Skip to content

आधुनिक कथा

गुच्चिने अँखौटा

  • by

कृपया शान्त भएर सुन्नुहोस् कि यो ६ आँखे बयान हो । यसलाई सकेसम्म सत्यताका साथ प्रस्तुत गर्ने कोसिस गरिएको छ ।

Read More »गुच्चिने अँखौटा

बबुवा, कहाँ छ रे तेरो देश ?

  • by
20200416_PeshalAcharya-Interview

बौवालालको कहानी :

हिजोआज दसगजामा धेरै भीड बढेको छ । अघिअघि शून्य हुने सिमानाका र दसगजा अहिले मानिसको घुइँचोका कारण थेगिनसक्नु छ ।

Read More »बबुवा, कहाँ छ रे तेरो देश ?

बौवालालको कहानी

  • by
20200416_PeshalAcharya-Interview

हिजोआज दसगजामा धेरै भीड बढेको छ । अघिअघि शून्य हुने सिमानाका र दसगजा अहिले मानिसको घुइँचोका कारण थेगिनसक्नु छ । सिमानामा आएपछि भारतीय पुलिसले सबैलाई रोक्यो । १४ दिन क्वारेन्टिनमा नबसी नछोड्ने भएपछि सबैका ओठतालु सुके ।

Read More »बौवालालको कहानी

विदाई

आज म तिम्रो लागि कथा लेख्छु । उसका मिठा नलागे नि सुन्नै पर्ने शव्द हुन यी ।

हाँसो लाग्छ सुनेर । मानौ उसका कथाका पात्रहरुका रुपमा उभिनुपर्ने रे म ।

Read More »विदाई

लवकुश

  • by

आफ्ना दुधमुखे लालाबालाका बहुप्रतिक्षारत कर्णप्रिय च्याँच्याँ म्याँम्याँ सुन्न आतुर भएका मास्टर दम्पतीका सपनाहरू आफ्नो जोडी बाँधिएको एक दशकपछि पहिलो पल्ट धर्ती टेकेका जुम्ल्यहाँ पुत्रद्वयको प्रथम रुवाईका झङ्कार सुनेर मात्र पुरा हुन्छन्।

Read More »लवकुश
bimatoprost

समाचार

जाने मानिसहरू मौन भएर जान्थे । फर्कदा हँसिलो अनुहारका साथ फर्किन्थे । कतिपय आँखाभरि आँसु लिएर उत्रिएको पनि भेट्थें । यसरी जाने र आउनेहरूको थरीथरीका अनुहारहरू म दैनिक पढ्थेँ । पेशागत काममा सरिक भई तिनै अनुहारलाई कागजमा उतार्दा–उतार्दै मर्माहत हुन्थेँ ।

Read More »समाचार

जय शिव दिन

BijjuSubediBijaya

“आज त मेरो दिन ! मर्त्यमण्डलमा मनाउनुपर्यो तर यी मनुवाहरूले शिवरात्रि” भन्दै यो मनाइरहे अद्यापि । जेसुकै होस् म अब सतिदेवी रूपी पार्वतीजीलाई छोडी सुटुक्क मर्त्यमण्डलमा जान्छु भन्दै ध्यानदृष्टिको यन्त्रमा यी अक्षरहरूका वाटिका छोड्दै पत्रात्मक आग्रह गर्दै कैलाशबाट म वायु अनि प्रकाशभन्दा छिटो गतिमा ट्याम ट्याम स्वर निस्किएपछि फुर्र फुर्र पुतलीजस्तो आकारबाट ठुलो हुँदै मानव शरीरधारि तुरुन्तै शिवको गतिविधि हेर्नलाई उत्रिएँ ।

Read More »जय शिव दिन

इन्द्र शयन

  • by
NandaLalAcharya-09

विहानी जवान हुँदासम्म पनि मन खुम्च्याएर घाम झुल्किएको थियो । अघि बिहानी पख मलिन स्वर पारेर कुखुराका भालेहरू बासिरहेका थिए । पहिलाजस्तो लामो श्वास फेरेर र ठुलो आवाज पारेर बास्न नसकेको प्रतित हुन्थ्यो । पोथीहरू खोरमै अत्तालिएका थिए । आफ्नो स्वभाविक स्वभावभन्दा दबेको र निरीह चालमा थिए ।

