रचना प्रकाशित गर्दा

श्रद्धेय पाठकवृन्द, लेखकवृन्द

पाठक लेखकहरूको सक्रियता सहभागिता तथा नियमपालनले नै मझेरीलाई स्वस्थ तथा साझा स्थल बनाउन सकिने कुरामा द्विविधा छैन। त्यसकारण मझेरीमा लेख-रचनाहरू प्रकाशन गर्दा निम्न कुराहरूमा ध्यान दिनुहोला।

  • पूर्णत‌: साहित्यिक रचनाहरू मात्र प्रकाशन गर्नुहोला। राजनैतिक लेख-रचना, सामान्य ज्ञान, नेपाली साहित्यसँग असम्बन्धित रिपोर्ट समाचारहरू नछाप्नुहोला।
  • अन्य पाठक तथा लेखकहरूलाई आँच आउन सक्ने किसिमका लेखहरू र प्रतिकृयाहरू प्रकाशन नगर्नुहोला।
  • रचनाहरू मझेरीमा राख्नु अघि भाषिक सुद्धता, ह्रस्वदीर्घ, आदिलाई पुन: एक पटक नियालेपछि मात्र प्रकाशन गर्नुहोला। लेख लेखिसकेपछि व्यक्त गर्न खोजेको भाव प्रष्फुटन भएको छ कि छैन, पून: एक पटक जाँच गरेर, आवश्यकता अनुसार परिमार्जन गरेपछि मात्र प्रकाशन गर्नुहोला।
  • रचनाहरू युनिकोडमा मात्र राख्नुहोला। कान्तिपुर, प्रीति आदि फन्टमा लेखिएका लेखहरू मझेरीमा पढ्न मिल्दैन। नेपाली लेख्नको लागि मझेरीको वायाँ भागमा राखिएको “नेपाली टाइपिङ् (एक्स् नेपाली)” लिंकमा लेख्न सक्नुहुनेछ। अथवा
    युनिकोडमा लेख्न यहाँ जानुहोस्।

    कान्तिपुर, प्रीति फन्टबाट युनिकोडमा परिणत गर्न यहाँ जानुहोस्।

    नेपाली शब्दकोषमा शुद्धाशुद्धी हेर्न यहाँ जानुहोस्।
  • लेखेको विधाको नियम अनुसार आफ्नो लेख लेखिएको छ कि छैन राम्ररी चेक गर्नुहोला। विशेष गरी गजल, छन्द कविता, हाइकु लेख्ता नियम पालन भएको नभएको राम्ररी हेर्नुहोला।
  • प्रतिकृया लेख्ता सकेसम्म अतिथि नभई आफ्नै नाममा लगइन गरेर मात्र प्रतिकृया दिनुहोला।
  • अरू लेखकको रचना आफ्नो नाममा पोस्ट नगर्नुहोला। यदि यसो गरेको फेला परेमा, सम्बन्धित लेखकलाई मझेरीमा प्रतिवन्ध गर्न वाध्य हुनेछौं।
  • मझेरीको “नीति” अनुसार एकै लेखकको धेरै लेखहरू तथा एकै बिधाका धेरै लेखहरू लगातार रूपमा एकै पटकमा मझेरीको गृहपृष्ठमा राखिने छैन। यस्ता केही लेखहरूलाई आवश्यकता अनुसार मझेरी सञ्चालकले गृहपृष्ठबाट हटाउन सक्नेछ। गृहपृष्ठबाट हटे पनि मझेरीको भण्डारमा अँझै रहने छ। उक्त रचना हेर्न, लेखकसूची, विधासूचीबाट क्लिक गर्दै खोज्नुहोस्।
  • मझेरीमा लेख रचना प्रकाशन गर्न सहयोग चाहिएमा अथवा केही सुझाव भएमा इमेल पठाउनुहोस्: [email protected]
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

2 thoughts on “रचना प्रकाशित गर्दा”

