विदाई
आज म तिम्रो लागि कथा लेख्छु । उसका मिठा नलागे नि सुन्नै पर्ने शव्द हुन यी ।
हाँसो लाग्छ सुनेर । मानौ उसका कथाका पात्रहरुका रुपमा उभिनुपर्ने रे म ।
Read More »विदाईआज म तिम्रो लागि कथा लेख्छु । उसका मिठा नलागे नि सुन्नै पर्ने शव्द हुन यी ।
हाँसो लाग्छ सुनेर । मानौ उसका कथाका पात्रहरुका रुपमा उभिनुपर्ने रे म ।
Read More »विदाईफेव्रुअरी १४ । हाँसो लाग्छ प्रेम दिवस रे । मेरो लागि एउटा फगत सपना । मानु यो के को लागि ?
Read More »अन्तिम कथाइजरायलको अनेसास च्याप्टरको अधिवेशन थियो ! नेतृत्व परिवर्तन र रचना वाचन गर्ने कार्यक्रम समेत भएकोले सर्जक / साहित्यानुरागीहरूको भेला बाक्लो थियो ।
Read More »छोरीको कमाइ“तपैँले गल्ती गर्नु भो ।”
“ठिक गरेको भए त जीवन घिसार्नै पर्दैनथ्यो । कसैले आश देखाउँदै थाङनामै सुताउन्नथ्यो ।”
Read More »तपै भा के गर्नुहुन्थ्यो ?जाने मानिसहरू मौन भएर जान्थे । फर्कदा हँसिलो अनुहारका साथ फर्किन्थे । कतिपय आँखाभरि आँसु लिएर उत्रिएको पनि भेट्थें । यसरी जाने र आउनेहरूको थरीथरीका अनुहारहरू म दैनिक पढ्थेँ । पेशागत काममा सरिक भई तिनै अनुहारलाई कागजमा उतार्दा–उतार्दै मर्माहत हुन्थेँ ।
Read More »समाचारकुकुरको अन्तिम संस्कारको विषयमा कुनै कथा लेखिनु उचित हुन्छ ? कथा लेख्न सकिने थुप्रै विषय छन् । हजारौँ, लाखौँ, करोडौँ वा त्योभन्दा बढी वा मानिसको संख्या जति नै । लेखक किन कुकुरको विषयमा लेखिरहेछ ।
Read More »अन्तिम संस्कारराधा आँखामा राखे पनि बिझाउन्नथी । पीडाको दहमा हर्दम पौडी खेल्नु परे पनि अत्तालिन्नथी । ऊ आफ्ना दुई बहिनीकी दु:ख नासिनी दिदी थिई । छोरीछोरी मात्र जन्माई भनेर हजुरआमाले आमासँग गरेको गनगनले भने उसको मुटुमा बज्र हानिरहन्थ्यो । अँझ बाबुको कुटपिट र लछारपछार असह्य हुन्थ्यो उसलाई ।
Read More »पोइलको भ्रम“आज त मेरो दिन ! मर्त्यमण्डलमा मनाउनुपर्यो तर यी मनुवाहरूले शिवरात्रि” भन्दै यो मनाइरहे अद्यापि । जेसुकै होस् म अब सतिदेवी रूपी पार्वतीजीलाई छोडी सुटुक्क मर्त्यमण्डलमा जान्छु भन्दै ध्यानदृष्टिको यन्त्रमा यी अक्षरहरूका वाटिका छोड्दै पत्रात्मक आग्रह गर्दै कैलाशबाट म वायु अनि प्रकाशभन्दा छिटो गतिमा ट्याम ट्याम स्वर निस्किएपछि फुर्र फुर्र पुतलीजस्तो आकारबाट ठुलो हुँदै मानव शरीरधारि तुरुन्तै शिवको गतिविधि हेर्नलाई उत्रिएँ ।