Read More »इन्द्र शयन

पीडाको बखान

आकाश गर्जन्छ, पानी बर्संदैन । हिमाल फुलेको महसुस हुन्छ, खेतमा फुङ्ग धूलो उडेको भेटिन्छ । लामो समयसम्म जनताको तिरो खाएर जिम्माको कामको टुङ्गो नलगाई घर फिरेका आधा दर्जन मान्छे गाउँ चहार्न हिँडेको देखिन्छ । तीमध्ये आधा जतिले भोलिबाटै काँधमा हलोजुवा बोकी खेततिर लाग्नुपर्छ । दिनमा असिनपसिन भएर काममा जोतिनु र साँझपख घर फर्कनु अनि खाना खाएर आकाशका तारा गन्नु नै उनीहरूको दिनचर्या हुन्छ । नजिकै नहर दौडिरहेछ । त्यो नहर हेर्नका लागि मात्र यो बाटो भएर बग्छ । हाम्रो खेतमा सिँचाइ हुँदैन । कारण, नहर खेतभन्दा दश/पन्ध्र फिट गहिरो छ ।

रारा र चन्दन

२०४६ सालको बहुदल घोषणापछि राजनीतिक पार्टीहरूको राजकाज सुरु भयो । प्रायः राजनीतिज्ञहरू आफ्नो सङ्घर्षको बदलामा राजसी सुखभोगमा लिप्त भए । सायद भागबन्डा नमिलेको हुनसक्छ, तर केही राजनीतिज्ञहरूले आफ्नो लक्ष्य देश बनाउनु र जनताको जीवन स्तर उकास्नु हो भनेर बाउँटिए । तिनले दुर्गममा पसेर माओवादको नाममा सशस्त्र सङ्घर्ष सुरु गरे । यो आन्दोलन सरकार र माओवादीबीच पूरै दश वर्ष चल्यो । यस आन्दोलनमा सबैभन्दा बढी सर्वसाधारण पेलानमा परे । धेरैको ज्यान गयो ।

गौँथलीको गुँड

विश्व मानव जगत् कोरोनाको आगोमा पिल्सिइरहेको थियो । बुद्धको देशमा पनि युद्धको ऐलान दिँदै कोरोना भाइरस कोभीड १९ले उग्र रूप लिँदै थियो । सारा प्रकृति उही र उस्तै गतिमा चलिरहेको थियो । मात्र मान्छे घररूपी सुन्दर जेलमा बन्द थियो । सडकमा चहलपहल मन्द थियो । लकडाउनको शून्यता चारैतिर नाचिरहेकै थियो । ठिक त्यही समयमा कुसुमपुरीको भीमसेन टोलमा एउटा घरको अर्ध खुला सटरभित्र एक जोडी गौँथली भित्रिन्छ ।

वात्सल्य प्रेम

साँझको समय थियो । चैते रामनवमी पर्व नजिकिँदै थियो । यस बखत मध्ये तराईको एक सदरमुकाम समेत धार्मिक भएको थियो । चारैतिरबाट आएको भजन–कीर्तन र प्रवचनको ठूल्ठूलो आवाजले कानै खाइरहेको थियो । नजिकै उभिएर बातचित गर्ने मान्छेको आवाज पनि अधुरै सुनिन्थ्यो । माइकको ठुलो आवाजले मानव कोलाहललाई खर्लप्पै निलेको थियो ।

एउटा असफलताको कथा

आज फेरि म असफल भएको छु । यसको प्रमाण, मेरो यही लेखाइले दिएको छ । जब जब म असफल हुन्छु, त्यही बेला मेरा लेखनहरू सक्रिय हुन्छन । अनायास औलाका गतिहरू तीब्र हुन्छन् अनि भावनाहरू एकाएक पोखिन थाल्छन् पानामा । अनि यही पानाहरू नै मेरो जीवन रुपी संस्मरण बनेको छ । मेरो जीवन एउटा खुल्ला किताब जुन अहिलेसम्म लेखिइरहेको छ । मेरो मृत्यु पछि सायद यसले आफ्नो पूर्ण रुप पाउला जसको अन्तिम पृष्ठमा मेरो अन्त्य लेखिएको हुनेछ ।अनि त्यस किताबको लेखक म स्वयं हू, असफल मान्छे !