  1. मझेरी सञ्चालकज्युहरु !
    मैले पोष्ट कताबाट गर्ने थाहा पाइन । त्यसैले यही कमेन्टबक्समा निम्नलिखित यो कथा मझेरीमा प्रकाशन गरिदिनुहुनका लागि पोष्ट गरेको छु ।
    ….विजु सुवेदी विजय

    कथा :—गुच्चिने अँखौटा

    कृपया शान्त भएर सुन्नुहोस् कि यो ६ आँखे बयान हो । यसलाई सकेसम्म सत्यताका साथ प्रस्तुत गर्ने कोसिस गरिएको छ । सत्यताको पनि कोसिस ! अचम्म लाग्नसक्छ । यस मानेमा कि यो घटना करिब २८ वर्ष अघिदेखि सुरु भएर अहिलेसम्म जारी भएकाले हो । तर यसलाई ती पहिलेका ६ आँखे यादहरूलाई लिपिववद्ध गर्नुपर्ने दरोकार हुन गयो किनकि यस बारे जसले पनि मनगढन्ते कहानी बनाउन सुरु गरेकाले हो । यसबारे हामी ६ आँखेले गीताको कसम वा, कुरानको कसम वा, बाईबलको कसम वा, दुनियाँका जतिपनि धर्मका महान् व्यक्तिका कसम अनि जतिपनि राता किताबका कसम वा, नास्तिकको कसम वा, विज्ञानको कसम वा, माँ कसम वा, आफूलाई टेका दिने धरती माँको कसम । ल सुन्नुस् ! मैले आफैले बढी आत्मसात् गर्ने सम्पुर्ण ब्रह्माण्डीय कानुनको कसम !!

    ६ आँखेका करामत, ६ आँखे कहिले के कहिले के, ६ आँखेको भयो बेहाल, ६ आँखे अब छुट्टिन्छ, ६ आँखे एक चुनौती, के यस्तै चलिरहन्छ ?, ३ प्राण १ ज्यान, हुनसम्म भएछ नि लौ, ६ आँखे अझै किशोरै, मोहरा मात्रै हुन् यिनीहरू, राज्य पाउन पो लड्ने त यस्तो के बालापन हो, प्रेममा जस्ले जे पनि त्याग्छ , कुत्सित प्रेम आदि थुप्रै शीर्षकमा छद्म नामबाट पत्रपत्रिका, एफएममा समामाचार छाए । टिभीको जमाना आएको थिएन नत्र के के हुन्थ्यो के के । तल ६ आँखेले पाएका उपहारहरूको फेहरिस्तजस्तै ६ आँखे टोलमा जो पनि यौनका दुस्चक्र कुराका झटारो सधैँ फ्याँक्या फ्याँक्यै गर्थे ।

    कृपया ध्यान दिनुहोस् है यतापट्टि । २८ वर्षको कथा हो । पाठकलाई सजिलोका लागि सकेसम्म छोट्याएर लेख्ने प्रयास गरेको छु । नत्र त यसबारे वर्षौँ लेख्न सकिन्छ । अब विषयवस्तु तिरै जाऊँ , त्यो अटल सत्य यहाँ व्यक्त हुँदैछ । यो ६ आँखेलाई मानसिक विरामी भनेर कैर्यौँ ढोँगी डाक्टरहरूले अझसम्म केही पनि नसोधिकनै हिजोफोनिया, सिजोफोनिया मात्रै भनी एकआपसमा खासरखुसर मात्रै गरिरहेका छन् । ल सुन्नुस् ! तिमीहरू मानसिक डाक्टरहरू पनि । यसलाई एकप्रकारको भर्चुअल पत्रकार सम्मेलन नै सम्झिनुहोस् । अरूका गुनासाहरू त धेरै उजागर गरेँ, गरेँ । समाधान गर्न गज्जपले दवाव दिएँ , मान्न कर पनि भए , समाधानहरू पनि निस्किए । मेरा लागि कोही आएनन् । ल हेनुहोस् न आँटै गर्दैनन् कोही पनि ।