Read More »जय शिव दिनजीवनका प्रत्येक क्षणहरुसँग मैले तिमीलाई संघर्ष गर भनेकै हुँ । मैले व्यतीत गर्ने समय सीमा र तिमीले पाएको अवसरलाई एउटै पाटोबाट नहेर्दा तिमी र ममा फरक देख्नु कुनै अनौठो विषय लागेको थिएन मलाई । मैले मन पराएर व्यतीत गरेका अवसरहरुले तिमीलाई पनि कुनै क्षणले पछ्याएका थिए होलान ।
Read More »शहरअफिसबाट साँझ साँझ पर्न लाग्दा लक्ष्मणजी घर आइपुगे । घरमा आउनासाथ हातमुख धोएर उनलाई चिया नास्ता खाने बानी छ । आज पनि त्यही उपक्रम सुरु भयो । सुनिताले चिया खाजा दिइन् । चारजनाको जहानमा अहिले दुई जना मात्र छन् । छोरा छोरी पढ्न विदेश गएपछि घर सुनसान भएको छ ।
Read More »शङ्कालुहरुविहानी जवान हुँदासम्म पनि मन खुम्च्याएर घाम झुल्किएको थियो । अघि बिहानी पख मलिन स्वर पारेर कुखुराका भालेहरू बासिरहेका थिए । पहिलाजस्तो लामो श्वास फेरेर र ठुलो आवाज पारेर बास्न नसकेको प्रतित हुन्थ्यो । पोथीहरू खोरमै अत्तालिएका थिए । आफ्नो स्वभाविक स्वभावभन्दा दबेको र निरीह चालमा थिए ।
Read More »इन्द्र शयनजीवनका कुनै मोडहरुमा कुलिन भट्ट दम्पतीले आफ्ना छोराछोरीलाई सुखी राख्न कुनै कसर बाँकी राख्दैनथे । गाउँमा शान शौकत र इज्जतको बास बसेको त्यो ऐस्वर्य घरमा एकदिन एउटा काल पस्छ र भट्टीनीलाई चुँडाएर लैजान्छ । सह र ममताकी खानी भट्टीनीको महाप्रस्थानपछि जीवनका सरल मोडहरुले नागबेली मार्गमा बिचरण गर्न थाल्छन् ।
Read More »जीवनका मोडहरूसिरानी भित्तामा अडेस लगाई अर्धचेत अवस्थामा म पल्टिरहेको छु । तर मेरो शरीरमा आधुनिक विज्ञानका अस्त्र र यन्त्र प्रयोग भैरहेको तथा दाँया हातमा सलाइन चढिरहेको बारेमा सचेत छु । Read More »बाल बाल बाँचेको म
एकदिन बिहान अकस्मात आमा र बा को झगडा पर्यो।
आमा – किन तपाई आजभोलि हामीसँग नाराज हुनु भएको छ? किन भनेको मान्नु हुन्न? यी भएका गहना बेचेर भोलि के गर्ने? म त गहना बेच्न दिन्न।
बा – मलाई धेरै नसिकाऊ। मसँग धेरै कचकच नगर । यी गहना मेरा पनि हुन। मेरो पनि हक छ। बेच्न नदिने भए कि मैले भनेको मान कि अर्को बाटो समातेर जाऊँ।
नहुष भन्ने राजाका छ भाइ छोराहरू थिए । जेठा यति थिए भने ययाती माहिला थिए यसरी नै संयाती, आयति, वियति र कृति ययातिका भाइहरू थिए । राजा नहुषले राज्य सञ्चालनको भार यतिलाई दिन चाहन्थे । यतिले राज्य सञ्चालन गर्ने काम लिन मानेन् । यतिलाई राज्य सञ्चालनमा हुने विविध खाले कुकर्महरू, भोगविलासका कर्महरूलाई उनले घृणा गर्दथे । उनले आफ्नै बाबु नहुषले शक्तिको आडमा इन्द्रकी पत्नी शचीसँग सहवास गर्ने कुप्रयास गरे ।
