे दलको योजना