    अब यस सत्यका बारे “यिनीहरू मच्चिए” भनी आफूले लेखेको “६ आँखे कथा”मा मसला थप्न माहिर छन् सबजना । जब मैले ६ आँखे पुस्तकका लागि यी कुरा समेटिएका “बिचरा ! ६ आँखे” कथा छपाउन अनेक प्रकाशन गृहबाट प्रकाशित गरेँ, किन यी मिडियाहरूले “४ आँखा र २ आँखाको भेट भयो” भन्ने ठाउँमा यिनीहरूको “कैयौँ पटक मच्चिएर भेट भयो” भनी सम्पादनका नाउँमा त्यस्ता कुरा थप गरीगरी बेसर्मी सत्यले विकाउपनमा जनता ठगी क्यास गर्न तल्लिन भए ? अनि जनता त्यही सत्य हो भनी ६ आँखेसँग यस्ता दुश्चक्रहरु फैलाउँदैनन् ? हँ ! अब म ती पलहरू उजागर गर्दैछु किनकि यहाँहरूले तथ्य जान्न सकुन् अनि नरुमल्लिउन् , नउल्लिनुस् भनेर नै हो । आखिर सत्य त सत्य नै हुन्छ । सत्य बताएपछि मेरो मन पनि हल्का हुन्छ । तपाईंहरूलाई पनि खुलस्त हुन्छ । कति धेरै वर्षपछि यो विष्फोट भएको छ । मात्र तपाईहरू यी आँखाका मात्रै कुरा सुन्नुस् ।

    हामी आँखीझ्यालमा देखिने वारपारका ६ आँखा हौँ । एकापट्टि २…२ आँखाका २ मुखौटा आँखा छौँ भने अर्कापट्टि २ आँखाका एक मुखौटा आँखा छौ । सुरुमा बज्यैआमा साक्षी नै राखेर छाला रङ्गको स्लाक्स किनेर ६ आँखा भएको थियो । त्यो अचूक मुस्कान आँखै आँखैमा निकै खुसियालीमा भएको थियो । त्यतिबेला जब नेपाली सिनेमा पनि त्यति बन्दैनथ्यो । हिन्दी सिनेमा भरमार बन्थ्यो । सबै युवायुवतीको रोल मोडल हिन्दी सिनेमाका हिरो हिरोनी नै हुन्थ्यो । हाम्रो त केही थिएन बस् त्यही ६ आँखै त थिए । मानिसहरूले एकापट्टिका ४ आँखालाई स्त्री बनाइदिए अनि अर्कापट्टिका २ आँखालाई पुरुष बनाइदिए । हामीलाई केन्द्रविन्दुमा राखियो । बलिउड सिनेमा जगतले नेपाल पल्टाउन अनि उनीहरूका प्रेम कहानी हिन्दी सिनेमामा दाग्न हरेक सिनेमामा घुसाइदिए । हरेक गानामा पनि घुसाए । यसरी नेपालीहरूलाई ती ६ नेपाली आँखाका खुल्दुली मेटाइदिन्थ्यो ती हिन्दी नौटङ्कीहरूले । जब भेट्न अनेक बहाना बनाउनुपर्ने भयो तब बज्यैआमैका अगाडि ४ आँखाले स्लाक्स किन्नलाई ५० रुपियाँ दिइन् अनि २ आँखाले स्लाक्स र ५ रुपियाँ फिर्ताए अनि ४५ रुपियाँ आफुलाई लिएर स्लाक्स ४ आँखालाई दिए । ४ आँखालाई जतिबेला पनि आँचल मिलाउनुपर्ने भएकाले त्यो बेलै उनको नाउँ दुनियादारीले “आँचल” राखे । त्यतिबेलादेखि पलपल ४ आँखाको हेराइको लालसाको मात्र प्रतिक्षामा बसेकोले २ आँखाको नाउँ दुनियाँदारीले त्यही बेलादेखि नै “पल” भनी राखिदिए ।