आकाश गर्जन्छ, पानी बर्संदैन । हिमाल फुलेको महसुस हुन्छ, खेतमा फुङ्ग धूलो उडेको भेटिन्छ । लामो समयसम्म जनताको तिरो खाएर जिम्माको कामको टुङ्गो नलगाई घर फिरेका आधा दर्जन मान्छे गाउँ चहार्न हिँडेको देखिन्छ । तीमध्ये आधा जतिले भोलिबाटै काँधमा हलोजुवा बोकी खेततिर लाग्नुपर्छ । दिनमा असिनपसिन भएर काममा जोतिनु र साँझपख घर फर्कनु अनि खाना खाएर आकाशका तारा गन्नु नै उनीहरूको दिनचर्या हुन्छ । नजिकै नहर दौडिरहेछ । त्यो नहर हेर्नका लागि मात्र यो बाटो भएर बग्छ । हाम्रो खेतमा सिँचाइ हुँदैन । कारण, नहर खेतभन्दा दश/पन्ध्र फिट गहिरो छ ।
त्यसै दिनबाट मेरो बाहिरी संसार अँध्यारो भयो। हावा झै उड्ने मेरो मन कसरी थिग्रियो होला यत्तिका दस वर्ष? आफैंले बिताएका पलसँग पनि कति साँघुरो विश्वास?
साना थिए। कलिला थिए। भाँच्दा पिटिक्क भाँचिने इपिलका डाँक्ला-मेरी दुईवर्षे छोरी ज्योतिका कोमल अंगजस्तै। आज बयस्क भएछन्। मेरी ढुकढुकी ज्योति कत्री भैहोली? बयस्क भैसकी होली इपिलजस्तै बढेर ऊ या मेरो अभावमा पानी नपाएर सुकेका यी बकाइनाका विरुवाजस्तै भैहोली। उँभो बढ्न पनि त सहारा चाहिँदो रहेछ नि। नत्र एकै ठाउँका/एउटै उमेरका यी इपिल र बकाइनाका बोटमा किन यत्रो अन्तर?
कोठा चिठिक्क मिलेको छ, खाट टेवल अनि सानो सुटकेस । कोठा मिलाउनलाई बढी मेहनत गरे जस्तो देखिन्छ ! टेवलमा सधैं झै किताव, छेउमा पानीको थर्मस अनि सिसाको गिलास । दुई जना पुलिस हातमा नेपाली कागज लिएर उसको कोठामा प्रवेश गर्दछन् । एक हुल जमात मानिस बाहिर कौतुहल्ताका साथ जिज्ञासु हुन्छन्, भनौ रमिते । म उसको अत्यन्त नजिकको साथी ठान्थे, हर कुरा मसँग साटछ भन्थे, तर आज यस्तो क्षण हुदा पनि म अज्ञानी भए । यसमा मेरो के दोष ? अहँ ! उसको पनि छैन ।
गाउँ छेवैको प्रहरी थाना सुनसान खडा छ । दुई युवती जम्ला हात गरिरहेका छन् । अगाडिको कुर्सीमा बस्न सकस मानिरहेकी हबल्दार दिदी अक्कनबक्क छिन् । वातावरणमा निर्जनता छाइरहेको छ ।
“चेलीहरू हो ! गर्नसम्म गरेछौँ । कानूनको मुखमै कालोमोसो दलेछौ । तिमीहरूलाई इज्जत नदिऊँ भने आफ्नो भूल स्वीकारेर कानूनको शरणमा आएका छौ । अर्कातिर आफ्नै विभागको धज्जी उडाउने काम गरेका छौ ।” हवल्दार आँखा मिच्दै थप्छिन्, “अरू हाकिमहरू अन्तै जानुभएको छ । यो थाना उहाँकै नेतृत्वमा थियो । उहाँ पछिको वरिष्ठ वरियाताक्रममा म नै पर्छु । अब म कसो गरूँ ?”