तिम्रो लोग्ने र म

पर क्षितिजसँगै फैलिएको खाडीको त्यो उजाड मरुभूमि र त्यही मरुभूमिभित्र जीवन मृत्युको दोसाधमा बाँच्न खोज्ने कयौ परदेशी जीवनहरू हरेक साँझ सामुद्रिक तटमा रहेको त्यो अञ्जान बस्तीमा भेला भई यौटा छुट्टै मेहफिल जमाउने प्रयत्न गर्दथे। शुरुवाती मौनताहरू कथा, कविता, गीत र गजलहरूसँगै भङ्ग हुँदै जान्थे। जिन्दगीका अधुरा सपनाहरू र ती सपनाहरुको गन्तव्यतिर निष्प्राण भएर भौतारिदै हिड्ने म जस्तै अनगिन्ती परदेशीहरू आफ्ना रङ्गिबिरङ्गी कल्पनाहरुलाई कल्पनामै सीमित राखेर अन्धकार रातहरूसँगै सुस्ताउने गर्दथे। मानौ सूर्य र त्यसभित्रको असह्य ताप सदाको लागि अस्ताएर बिलिन होस्।

बलरामको तरङ्ग

“यस पटक कस्ता मान्छेलाई डेरा दिया होला यस मोराले !” मनमनै वलरामले कुरा खेलाउने गर्थे । “यसो हेर्न हुने मान्छेलाई त डेरा दिनु पर्छ नि । कमसे कम घरको रेखदेख पनि हुन्थ्यो अनि…..!” उनले नचाहेको जस्तो मान्छे उनका छिमेकीमा बस्न आयो भने उनको प्रतिक्रिया हुन्थ्यो आफैंसँग ।

अघिल्लो पटक आफ्ना छिमेकीले ठेलावाललाई डेरा दिएकोमा उनको आफैंसँग यस्तै गुनासो थियो ।

शहीद ! शहीद !!

शहीद ! त्यसैले पनि होला तिम्रो हालत खराब छ । किनकि फोहोरी राजनीतिक खेलले तिम्रो अपमान भइरहेको छ । शहीद ! तिमीले देखेको सपनालाई यथार्थमा बदल्न दुःखी गरीब जनताहरू भरमग्दुर रुपमा लागि परेका छन् । बाहुबलीका असरल्ल जस्ता सालासाली, मामा माइजूको कठालोमा देश छ । शहीद ! तिमीले देशको परिवर्तनका लागि रगतको खोलाले बढारेर गयौ । त्यसको आडमा हामीले सास फेर्न पाएका छौँ । अहिले पनि हामी लामो सास तानी स्वच्छ महसुस गर्छौँ, हो ! यो तिम्रै देन हो ।

खन्युको बुटो

कान्छा कान्छा भनेर एकोहोरो बुवाले एकाबिहानै बोलाउनुहुन्छ । म न्यानो बिस्ताराबाट आँखा मिच्दै हत्पति बाहिर निस्कन्छु । बुवाको आवाज रोकिन्छ । मैले बाहिर हेर्छु, भर्खर दिशा फाट्न लागेको हुन्छ, पूर्वमा बिहानीको रातो लाली निशानी बसेको छ । पारी वनमा कल्चौंडाले गीत गउँदैछ । शिशिर यामको चिसो हावाले मेरो ज्यानमा जिरिङ्ग काँडा उठे ।

म बुवा सुत्ने कोठाको ढोकामै पुग्छु । बुवालाई प्रणाम गर्छु । बुवाले आर्शिवाद दिनुहुन्छ “ठुलो नेता भएस दीनदुखीको सेवा गरेस ।”

अभागी आमा

“ए नकच्चरो ! हेर्दा त तँ लाउनेखाने नै देखिन्छस त । तैंले मलाई भिखारी सम्झिस कि क्या हो ? सक्छस भने सय रुपियाँको एउटा हरियो गैंडा दे न मलाई किन यति जाबो दश रुपैयाँमा टार्छस ? थुक्क कञ्जुस मोरा तँलाई हैजाले लान नसकेको ! तेरो हातमा स्याउँस्याउँ किरा परिजाओस ।”

सुसाइँलो

प्रभुमञ्जु पुत्री सविता बिहानको कलेज जान तयार परेर माथिबाट ओर्लिएर आउँदाआउँदै अचानक उसका आँखा भर्याङमुनि सुतेको सुसाइँलाको शरीरमा परे । गर्मी भएकोले सुसाइँलाले केही पनि ओडेको रहेनछ । उसले लगाएका लुगाले पनि अलिकति स्थानपरिवर्तन गरेको जस्तो थियो । यसैले सुसाइँलाको इज्जतले अलिकति खुला स्थानको दर्शन गरिरहेको थियो । सविताका आँखा पनि त्यहीं गएर अडिए । नदेखे जसरी ऊ अलिक पर गई । ब्यूँझियो कि भनेर उसले परैबाट विचार गरी तर ब्यूँझिएको थिएन ।