    अब आँखाले कसरी स्लाक्स किन्यो भन्नुहोला त्यो कसरी भन्नुहुन्छ भने जब ती आँखाले कल्पना गर्ने वितिकै जसको आँखामा पनि उनीहरू गुच्चिन सक्थे मतलब उनीहरूको आँखाको गुच्चा हुन सक्थे । त्यसरी उनीहरूले दुनियाँदारीलाई छकाएर उनीहरूको मित्रताको अप्रतिम उदाहरण क्रेता र विक्रेताको रङ्गमञ्चमा आउटसाइडरहरूलाई दिएका थिए । अझ भनुँ उनीहरू मात्र आँखै मात्रका ज्यान थिए । त्यो गुच्चिने सामर्थ्य त्यस पृथ्वीमा ती ३ अँखौटामा मात्र थिए । अँखौटा यस मानेमा कि उनीहरूको मुखौटा नै मात्र आँखाका थिए । तब अँखौटाको गुच्चिने खेल जहीँतहीँ उनीहरू गर्ने गर्थे । युनिभर्सका बाहिरका विकसित जीवहरूलाई त यो थाहा हुन्थ्यो तर यस पृथ्वीका मनुवाहरूलाई यो पटक्कै थाहा हुँदैनथ्यो । सधैँ नै रातको सन्नाटाको संसारै रातको कालामोसोेमा सुतेको निष्पट्ट चकमन्नतामा एकातिर ४ आँखा त अर्कातिर २ आँखा पिलपिल पिलपिल मात्रै उज्यालोको रुपको दखिन्थ्यो ।

    जब ती मनुवाहरूले थाहा पाए उनीहरूका भए भरका विज्ञानका प्राविधिक मेसिनहरूले त्यसैले ६ आँखा भए पनि ४ आँखा एकापट्टि हुनुपर्ने र २ आँखा अर्कापट्टि हुनुपर्ने कडा सामाजिक रूढले घेरिदिए । त्यहाँ एकजना टोले दादा यति भयङ्कर राक्षस जस्ता थिए कि उसको शरीर फलामका भारी वेटलिफ्टिङ गरेर बर्षौ लगाई कुँदिएर कामीदाइले फलामको बनाएका जस्ता, फाँटिला छाति, तिघ्रा झैँ वलिष्ठ पाखुराका ठूलै बलका धनी । ऊ जब हाम्रो ६ आँखे टोलमा आउँथ्यो डरले थरथरी भएर हाम्रो त आँखै बन्द हुन्थ्यो । हामी सधैँ उसलाई खलपात्र देख्थ्यौँ । प्रहरीको भ्यान आएर उसको दादागिरी सोत्तर पार्न १०..१२ प्रहरी आउँदा पनि उसैले भ्यानसुद्ध कच्याककुचुक पर्ने गरी मुड्कीले हानेर प्रहरी भगाइ दिन्थ्यो । यसरी भगाएको समयमा हामीले उसलाई धन्यवाद दिनैपर्ने भयो । हाम्रो भेट उसैले जुराइदियो । प्रेमलाई धेरै सम्मान गर्ने मसिहाजस्ता ऊ त राक्षश होइन ! ओहो ! ऊ त हाम्रा लागि मनकारी देउता पो भए । गाईको गोबरै गोबरले भित्ताभरि टाँसेको भेडासिंङ भन्ने ठाउँका अगाडि प्रहरीसँग जम्काभेट भएको थियो उसको । हाम्रो ६ आँखे अप्रतिम मुस्कान पनि त्यहीँ एकसाथ भएको थियो । अनि त जताततै सुगन्धित महसुस भएको थियो ।

