स्व. रामकुमार शर्मा न्यौपानेको जन्म २०१० वैशाख ९ गते भोजपुर जिल्लाको गोगने गाउँमा भएको हो । वहाँको वाल्यकाल बिराटनगरमा सूर्यबहादुर थापाका ठाईंला भाइ स्व. देवेन्द्रबहादुर थापाको संरक्षणमा गंगादेवीले गर्नु भएको हो ।
स्व. रामकुमारले अध्ययनमा अर्थशास्त्र र नेपाली विषय लिएर बी.ए. गरी मास्टर अफ साइन्स इन रिर्सोस एसेसमेन्ट फर डेभेलोपमेन्ट ल्पानिङ्ग पढ्नु भई एप्रोस्क, राष्ट्रिय योजना आयोगको माननीय सदस्य, सि ए ए तथा कृषि विकास बैंकको महाप्रन्धक, स्थानीय विकास मन्त्रालयको सल्लाहकार, कृषि मन्त्रालयको अधिकृतको महत्वपूर्ण जिम्मेवारी सम्हाल्नु भयो ।