बाल कविता
भाग् कुहिरो भाग्

भाग् कुहिरो भाग्
भाग् कुहिरो भाग्
हेर्दा आकार छैन
छेक्छ देखिँदैन
आफ्नो बाटो लाग्
भाग् कुहिरो भाग्
हाम्रो सपना – केही गर्नु छ
साना साना नानि हामी फुलका कोपिला
देशलाइ बनाउनलाई बनौ जोसिला
बिगारेर भत्काएको बनाउनुछ हाम्ले
कुरा धेरै भए यहाँ देखाउनु छ कामले
आउन साथी वरि परि गरि हातेमालो
फाल्नु पर्छ सबै मिलि यो देशको जालो
देश तिम्रो देश हाम्रो पुर्खा को पौरख
भृकुटी र सीता बुद्ध यसैमा छ गौरव
सगरमाथा लुम्बिनी र कन्चनजंगा नामले
बिदेशमा चिनाउने छौ गरि येस्तो कामले
साना साना नानी हामी फुलका कोपिला
देशलाइ बनाउनलाइ बनौ जोशिला
बन्द हडताल विरुद्ध मा एक भइ जुटेर
उठ साथि झटटै अब हुदैन है सुतेर
पढिलेखी ठुलो मान्छे देशको लागि बन्नुछ
नेपालको नेपाली हौ गौरव गरि भन्नू छ
ता ता तु तु ते तै चरी चुच्चे च
झुसिल्किरा
छन्दः बालाेरी
**************
ठूला ठूला नाङ्लाभरी
के ल्यायौ हातमा ?
हेर्न जाँदा झुसिल्किरा
किम्बूका पातमा ।।
किन ल्यायौ झुसिल्किरा
किम्बुका पातमा ?
छोयो भने नराम्ररी
झुस बिझ्छ हातमा
जुनी फेरी पुतली भई
उड्न थाल्छ झुसिले
रेसम किरा भएर
नाच्न थाल्छ खुशीले
किम्बुको पात खाँदै
झुसिल्किरा बढ्यो
हेर्दा हेर्दैं खोलभित्र
लुक्न पो थाल्यो ।