    यो दोस्रो ६ आँखे हेराइ ! :— फेरि हामी दुई…चार मिनेट पछि ६ आँखा मै वारपारमै सीमित भयौँ । एकपटक ठूलो आन्दोलन चर्कियो । मानिसहरू भागाभाग हुनेगरी प्रहरीको दमन हुनथाल्यो । वातावरण पुरै धुलाम्मे भएर धुमिल धरहरा मात्र देखिएको थियो । त्यतिबेला प्रहरीको ध्यान अन्तै मोडिएकाले हाम्रोमा बन्देज अलि फितलो भयो । सबै भागाभाग थिए भने हामी सुखद क्षण देखेर अभिव्यञ्जनामा रमिरहेका थियौँ । त्यही बेला हामी फेरि धरहरानिर ६ आँखे भई रत्तियौँ । २ आँखाले घडीको त्यो मुग्ध समय आनन्द समाउन हेरेको थियो भने ४ आँखाले रातो आँचल हल्लाएको थियो र प्रेम समाएको थियो । फेरि नागरिकका अलिअलि माग सरकारले सुने । माग पुरा गरेको कागजमा देखाए । आन्दोलन समाप्त भयो । कार्यान्वन चाहिँ भएन । फेरि हामी अँखौटामै गुच्चिनमै सीमित भयौँ । फेरि यो आँखैका मात्रै खेल थियो पात्र अर्कै भए पनि हामी गुच्चिन माहिर भइसकेका थियौँ ।

    यो तेस्रो ६ आँखे हेराइ ! :—जहाँ हामी एउटा उकालो बाटोमा ६ आँखे भयौँ । आकाशै रिसाएको जस्तो भयो । उज्यालो निस्फिक्री हुनथाल्यो । जाडोको समय थियो । हिउँ पर्ने जस्तो जाडो अलि छिटै भयो भन्दैथ्यो तर प्रचण्ड रापको तापले हाम्रो मिलन गराउने साइत जुराइदियो । रापको तापलाई भन्तेले हात थापेपछि ससाना बारुदका तापका क्युबहरू आकाशबाट तलतिर धर्तिमा रस्सिएर आउँदै गर्थे अनि जब भन्तेले हात पृथ्वीतर्फ खन्याउँथे तल ती रापिला क्यूबहरू झर्दथ्यो, पृथ्वीलाई तताइदिन्थ्यो, जनतालाई राहत हुन्थ्यो । फगत हामी मिलिभगतका आँखै मात्र त थियौँ । झन् खुसीयालीको तिरिमिरी मिलन गराइदियो । हामीले त यी मनुवाहरूले देख्न नसकेका कुरा उजागर गरेका मात्र । हामी अँखौटामै गुच्चिएर खुसीले मच्चियौँ । त्यो ठाउँ पहिलेको जमानाको क्यासेट चक्का बेच्ने पुरानो माटोको घरको अगाडि भित्ताले लम्बेतान आँ गरेको माटोको घरको अगाडि जहाँ मोटरसाइकल र साइकल मात्रै बिसाउने सार्वजनिक ठाउँ थियो, त्यहीँ हाम्रा अँखौटा गुच्चिएका थिए । त्यो ठाउँको नामचाहिँ थाहा भएन । भीमसेनस्थान र काष्ठमण्डपको बीचनिरको त्यो घर अहिले पनि बनेको छैन । भूइँचालोले पनि भत्किएको पनि छैन । सायद त्यो हाम्रो अँखौटाको गुच्चाइको जब्बर साक्षी देवता होलान् । साधुवाद छ तिनलाई !

    यो चौँथो ६ आँखे हेराइ ! :— प्रेम दिवस भनेर फेब्रुवरी २८मा सबजना जोडीका जोडी बाधेर जाँदैथ्यो । सबजना बाटोमा घम्साघम्सीमा रमेर फुर्तिला भई उन्मादमा अचाक्ली रत्तीरहेका थिए । उनीहरूका त सम्पूर्ण अङ्गहरू थिए तर हाम्रा त ६ आँखा त्यो पनि २ र ४ मा विभाजित । हामी पनि त्योबेला अँखौटामै गुच्च्यिौँ तर त्यो बेलाको गुच्चाइ बेग्लै भयो । हामी धेरै उदासीयौँ । नेपाली समाजमा पप गीत पनि भित्रिइसकेको थियो । फेरि उनीहरूको पप गीतको कहानीमा हाम्रो गुच्चाइ नै हुन्थ्यो । हामी सन्ध्यामा गुच्चिए, ….जब सन्ध्या हुन्छ पप गीत हिट हुन्थ्यो । हामी पर्दामै भएर नहेरी विनापरीक्षा एक आपसमा आँखैटामै गुच्चिँदा पनि …. …यस्तो मिल्यो कि पर्दाको पिँधबाट भन्ने पप गीत हिट हुन्थ्यो । सायद ! त्यो ठाउँ २ शाक्य थरीकी केटी तह्री थकुँ र चिरी थकुँ नमिलेर बेहाल भएका ६ आँखे पुरुषको बेहाल भएको ….राजमति कुमती नेवारी लोक गीत जुन जङ्गबहादुरले धुन मनपरेर बेलायतमा राष्ट्रिय गीत भनी टाँइँ देखाइदिएका थिए । आदि इत्यादि जतिपनि त्योबेला पप गीत बनिए , हाम्रै इर्दगिर्द घुमिए । त्यो ठाउँ काठमाडौँको देशमै नभएको नरदेवी भन्ने स्थानमा झ्याल भएको ठाउँमा थियो ।

    त्योबेला हामीले २ आँखासँग ४ आँखा ६ भएका फोटोहरू नयन दृष्टिबाट खूब खोज्यौँ । बन्देजै थियो त्योबेला । हाम्रा अँखौटा गुच्चिएर ६ भएका थिए भनेर सावित गर्न अनेकौँ हतकन्डा अपनायौँ । कडा निगरानी दिनेवालाहरू टसका मस भएनन् । अहिले पनि हामी ६ आँखेका हाल यस्तरी बेहाल बनाइएका छन् कि त्यो बयान गरी साध्यै छैन । ती हाम्रा अँखौटामा गुच्चिन नदिन टसको मस नहुनेहरू सम्झिँदा पनि ती दानवभन्दा पनि महादानव रहेछन् भन्ने सावित भयो, अझै भइरहेको पनि छ ।

    अहिले पनि हामीलाई मान्छेइदेखि घृणा लाग्छ किनकि उपहार दिने यी मनुवाहरू हामी आँखाको संसारमा मात्र रमेका थियौँ भन्ने बुझ्दैनन् । उनीहरू यौनका भाषा मात्र जान्दछन् । सुरुमा उनीहरूले हाम्रो ६ आँखे टोलमा २ केरा र ४ वटा स्याउ चढाएर गए । अर्कोले दुईटा मैनवत्ती । अर्कोले दुईटा टुटी भएको ज्यापु करुवा । अर्कोले दुईटा स्केल । अर्काले दुइटा मास्क । अर्काले दुइटा दाँत माझ्ने बुरुस । अर्कोले दुईटा चम्चा । अर्कोले दुइटा नलेख्ने कलम । सबभन्दा बढी दुईटा कुहिएको, ढुसी परेको, काँचोआधि जस्तो पनि केरा चढाउनेको जमात बढी थियो । कसैले त दुईटा लौका पनि चढाउन आए । कसैले भने दुईटा भिन्डी अर्थात् रामतोरिया । कसैले भिटामिन बढी हुन्छ भनी बिहेको मसलामा भित्र लुकाएर दुइटा छोकडा दिए । भरखरै बज्यैआमाले दुईटा बोक्रा नछोडाएको उसिनेको पिँडालु दिए । कसैले सुन्तलाका दुइटा विजुला दिए । कसैले लाम्चेलाम्चे दुई चकलेट दिए । कसैले जुनसुकै फलफूलका पनि दुइटा केस्रा दिए । कसैले ससाना दुईटा लठ्ठी दिए । कसैले पानीका धारामा पानी थाप्दा दुई फोहोरा बनाएर देखाए । थुप्रैले अनेकौँ किसिमका दुईटा माटाका चरा उपहार दिए । कसैले डल्ले खालका तीनता तरकारीबाट एउटा तरकारी छुट्याएर चढाएर देखाउने अनि शरीरको बीचमा छोएर दुई पटक नमस्कार ! गरी आतङ्क मच्चाउने अनि सबैले भन्थे कि अब हल्ला नगर चुप लाग खाइहाल । अनि बिर्सिदेऊ । घाउ पनि उनीहरूले नै बीभत्ससँग लगाए अनि फेरि यस्तरी उपहार दिएर घाउ कोट्याउन आउन छोडेका छैनन् । यो क्रम अझै रोकिएको छैन । जो पनि आउने औँला आकारका दुईटा उपहार दिएर जाने !

    जनताका मागका जनमत सङ्ग्रहका ठाउँमा मेरा लागि यस्ता अचाक्ली बेसरम जनमत सङ्ग्रहहरू भए , भइरहेका छन् । यो सुन्ने ठाउँ कतै देख्दिन त ब्रह्माण्डीय कानुनलाई देखाउन बाध्य भएँ । यसबाट अब ब्रह्माण्डीय कानुनबाट तिमीहरूलाई नसिहत दिएमा मैले रोक्नुपर्छ है ! भनी प्रार्थना गर्ने पनि छैन । अब तपाईहरू नै भन्नुस् यस्ता जनमत सङ्ग्रहबाट आउने देशको नतिजा के होला ?

    आँखै मात्र त थिए हाम्रा । त्यो किन उनीहरूलाई पचेन । आँखैमा रमाएका थियौँ । आँखै संसार थियो । आँखैलाई संसार बनाउँछु भन्दा पनि बनाउन दिइएन । जतिबेला हामीलाई चर्चाको अँखौटा गुच्चिने हुन्थ्यो त्योबला बन्देज लगाए । अहिले जब हामी २…२ आँखाहरु अर्कै लोकमा पुगिसक्यौँ । उनीहरूले पछ्याएर यसरी उपहार दिएर घाउ कोट्याउनमा रमाइरहे । मेरा कोठामा उनीहरूका यी यस्ता उपहारहरूले भरिभराउ भई सजिएका छन् , रङ्गीएका छन् । हेर्दा तपाईँहरूलाईं भव्य लाग्ला तर जति सफा गरे पनि जति नै अरूले कोठाको सज्जा अति राम्रो भनेता पनि ती उपहारहरू सबभन्दा फोहोर देख्ने रोग लागेको छ । आँखै त थियो संसार ! हेराइमा हामी ६ आँखेका आँखा जति नै सुन्दर देखिए पनि इन्भिजिबल रुपमा आँखैमा कसिंगर, चिप्रा बढी देखा प¥यो । यो धब्बा कहिल्यै मेटिएन । झन् झनै बल्झिँदै गयो । बल्झिरहेको छ । बल्झाउनेहरू अझ हौसिरहेका छन् । आँखा चिम्म पार्दा पनि सुतेको बेला पनि जबर्जस्ती गाँजल लगाउन आइरहेका छन् ।

    २०७८ मङ्सिर ३
    बिजु सुवेदी विजय

  2. हे पृथ्वीनारायण एकताका
    प्रतीकका सूत्र अनेकताका
    अखण्ड नेपाल छँदैछ तिम्रो
    उत्कर्षमा राख्छ ध्वजापताका ।।

    ऐले यहाँको सूचना म दिन्नँ
    दिएँ भने लाग्दछ भित्र खिन्न
    दुख्नेछ तिम्रो मनभित्र घाउ
    जहाँ तिमी छौ त्यहीँ नै रमाऊ ।।

    यो मृत्तिकाको कणमा तिमी छौ
    हाम्रो मुटुमा प्रणमा तिमी छौ
    पवित्र तिम्रा नित पाउ पर्छौँ
    सम्मान साथै जयगान गर्छौं ।।
    (होम सुवेदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *